सूचनाको हक संरक्षण र प्रवर्द्धन गर्न ललितपुरका सूचना अधिकारीलाई अभिमुखीकरण

ललितपुर । ललितपुर जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीहरुलाई ‘सूचनाको हकको सम्मान र संरक्षणमा सूचना अधिकारीको भूमिका’ बारे अभिमुखीकरण गरिएको छ । बुधबार नियमित बैठकको अवसरमा अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरिएको हो । कार्यक्रममा सूचनासम्बन्धी अभियन्ता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उमिद बाग्चन्दले सूचनाको हकबारे बताउँदै सूचना लिने र दिने विषयमा रहेका भ्रम र यथार्थ […]

ललितपुरका दुई स्थानमा दुई महिनासम्म बिरोध प्रदर्शन गर्न नपाइने

जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्लाका दुई स्थानमा पाँच जना भन्दा बढी मानिस भेला भई अनशन, धर्ना, जुलुस हड्ताल, सभा र प्रदर्शन लगायत बिरोधका कार्यक्रम गर्न निषेध गरेको छ । आज सोमबारबाट लागू हुने गरी प्रमुख जिल्ला अधिकारी रमेश ढकालले यस्तो आदेश जारी गरेका हुन् । आदेश अनुसार पुल्चोकको युएन हाउस र पुरानो मन्त्री निवास क्षेत्रलाई […]

लागू औषध प्रयोग निरुत्साहित गर्ने समाचार संस्प्रेषण गर्न ललितपुरका पत्रकारलाई प्रशिक्षण

ललितपुर । ललितपुरमा लागू औषध दुर्ब्यशन न्युनीकरणमा पत्रकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गोदावरी नगरपालिका–३ सँगको सहकार्यमा नेपाल पत्रकार महासंघ ललितपुर शाखाले सो अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । मंगलबार ललितपुरको महालक्ष्मीमा आयोजित कार्यक्रममा लागू औषधसम्बन्धी समाचार सम्प्रेषण कसरी गर्नेलगायत पत्रकारको दायित्वसम्बन्धी सञ्चारकर्मीहरुलाई प्रशिक्षण समेत दिइएको पत्रकार महासंघ ललितपुर अध्यक्ष रामहरि कार्कीले […]

पत्रकारिताका माध्यमबाट निराशा हटाउनपर्नेमा जोड

ललितपुर । ललितपुरमा आयोजित मिडिया साक्षरता कार्यक्रममा धारणा राख्ने बक्ता तथा प्रशिक्षकहरुले पत्रकारिताका माध्यमबाट हरेक क्षेत्रमा भएका निराशा हटाउनेगरी काम गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ ललितपुरले बिहीवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले पत्रकारहरुलाई गलत र नकारात्मक सन्देश फैल्याउने प्राथमिकताको उद्देश्य नलिन आग्रह गरे । पेशाप्रति प्रतिवद्ध भएर […]

गोदावरी-३ मा अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामग्री बितरण

ललितपुर । गोदावरी नगरपालिका वडा नं. ३ मा अपाङ्गता भएका व्यक्तिहरूका आवश्यक सहायक सामग्री बितरण गरिएको छ । नेपाल अपाङ्गता महिला समाजको ३१ औ साधारण सभाका अवसरमा गोदावरी नगरपालिकाको साझेदारीमा ति सहायक सामग्री बितरण गरिएको हो । सहायक सामग्री बितरण कार्यक्रममा मन्तव्य राख्दै वडा अध्यक्ष सानुराज (राज) घिमिरेले कोही पनि मानिस इच्छाले अपाङ्ग नहुने भन्दै […]

एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियानको उद्घाटन

ललितपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियानको शुरूवात गरेका छन् । प्रत्येक नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुगोस् भन्ने मुख्य उद्देश्यका साथ अभियान सञ्चानन गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरको आयोजना तथा बागमती गाउँपालिकासहित विभिन्न अस्पतालको समन्वय र सहकार्यमा शुक्रवार बागमती-४ प्युटारम आयोजित शुभारम्भ कार्यक्रममा प्रदेश स्वास्थ्यमन्त्री थापाले शिक्षा […]

भाटभटेनीमै भेटियो प्याकेजिङ नगरिएको खाद्यवस्तु

ललितपुर । संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले चापागाउँ दोबाटोस्थित भाटभटेनीलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ। ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गिता घिमिरेको नेतृत्वमा खटिएको संयुक्त बजार अनुगमन समितिले सोमबार अनुगमन गर्दा भाटभटेनीमा म्याद उल्लेख नगरिएको तथा मापदण्डअनुसार प्याकेजिङसमेत नगरिएको इम्लीको अचार फेला परेको थियो। ‘म्याद उल्लेख नगरिएको इम्लीको आचार भेटिएपछि एउटा प्याकेज […]

पत्रकारद्वय दाहाल र पोखरेल पुरस्कृत

पत्रकारद्वय नवराज दाहाल र जनार्दन पोखरेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति ललितपुरले स्थापना गरेको छुट्टाछुट्टै पत्रकारिता पुरस्कारबाट उनीहरू पुरस्कृत भएका हुन् । बिहीबार पाँचौँ जिल्ला अधिवेशनको अवसर पारेर दाहाललाई ‘कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार- २०८०’ प्रदान गरिएको छ भने पोखरेलले ‘मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार-२०८०’ पाएका छन्। पुरस्कृत हुने दाहाल […]

अनुमती मागेरै रोए महर्जन

ललितपुर । मञ्च धुमधामले सजाइएको थियो । छेउमै नौमति बाजा घन्किरहेको थियो । केही बेरमै मञ्चमा अतिथिहरूको लस्कर देखियो । माहोल रोमाञ्चक बन्दै थियो । कार्यक्रम सुरु भयो । मञ्च अगाडि सयौँ विद्यार्थी र अभिभावकहरुको उपस्थिति थियो । तर उपस्थित सबैको नजर एकनाशले मञ्चमा रहेका एकजना व्यक्तिमा अडिएको थियो । माहोल रोमाञ्चक थियो । तर, […]

ललितपुरमा दुई युवाको हत्या आरोपी ४ सार्वजनिक

ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको हो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले खाजा घर सञ्चालक खोटाङ साकेला गाउँपालिका-२ का विजय राई र सोही ठाउँका सुलभ राईका साथै भोजपुर ट्याम्केमयुङ-२ का विशाल हाङ […]