काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (डीएसपी) पदमा बढुवाको लागि सिफारिस भएका छन् ।
प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले डीएसपीहरूलाई प्रहरी उपरीक्षकमा बढुवा गर्न सिफारिस गरेको हो।
समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले जारी गरेको विज्ञप्तिअनुसार बढुवाका लागि सिफारिसमा परेका प्रहरी अधिकृतहरूमा अनिलकुमार खड्का, महेश थापा, दिपेन्द्र पजियार थारु, महेन्द्र नेपाल, रूपक खड्का, प्रेमसागर केसी, डिलबहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वरप्रसाद साह, सुनिल मल्ल र दीपक खड्का रहेका छन्।
सिफारिसमा परेका अधिकृतहरू अब गृह मन्त्रालयको स्वीकृति पश्चात प्रहरी उपरीक्षकमा बढुवा हुनेछन्।







