काठमाडौंको एक स्कूलबाटै अपहरित बालकलाई प्रहरीले गर्यो काँडाघारीबाट उद्धार

काठमाडौं, १६ साउन । काठमाडौंको पकनाजोलबाट अपहरणमा परेका बालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालयको टोलीले अपहरित बालक विशाल चौधरीलाई सकुशल उद्धार गरेको हो ।

पकनाजोलमा रहेको सरस्वती माध्यमिक विद्यालयमा युकेजीमा अध्ययनरत बालक विशाल चौेधरीलाई यही साउन १२ गते अज्ञात समूहले अपहरण गरेको थियो । विद्यालयबाट घर फर्कनै लाग्दा बालक चौधरीलाई अज्ञात समूहले अपहरण गरेपछि आफन्तले प्रहरी समक्ष उजुरी दिएका थिए । अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले यस विषयमा थप अध्ययन भइरहेको जानकारी दिएका छन् ।

Loading...