भक्तपुर एकेडेमी अफ टुरिजम हस्पिटालिटी म्यानेजमेन्ट(बाथम) छ वर्ष पुगेको अवसरमा रक्तदान

BATHM
BATHM

भक्तपुर । भक्तपुर-१ सल्लाघारीस्थित भक्तपुर एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेन्ट(बाथम)ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सोमबार बिहान बाथमले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

स्थापनाको छैटौं वार्षिक उत्सवको अवसर पारेर सोमबार बिहान रक्तदान कार्यक्रम सम्पन्न गरिएको बाथमका प्रवन्ध निर्देशक राजु कलजुले बताए ।

रक्तदानमा बाथमका विद्यार्थी र कर्मचारी लगायत दुई दर्जन बढीले रक्तदान गरेका उनले जानकारी दिएका छन् ।

रक्तदान जीवनदान भएकोले बाथमले रक्तदान गरि आफ्नो वार्षिकोत्सव मनाएको बाथमका अध्यक्ष रिसव जोन्छेले जनाएका छन् ।

रक्तदानले विद्यार्थी वर्गमा सहयोग, संवेदना र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उनले बिश्वास व्यक्त गरे ।

BATHM
BATHM

बाथम प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद (सिटिइभिटी) बाट स्वीकृत प्राप्त संस्था हो । यसले टुरिजम हस्पिटालिटी म्यानेजमेन्टमा डिप्लोमा तहको कक्षाहरु सञ्चालन गर्दछ । साथै, बाथममा छोटो अवधीका तालिम कार्यक्रम पनि सञ्चालन भइरहेका छन् ।