अनेक हल्ला चलिरहँदा प्रचण्ड ओलीले गरे यस्तो सहमति

काठमाडाैं, १ पुस । पार्टी एकता गर्ने उद्घाेषसहित निर्वाचनमा सहभागी भर्इ बहुमत हासिल गरेका वामगठबन्धनका दुर्इ प्रमुख नेताबीच नयाँ सहमति भएकाे छ । नेकपा एमालेका अध्यक्ष केपी अाेली र माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाहिर चलाइएका थुप्रै हल्लालार्इ चिर्न याे सहमति गरेकाे बताइएकाे छ ।

चुनावी परिणाम अाए लगत्तै खासगरी नेकपा एमालेका तर्फबाट साे पार्टीका नेताहरुले दिएकाे अभिव्यक्तिलार्इ अाधार बनाउँदै बिभिन्न मिडियामा अनेक हल्ला फिजाइएका थिए । चुनावकै बीचमा एमाले अध्यक्ष केपी अाेलीले बाम गठबन्धन र माअाेवादी पार्टीका बारेमा गरेकाे टिप्पणीले झन ती हल्लाहरुलार्इ मलजल गरेकाे थियाे । केपी अाेलीले दुर्इ पार्टीकाे सहमति, मेलमिलाप वा एकता न बाम भएकाे न कम्युनिस्ट भएकाे भन्नुका साथै १० वर्षे जनयुद्ध प्रचण्डकाे ठूलाे सैद्धान्तिक भूलकाे परिणाम भएकाेसम्म अाराेप लगाएका थिए । उनले चुनावी परिणाम अार्इरहँदा माअाेवादी केन्द्रलार्इ एकतामा अाउन मन भए अध्यक्ष नखाेज्न घुमाउराे पाराले कटाक्ष पनि उनले हानेका थिए । सुरुकाे भनार्इ उनले अन्नपूर्ण पाेष्ट दैनिककाे अन्तरवार्तामा भनेका थिए भने दाेस्राे कटाक्ष (हेर्नुहाेस अन्तरवार्ता) उनले एपी वान टेलिभिजनलार्इ दिएकाे अन्तरवार्तामा दाेस्राे कटाक्ष (हेर्नुहाेस भिडियाे) गरेका थिए । त्यसलगत्तै एमाले महासचिव शङ्कर पाेखरेलले दिएकाे अभिव्यक्तिबाट त झन परिस्थिति बढी तरल बनेकाे थियाे । पाेखरेलकाे भनार्इबाट माअाेवादी केन्द्र साँच्चिकै झस्किएकाे थियाे । यद्यपी केही नेताहरुले दुर्इ पार्टीकाे एकता भाँड‍्न यस्ता हल्ला चलाइएकाे भन्दै त्यसकाे प्रतिवाद पनि गरेका थिए ।

यसैबीच पाेखरेलकाे पछिल्लाे भनार्इ, त्यसअघि अाएका कतिपय अाेलीकै अभिव्यक्ति र बाहिर अाएका हल्लाका बारेमा दुर्इ पार्टीका अध्यक्षबीच भेटघाट भएकाे छ । उक्त भेटघाटमा ती सबै विषयमा कुरा हुनुका साथै अन्य विषयमा पनि सहमति भएकाे माअाेवादी केन्द्र अध्यक्ष प्रचण्ड निकट एक नेताले जानकारी दिएका छन् ।

दुर्इ नेताबीच निर्वाचन सम्पन्न भएपछि पार्टी एकतालाई असर पर्ने गरी एमालेको नेतृत्व पंक्तिबाट आएका कपिपय विषयबारे कुरा भएको स्राेतकाे भनार्इ छ। एमाले महासचिव ईश्वर पोखरेलले ‘पार्टी एकतापछि प्रधानमन्त्री र संसदीय दलको नेता दुबै ओली हुने’ भन्दै दिएकाे अभिव्यक्तिबारे पनि कुराकानी भएकाे बताइएकाे छ । साे क्रममा अध्यक्ष प्रचण्डले पार्टी एकतापूर्व नै एमाले महासचिव पोखरेलबाट आएको त्यस्तो अभिव्यक्तिले अाफ्नाे पार्टी पंक्तिमा आशंका जन्मिएको भन्दै अाेलीसँग गुनासो गरेका थिए। पार्टी एकता संयोजन समितिमै बसेका नेताले त्यस्ता अभिव्यक्ति दिन नहुने भन्दै पाेखरेललार्इ सम्झाउन पनि प्रचण्डले अाेलीसँग कुरा गरेकाे स्राेतकाे दावी छ । पार्टी एकता अाम जनताकाे भावना र अहिलेकाे अावश्यकता भएकाे भन्दै जनताकाे जनमत विपरित जान नहुनेमा दुर्इ नेताहरु प्रतिवद्ध भएकाे स्राेतले बतायाे ।

त्यसैगरी नेपाली कांग्रेसले अझै सरकारमा टाँसिरहन खाेजेकाे भन्दै दुर्इ नेताले त्यसबारे कडा प्रतवादन गर्ने सहमति पनि गरेका छन् । काम चलाउ सरकारले एकलौटी रुपमा कुनै निर्णय गरे त्यसको संयुक्त रुपमा प्रतिरोध गर्ने सहमति पनि दुर्इ नेताले गरेका छन् ।

माअाेवादी केन्द्रका एक नेताले भने ‘दुर्इ नेताबीच पार्टी एकता, आगामी सरकारको गठन, कामचलाउ सरकारले गरेका एकलौटी निर्णयको प्रतिकार गर्ने सहमति भएको छ । उनल थपे, ‘त्यसका साथै नयाँ सरकार गठनका सन्दर्भमा कानुनी झमेला निकालेर नेपाली कांग्रेसले गर्न खाेजेकाे ढिलाईबारे पनि नेताहरुबीच कुरा भएकाे छ र अब संयुक्त रुपमा त्यसकाे प्रतिकार गर्ने निर्णय गरिएकाे छ ।’

 

Loading...