काठमाडौंका सडकमा आतङ्क मच्चाउने गुण्डाका ट्रिपर बन्द गर्ने डिआइजी खनालको घोषणा

काठमाडौं, १६ साउन । सर्वेन्द्र खनाल काठमाडौंको प्रहरी प्रमुख हुँदा धेरै गुण्डाहरुको भागाभाग भएको चर्चा निकै चल्ने गरेको थियो । उनले सहरका गुण्डा नियन्त्रण गर्न राजनीतिक दवावलाई पूरै छिचोलेर काम पनि गरे । तिनै खनाल अहिले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भएका छन् । महाशाखा प्रमुख भएर आएको केही समयमा नै उनको फेरि चर्चा हुन थालेको छ । यसैक्रममा डीआईजी खनालले सडकमा आतंक मच्चाउने गुण्डाहरुका ट्रिपर बन्द गराउने घोषणा गरेका छन् ।

सोमबार काठमाडौंको बग्गीखानामा ट्राफिक ब्यवस्थापनबारे भएको एक छलफल कार्यक्रममा डिआइजी खनालले उक्त घोषणा गरेका हुन् । टिपर ब्यवसायी संघका प्रतिनिधिलाई नै सम्बोधन गर्दै खनालले डाँडा पाखा ओगट्ने र क्रसर चलाएर सडकमा पनि टिपर आतंक फैलाउने प्रवत्ति हटाउन जरुरी रहेको बताए । टिपर ब्यवसायमा गुण्डाको लगानी मौलाएको जनाउँदै उनले त्यस्ता टिपर बन्द गर्ने चेतावनी दिए ।

डिआइजी खनालले तीव्र गतिमा दौडिने, नियम नमान्ने र अरु सवारी तथा यात्रुलाई पेल्ने र ओभरलोड बोकेर सडक विगार्ने गरेको गुनासो व्यापक मात्रामा आइरहेको बताए । तर, अब त्यसलाई पूरै नियन्त्रण गर्ने उनको भनाई थियो ।

खनालले भने, ”टिपरले सडकमा मललाग्दी गर्ने कारणमध्ये गुण्डाको लगानी पनि हो । मसँग त्यस्ताको नाममा रहेको टिपरको लगत छ । त्यसको सातो मात्रै लिने होइन, तिनमा नामका टिपर बन्द गराउँछु ।’

डिआइजी खनालले कानुनको कार्यान्वननका लागि प्रहरी संगठन बनेको बताउँदै कानुन मिच्नेलाई कारवाही गर्न पछि नहट्ने स्पष्ट पारे ।

 

पढ्न छुटाउनु भयाे कि !

काठमाडौंको एक स्कूलबाटै अपहरित बालकलाई प्रहरीले गर्यो काँडाघारीबाट उद्धार

उत्तरका सबै नाका खोल्न र नेपालतर्फको सडक समेत निर्माण गर्न चीन तयार

करोडौं कमिसन खाएर निगमले गर्यो निजी जग्गा खरिद

भूकम्पमा १ खर्ब दिने भनेको भारतले एक रुपैयाँ पनि आएन

काँग्रेसले खुट्टा कमाएपछि उर्जा सम्हाल्न आइपुगेका शाही र आम अपेक्षा

चीनसँग झडपका दृष्य बढ्नै लाग्दा भारतका अधिकांश क्षेप्यास्त्र परिक्षण असफल

मलेसियामा नेपाली सुरक्षागार्डले देखाएको बहादुरीप्रति संसारभर यस्तो प्रशंसा (भिडियो)

साउनमा उर्लेको भेरी नदीमा फसेका युवकलार्इ प्रहरीले गर्यो उद्धार

प्रहरीलाई हत्या गर्ने आरोपी महिला पक्राउ

हेल्मेट लगाको टाउकोमा आगो सल्काएर नयाँ बन्ने बाहाना

भत्कियो १४० वर्षे आइरन गेट

Loading...