मधेश प्रदेशलाई राजपत्र प्रकाशन गरी घोषणा गरियो ‘संकटग्रस्त क्षेत्र’

सप्तरी । खानेपानी र सिंचाइ समस्या भोगिरहेको मधेश प्रदेशलाई नेपाल सरकारले तीन महिनाका लागि “विपद् संकटग्रस्त क्षेत्र” घोषणा गरेको छ। उक्त निर्णय बुधबार बसेको मन्त्रिपरिषद बैठकबाट पारित भई बिहीबार राजपत्रमा प्रकाशित भएसँगै औपचारिक रूपमा लागू भएको हो। गृह मन्त्रालयका निमित्त सचिव जयनारायण आचार्यका अनुसार, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को […]

विद्युतीय मोटरले लियो मुखियाको ज्यान

रौतहट । रौतहट जिल्लाको माधव नारायण नगरपालिका–४ बिसनपुरवा मानपुरमा बुधवार बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। स्थानीय ४० वर्षीय रामबाबु मुखियाको सिचाइको लागि प्रयोग गरिएको मोटरमा विद्युत् प्रवाह भई करेन्ट गम्भीर घाइते भई प्रादेशिक अस्पताल गौरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। आज बिहान करिब ७ः०० बजे आफ्नै खेतमा सिंचाइ गर्नका लागि मोटर […]

भ्रष्टाचार आरोप लगाएकै आधारमा कार्वाही हुदैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई स्वदेशमै रोक्ने गरी रोजगारी सिर्जना गर्नु र संक्रमणकालीन न्यायका बाँकी कामलाई टुंगोमा पुर्‍याउनु सरकारको उच्च प्राथमिकता रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद्हरूको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले सरकारले सन् २०८२ देखि २०९२ सम्मलाई ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ घोषणा गरेको उल्लेख गर्दै वैदेशिक रोजगारीबाट फर्किएकाहरूको पुँजी, सीप र […]

गर्मीमा कहाँ गायब हुन्छन् चिनियाँ राष्ट्रपति

न्यूजकारखाना, बेइजिङ । हरेक जुलाइ वा अगस्टमा चिनियाँ राष्ट्रपति सी जिनपिङ एकाएक गायब हुन्छन, उनी कुनै पनि फोरम वा कार्यक्रममा देखिदैनन् ।  यो रहस्यका बारेमा कमैलाई थाहा होला, आज हामी यसबारेमा जानकारी दिनेछौं ।  यो अगष्टमा पनि राष्ट्रपति सि हराउँदैछन् र उनी राजधानी बेइजिङबाट केही समयका लागि बेपत्ता हुदैँछन, यसरी बेपत्ता हुदाँ हरेक बर्ष झै […]

एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबारदेखि सुरु भएको बैठक आज समापन गर्ने तयारी छ । बैठकमा केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा राखिरहेका छन् । बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन-तीन मिनेट बोल्ने समय दिइएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी प्रवेशको विषयलाई केन्द्रीय सदस्यहरूले प्राथमिकता दिँदै […]

एसपीमा बढुवाको लागि ११ डिएसपीको सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (डीएसपी) पदमा बढुवाको लागि सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले डीएसपीहरूलाई प्रहरी उपरीक्षकमा बढुवा गर्न सिफारिस गरेको हो। समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले जारी गरेको विज्ञप्तिअनुसार बढुवाका लागि सिफारिसमा परेका प्रहरी अधिकृतहरूमा अनिलकुमार खड्का, महेश […]

समृद्धि हासिल गर्न नीतिगत सुधार आवश्यक : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं  प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधार आवश्यक रहेको बताएका छन्। नेपाल उद्योग परिसंघ (सिएनआइ) का नवनिर्वाचित पदाधिकारीहरूसँग खुमलटारस्थित निजी निवासमा भएको भेटमा दाहालले राज्यले सोच्ने तरिका परिवर्तन गर्नुपर्ने र समग्र संरचनामै सुधार आवश्यक रहेको बताएका हुन्। उनका अनुसार आर्थिक […]

भक्तपुर एकेडेमी अफ टुरिजम हस्पिटालिटी म्यानेजमेन्ट(बाथम) छ वर्ष पुगेको अवसरमा रक्तदान

BATHM

भक्तपुर । भक्तपुर-१ सल्लाघारीस्थित भक्तपुर एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेन्ट(बाथम)ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सोमबार बिहान बाथमले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । स्थापनाको छैटौं वार्षिक उत्सवको अवसर पारेर सोमबार बिहान रक्तदान कार्यक्रम सम्पन्न गरिएको बाथमका प्रवन्ध निर्देशक राजु कलजुले बताए । रक्तदानमा बाथमका विद्यार्थी र कर्मचारी […]

असन्तोषी युवालाई प्रश्न-तपाईं अग्रगमनको पक्षमा कि प्रतिगमनको?

आरम्भ असन्तोष मानवीय स्वभाव हो । असन्तोष सधै नकारात्मक पनि हुँदैन किनभने प्रगतिको मुहान असन्तोषवाट नै खुल्दछ । त्यहि असन्तुष्टिको परिणाम दैनिक नयाँ नयाँ खोज अनुसन्धान र समाजलाई दैनिक अग्रगति दिईरहेको हुन्छ । ओडारमा बसेर कन्दमुल खाँदै जंगली घुमन्तु जीवन जिउने मानिस आज दुनियाँका अनेकौं सुविधा निर्माण, वितरण र उपभोग गर्न सक्षम भइसक्दा पनि चित्त […]

झुण्डिएको अवस्थामा मृत भेटिए रौतहटका पत्रकार रविन्द्र प्रजापति

जनकपुरधाम । रौतहटका पत्रकार रविन्द्र प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । कटहरिया नगरपालिका ५ का अन्दाजी ३० वर्षीय पत्रकार प्रजापति शनिबार राति ९ बजे झुण्डिएको अवस्थामा भेटिएका थिए । त्यसपछि परिवारका सदस्यहरुले नजिकको स्वास्थ्य चौकी र त्यसपछि गरुडा स्थित ग्राण्डी अस्पताल पुर्याएका थिए । तर राति १० बजे चिकित्सकले उनलाई मृत घोषणा […]