इँट्टाको पर्खाल भत्किदा गयो ३ जनाको ज्यान

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकामा इँट्टाको चाङले च्याप्दा ३ मजदुरको ज्यान गएको छ। हरिपुर–५ मजुर्वास्थित कृष्णा इँट्टाभट्टामा बिहीबार यो दुर्घटना भएको हो । इँट्टाको चाङ एक्कासी भत्किँदा त्यसमा च्यापिएर तीन जना मजदुरको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। मृत्यु हुनेमा गौडेता नगरपालिका–७ रामवनका ५० वर्षीय फिताई मन्सुर, गौडेता–९ का ३५ वर्षीय शम्भु राउत तथा भारतको […]

गोल्डेन सुनगाभाका सुप्रोल श्रेष्ठले ल्याए ४ जीपीए

भक्तपुर । चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित गोल्डेन सुनगाभा इङ्लिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा ऐतिहासिक सफलता हासिल गरेको छ। विद्यालयका विद्यार्थी सुप्रोल श्रेष्ठले ४.०० जीपीए ल्याउँदै पूर्ण जीपीए प्राप्त गर्ने कीर्तिमान बनाएका छन्। विद्यालयबाट एसईईमा सहभागी ४६ जना सबै विद्यार्थी उत्तीर्ण भएका छन्। शतप्रतिशत नतिजासहित विद्यालयले यस वर्ष पनि उत्कृष्ट नतिजालाई निरन्तरता दिएको […]

बुटवल बसपार्क क्षेत्रमा सरसफाई

बुटवल । सरकारले सञ्चालन गरेको सरसफाई सप्ताह अभियानप्रति ऐक्यबद्धता जनाउँदै सोमबार बुटवल बसपार्क क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ। रुद्रगण र MRR Team Butwal को संयुक्त आयोजनामा भएको कार्यक्रममा बसपार्क परिसर तथा आसपासका क्षेत्रमा सरसफाई गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा युवाहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले सार्वजनिक स्थललाई स्वच्छ र सफा राख्न सबै नागरिक सचेत […]

लोकप्रियता र चर्चाको मोहमा जनताका मुद्दा ओझेल नपार्न रविको निर्देशन

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकप्रियता र चर्चाको मोहमा जनताका वास्तविक मुद्दा ओझेलमा पार्न नहुने बताएका छन्। ललितपुरको जावलाखेलमा पार्टीको प्रशिक्षण विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको समापनमा बोल्दै उनले सांसदहरूलाई सामाजिक प्रतिष्ठाभन्दा कानून निर्माण र जनहितलाई प्राथमिकता दिन आग्रह गरे। उनले पहुँच र शक्ति प्रदर्शनको राजनीतिले देश नजित्ने भन्दै विधि, […]

पहिलो पाइला नेपालमा गौरवको नेतृत्व

बुटवल । सामाजिक क्षेत्रमा सक्रिय संस्था पहिलो पाइला नेपालको छैटौँ अधिवेशनबाट गौरव खनालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। शनिबार सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि संस्थाको नयाँ नेतृत्व चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा रुद्र खनाल, द्वितीय उपाध्यक्षमा नरेश न्यौपाने, सचिवमा सन्तोष सुनार, सहसचिवमा रक्षा न्यौपाने, कोषाध्यक्षमा विकास पौडेल तथा सहकोषाध्यक्षमा प्रकाश […]

राजधानीमा “मृत्यु-उत्सव”

२०८३ वैशाख २६ गते काठमाडौंको अनामनगरस्थित डालो रेष्टुरेन्टमा साहित्यिक ऊर्जाले भरिएको एउटा विशेष सांस्कृतिक क्षण सिर्जना भयो। साहित्यिक पत्रकार संघको आयोजनामा कवि शेखर ढुङ्गेलको नवीन कविताकृति ‘मृत्यु–उत्सव’ को लोकार्पण सम्पन्न हुँदा त्यो केवल पुस्तक विमोचनको औपचारिक कार्यक्रम मात्र रहेन, बरु जीवन, मृत्यु, समय, चेतना र साहित्यबारे गहिरो विमर्श गर्ने एउटा साहित्यिक पर्वजस्तै बन्यो। कार्यक्रममा उपस्थित […]

चौथो वरियताका शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम अघि सारेको हो । नेपालको न्यायिक इतिहासमै पहिलोपटक चौथो वरियतामा रहेका न्यायाधीश प्रधानन्यायाधीशका लागि सिफारिस भएका हुन् । संसदीय सुनुवाइबाट अनुमोदन भएमा शर्मा नेपालको ३३ औं प्रधानन्यायाधीश बन्नेछन् । कानुन विषयमा विद्यावारिधि गरेका शर्मा २०७६ वैशाखमा […]

सडक विस्तारका क्रममा गयो स्काभेटर चालकको ज्यान

काभ्रे । काभ्रेको चौरीदेउराली गाउँपालिका–७ टाडिगाउँस्थित मध्यपहाडी लोकमार्गमा सडक विस्तारका क्रममा भएको दुर्घटनामा एक स्काभेटर चालकको ज्यान गएको छ। आज अपराह्न करिब ३ बजे सडक चौडा बनाउने क्रममा ट्रयाक खन्ने बेलामा माथिबाट ढुङ्गासहितको ढिस्को खस्दा बा २ क २७९२ नम्बरको स्काभेटर पुरिएको थियो। उक्त घटनामा चालक रौतहट पौराही गाउँपालिका–३ निवासी ४१ वर्षीय दिलिप स्माली स्काभेटरको क्याबिनभित्रै […]

नेपाल चिकित्सक संघको अध्यक्षमा डा. बद्री रिजाल विजयी, हेर्नुस् अरु विजेता

काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचनमा डा. बद्री रिजाल विजयी भएका छन्। अन्तिम मतपरिणाम अनुसार दुई उपाध्यक्ष र तीन केन्द्रीय सदस्य पद बाहेक अधिकांश महत्वपूर्ण पदमा डा. रिजाल समूहका उम्मेदवार निर्वाचित भएका छन्। १९ सदस्यीय कार्यसमितिका लागि सम्पन्न निर्वाचनमा टिम बद्री, टिम मंगल र टिम रिफर्मका गरी ५६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। नतिजाले […]

अब रहने छैन ‘मालपोत कार्यालय’

काठमाडौं । अब देशभर भूमिसुधार तथा‘मालपोत कार्यालय’ भन्ने नाम इतिहास बन्ने भएको छ। सरकारले प्रचलित कानुनी संरचनामै परिवर्तन गर्दै उक्त नाम हटाएर ‘भूमि प्रशासन कार्यालय’ कायम गरेको छ। अध्यादेश मार्फत सरकारले मालपोत ऐन तथा जग्गा (नापजाँच) ऐनमा संशोधन गर्दै ‘मालपोत कार्यालय’ शब्दलाई पूर्ण रूपमा हटाएको हो। अब ती ऐनहरूमा जहाँ–जहाँ ‘मालपोत कार्यालय’ उल्लेख थियो, त्यहाँ […]