काठमाडौं । देशकै अग्रणी मानिने निजी सञ्चार संस्था कान्तिपुर मिडिया ग्रुप भित्र गम्भीर आन्तरिक विवाद सतहमा आएको छ। संस्थाका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले आफ्नै न्युज रुमको कामप्रति असहमति जनाउँदै पदबाट राजीनामा दिएका छन्।
निवर्तमान गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित समाचारप्रति असन्तुष्टि व्यक्त गर्दै सिरोहियाले राजीनामा दिएका हुन।
सिरोहियाले बिहीबार बिहान कान्तिपुर टेलिभिजनको समाचारका लिंक र स्क्रिनसट स्यर गर्दै भनेका थिए, ‘यो मिसन पत्रकारिता जस्तो देखिन्छ, तर कसको मिसन हो थाहा छैन ।’
अाफू संस्थाभित्र भइरहेका निर्णय र सामग्री उत्पादन प्रक्रियासँग सहमत हुन नसकेको स्पष्ट पार्दै उनले राजीनामा पत्रमा विनाशको लागि नभई निर्माणको लागि र सकारात्मकताको लागि समाचार संश्प्रेषण गर्नुपर्ने मा जोड दिएको स्रोतले बताएको छ। हालसम्म कान्तिपुर मिडिया ग्रुपले सिरोहियाको राजीनामाबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन। सम्भव कान्तिपुरका संस्थापक एवं अध्यक्ष कैलाश सिरोहियाका छोरा हुन्।
सम्पादकीय स्वतन्त्रता कि व्यवस्थापकीय हस्तक्षेप?
यो घटनाले नेपाली सञ्चार क्षेत्रमा पुनः एकपटक पुरानो बहस उठाएको छ । सम्पादकीय स्वतन्त्रता र व्यवस्थापनको सीमारेखा बारेको प्रश्न फेरि बहसमा आएको छ ।
अपडेट: कान्तिपुरले समाचार मार्फत सिरोहियाको राजीनामा पुष्टि गरेकाे छ।







