भरतपुर । सिर्जनशील नेपाल, भरतपुर वडा नं. १० चितवनको आयोजना तथा भरतपुर महानगरपालिका वडा नं. २६ को आर्थिक सहयोगमा “शैक्षिक गुणस्तर वृद्धिका लागि सरोकारवालाहरूको भूमिका” विषयक एकदिने गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जेठ १० गते आइतबार आदर्श माध्यमिक विद्यालय, दिव्यनगरको सभाहलमा आयोजित कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्वहरूले शैक्षिक सुधार, गुणस्तरीय शिक्षाको आवश्यकता तथा […]
Author: Nonstop Khabar
बागमती नदीमा डुबेर दुई युवक बेपत्ता
सर्लाही । सर्लाहीका दुई युवक बागमती नदीमा डुबेर बेपत्ता भएका छन् । शनिबार साँझ रौतहटको चन्द्रपुर–१ नजिक बग्ने बागमती नदीमा नुहाउने क्रममा उनीहरू बेपत्ता भएका हुन् । प्रहरीका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका–५ का २१ वर्षीय गणेश महतो र लालबन्दी नगरपालिका–९ का १८ वर्षीय रोहित महतो पाँच जनाको समूहसँगै नदीमा पुगेका थिए । नदीको गहिरो भागमा […]
प्रविधिसँगै नैतिक र गुणस्तरीय शिक्षालाई जोड दिने नीति छ : मुख्यमन्त्री बानियाँ
ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सरकारले प्रविधिसँगसँगै गुणस्तरीय नैतिक शिक्षालाई जोड दिने नीति लिएको बताएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) जिल्ला कार्य समिति ललितपुरद्वारा आज शनिबार यहाँ आयोजित एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले […]
च्याउ खेतीबारे भक्तपुरका युवालाई तालिम
भक्तपुर । भक्तपुरका तीन दर्जन युवालाई च्याउ खेतीबारे एक महिने तालिम दिइएको छ । बागमती प्रदेश सरकार सामाजिक विकास कार्यालयको स्वीकृत कार्यक्रम अन्तर्गत सहकार्य संस्थाले सो तालिम दिएको हो। वैशाख ६ गतेदेखि सञ्चालित तालिममा सहभागीहरूलाई सीताके, गोब्रे र कन्य च्याउ उत्पादन र बजारीकरण बारे तालिम प्रदान गरिएको सामाजिक विकास कार्यालयका अधिकृत राकेश श्रेष्ठले बताएका […]
रास्वपा मध्यपुर थिमि नगरमा मानन्धरको नेतृत्व
भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको नेतृत्वमा न्हुछे रत्न मानन्धर चयन भएका छन् । शनिबार सम्पन्न प्रथम नगर अधिवेशनले मानन्धरको नेतृत्वमा नयाँ १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । यसअघि रास्वपा मध्यपुर थिमिको तदर्थ समितिको संयोजन गरिसकेका मानन्धर व्यवसायिक क्षेत्रमै पनि परिचित व्यक्तित्व हुन् । उनी भक्तपुर चेम्बर अफ […]
एमएस्सीका नयाँ विद्यार्थीलाई स्किम्सको अभिमुखीकरण
काठमाडौँ । बालकुमारी स्थित कलेज अफ इन्भाइरोमेन्ट म्यानेजमेन्ट एण्ड सस्टेनेवल डिभलपमेण्ट (SchEMS) ले एमएस्सी तहमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। २०२६ को मार्च इन्टेकअन्तर्गत भर्ना भएका एमएस्सी. इन इन्भाइरोन्मेन्टल साइन्स एन्ड म्यानेजमेन्टका नयाँ विद्यार्थीहरूलाई शुक्रबार स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल अजय भक्त […]
डीसीसी प्रिमियर लिग जेठ ९ देखि शुरू हुने
भैरहवा। देवीनगर क्रिकेट क्लबद्वारा आयोजित सिटी एक्सप्रेस प्रिजेन्ट्स डीसीसी प्रिमियर लिग–२०८३ (सिजन २) पावर्ड बाइ एक्सपर्ट एजुकेशनको अक्सनसहितको कार्यक्रम गत शनिबार होटल पौवा, योगीकुटीमा भव्यताका साथ सम्पन्न भएको छ। उक्त कार्यक्रममा सहभागी टोली मालिकहरूले खेलाडी खरिद प्रक्रिया सम्पन्न गरेका छन्। यस प्रतियोगितामा प्रिन्ट हब किङ्स, एसजीए म्याभेरिक्स, मेगा राइनोज, एपीएस युनाइटेड तथा सिद्धार्थ रोयल गरी […]
सालनालसहित नवजात शिशु फेला
भक्तपुर । मध्यपुर थिमि- ३ गठ्ठाघरस्थित नमूनाबस्तीमा बुधवार बिहान सालनालसहितको नवजात शिशु फेला परेको छ। स्थानीयले बताएका अनुसार विगमार्ट नजिक बाटो छेउमा बिहान करिब ५:३० बजे सालनाल सहित नवजात शिशु फेला परेको हो । स्थानीयले प्रहरीलाई खबर गरेपछि उद्धार गरी नागरिक अस्पताल पुर्याइएको शिशु स्वस्थ रहेको बताइएको छ । शिशु छोरी रहेको प्रहरीले जनाएको छ। […]
इब्राहिमको घोडा र बिकिनीहरू सार्वजनिक
काठमाडौ । लघुकथाकार महेश प्रसाईंको नयाँ लघुकथासङ्ग्रह ‘इब्राहिमको घोडा र बिकिनीहरू’ सार्वजनिक गरिएको छ। दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको आयोजनामा सोमबार इब्राहिमको घोडा र बिकिनीहरू’सार्वजनिक गरिएको हो । प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठान का पूर्वकुलपति गङ्गाप्रसाद उप्रेती प्रमुख अतिथिका रूपमा सहभागी थिए। कृतिको लोकार्पण लेखक महेश प्रसाईंसहित सभापति प्रमुख अतिथि तथा गोपी […]
डा. डीआर उपाध्यायको ‘अन्तस्करण’ लोकार्पित
०८३ जेठ ३, काठमाडौं । काठमाडौंको साहित्यिक वातावरण आइतबार शब्द, संवेदना र सिर्जनशीलताको अनुपम संगमले झनै आलोकित बन्यो । नेपाली साहित्य, संगीत तथा बहुआयामिक सिर्जनाका अथक साधक १५३ विश्व कीर्तिमानी स्रष्टा डा. डीआर उपाध्यायको नवीन कवितासंग्रह ‘अन्तस्करण’ राजधानीको अनामनगरस्थित डालो रेष्टुरेन्ट मा एक भव्य समारोहका बीच लोकार्पण गरिएको छ । साहित्यिक पत्रकारसंघ र मिलाप मासिकको […]










