भैरहवा। देवीनगर क्रिकेट क्लबद्वारा आयोजित सिटी एक्सप्रेस प्रिजेन्ट्स डीसीसी प्रिमियर लिग–२०८३ (सिजन २) पावर्ड बाइ एक्सपर्ट एजुकेशनको अक्सनसहितको कार्यक्रम गत शनिबार होटल पौवा, योगीकुटीमा भव्यताका साथ सम्पन्न भएको छ।
उक्त कार्यक्रममा सहभागी टोली मालिकहरूले खेलाडी खरिद प्रक्रिया सम्पन्न गरेका छन्। यस प्रतियोगितामा प्रिन्ट हब किङ्स, एसजीए म्याभेरिक्स, मेगा राइनोज, एपीएस युनाइटेड तथा सिद्धार्थ रोयल गरी ५ वटा टिम रहेका छन्।
प्रत्येक टिमका लागि रु. १,५०,००० (एक लाख पचास हजार) को पकेट मनी व्यवस्था गरिएको क्लबले जनाएको छ।
यस प्रतियोगिताको खेल सञ्चालन मिति जेठ ९ गतेदेखि देवीनगर रंगशाला मिनी ग्राउण्डमा हुने भएको छ। प्रतियोगितामा सहभागी प्रत्येक टिमले अन्य सबै टिमसँग २/२ पटक प्रतिस्पर्धा गर्ने व्यवस्था गरिएको छ। प्राप्त अंकका आधारमा उत्कृष्ट टोलीहरू सेमिफाइनल चरणमा प्रवेश गर्नेछन्।
कार्यक्रम सफल बनाउन विभिन्न संस्था तथा कम्पनीहरूको महत्वपूर्ण सहयोग रहेको थियो। सहयोगी संस्थाहरूमा इड्राइभ नेपाल, बुटवलको फुल्की, नेपाथ्ये कलेज, मञ्जुश्री फाइनान्स, कोडा पल्स ग्लोबल, करेन्ट नुडल लगायत अन्य संघसंस्थाहरू रहेका छन्।
कार्यक्रम निकै भव्य तथा सफल रूपमा सम्पन्न भएको जानकारी देवीनगर क्रिकेट क्लबका सचिव गणेश पाण्डेयले दिए।
साथै, देवीनगर क्रिकेट क्लबको स्थापना वि.सं. २०७६ सालमा ५ जना सदस्यबाट भएको थियो। हाल क्लबमा ९२ जना सदस्यहरू आबद्ध रहेका छन् र क्लबले क्रिकेट गतिविधि तथा खेल विकासका क्षेत्रमा निरन्तर काम गर्दै आइरहेको छ।







