उपभोक्ता हितका लागि ललितपुर-३ मा बिषादी परिक्षण केन्द्र सञ्चालन

ललितपुर । ललितपुर महानगरपालिकाको वडा नं.३ कार्यालयले बिषादी परिक्षण केन्द्र सञ्चालनमा ल्याएको छ। आफ्नो वडा कार्यालयभित्र बिक्री हुने तरकारी तथा फलफूलमा प्रयोग भएको बिषादीको परिक्षण र नियन्त्रण गर्नका लागि वडा कार्यालयले झम्सिखेलस्थित ठाडोढुंगामा रहेको ‘हाम्रो घर’ मा बिषादी परिक्षण केन्द्रको सुरुवात गरेको हो । परिक्षण केन्द्रको उद्घाटन गर्दै ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले बिषादीयुक्त तरकारी तथा […]

सहकारी दर्ता अभिलेखिकरणका लागि सफ्टवेयर प्रणाली सञ्चालन

ललितपुर । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणमुखी सहकारीहरूको दर्ता अभिलेखिकरणका लागि स्वचालित अनलाइन सफ्टवेयर प्रणाली सुरु गरेको छ। बुधबार आयोजित सार्वजनिक कार्यक्रममा सहकारीका सञ्चालक वा व्यवस्थापन तहको भौतिक उपस्थिति बिना नै अनलाइनमार्फत दर्ता अभिलेखिकरण गर्ने प्रक्रिया औपचारिक रूपमा कार्यान्वयन गरिएको घोषणा गरियो। कार्यक्रममा प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले सहकारीहरूलाई कर्जा सूचना केन्द्रको सदस्य […]

सूचनाको हक प्रवर्द्धन गर्न पत्रकार महासंघले नेतृत्व लिनुपर्नेमा जोड

Right to information

ललितपुर । सुशासनका लागि सूचनाको हक सुनिश्चित हुनुपर्ने र त्यसका लागि पत्रकार महासंघले नेतृत्व लिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । वागमती गाउँपालिका– २ सँगको सहकार्यमा नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले शुक्रवार आयोजना गरेको ‘सूचनाको हक प्रवर्द्धनमा पत्रकार महासंघको भूमिका’ विषयक कार्यक्रममा वक्ताहरूले सूचना लिनेदिने कार्य सरल, सहज र बिश्वासिलो बन्नुपर्ने बताए । सो अवसरमा नेपाल […]

पर्यटन प्रवर्द्धनको लागि गोदावरी पदयात्रा

godavari

ललितपुर । गोदावरी नगरपालिका वडा न ३ को आयोजनामा शनिबार बृहत गोदावरी पदयात्रा कार्यक्रम सम्पन्न भएको छ । गोदावरी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने अभिप्रायले वडा नं. ३ को आयोजनामा “घुमौं गोदावरी, रमाओैं दिनभरी” भन्ने नाराका साथ गोदावरी पदयात्रा आयोजना गरिएको वडा अध्यक्ष सानुराज (राज) घिमिरेले जानकारी गराएका छन् । गोदावरी पदयात्रा उपत्यका भित्रका विभिन्न पालिकाहरुका […]

प्रहरी प्रभाग भैसेपाटीको भवन स्थानीयले गरे पुनर्निर्माण र हस्तान्तरण

ललितपुर । भदौ २४ गतेको जेड जेड आन्दोलनमा क्षति पुर्‍याइएको प्रहरी प्रभाग बुंगमती (भैसेपाटी)को भवन पुनर्निर्माण गरी हस्तान्तरण गरिएको छ। स्थानीय र समुदायको सहकार्यमा भदौ २६ गते स्थानीय सुमन महतको संयोजकत्वमा गठन भएको पुनर्निर्माण समितिले पुनर्निर्माण सम्पन्न गरी मंगलबार औपचारिक कार्यक्रममार्फत प्रहरीलाई भवनका संरचना हस्तान्तरण गर्यो। पुनर्निर्माण समिति संयोजक सुमन महतका अनुसार भदौ २६ गते […]

पेस्तोल र पौने पाँच लाख नगदसहित २३ वर्षीय युवक पक्राउ

Arrest

ललितपुर । ललितपुर प्रहरीले पेस्तोल र चार लाख अठहत्तर हजार नगद सहित एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक चक्र जोशीका अनुसार  खोटाङको साकेला गाउँपालिका–०१ घर भई हाल ललितपुर महानगरपालिका–२३ धापाखेल बस्ने २३ वर्षीय शिव कुमार बिकलाई पेस्तोल र नगद सहित पक्राउ गरिएको हो। स्थानीयले मादक पदार्थ सेवन गरी होहल्ला […]

राष्ट्र र राष्ट्रियतामाथि संकट भएको भन्दै पूर्व उपप्रधानमन्त्री श्रेष्ठले सुझाए समाधान

ललितपुर । पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले राष्ट्र र राष्ट्रियतामाथि संकट परेको उल्लेख गर्दै पार्टीगत हीत र पार्टीभित्रका गुटउपगुटबाट माथि उठेर एकजुट हुनुपर्ने स्पष्ट पारेका छन् । श्रेष्ठले आइतबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै सबै सचेत नागरिकले सोचबिचार गर्दै दलभन्दा माथि उठेर राष्ट्रिय एकताका प्रदर्शन गर्नुपर्ने स्पष्ट पारेका हुन् । सोको लागि नेपाली कांग्रेसको […]

निजी क्षेत्रमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको ४६औँ वार्षिक साधारणसभामा सहभागी वक्ताहरूले आन्दोलनका क्रममा निजी क्षेत्रमाथि आक्रमण गर्नेहरूलाई छानबिन गरी कारबाही गर्नुपर्नेमा जोड दिएका छन्। शुक्रबार शंखमुलस्थित यल दरबारमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष अन्जनकुमार श्रेष्ठले निजी क्षेत्रमाथि व्यक्ति–केन्द्रित प्रहार हुनु चिन्ताजनक भएको बताए। उनका अनुसार, “देशमा लगानीको सुरक्षा र व्यवसायिक वातावरणको सुनिश्चितता […]

कांग्रेस पदाधिकारी बैठकका यस्ता कुरा, शुक्रबार पुनः बस्ने

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक सानेपामा आजबाट सुरु भएको बैठक भोलि शुक्रबार १ बजे पुनः बस्ने भएको छ। पार्टीका उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको आजको बैठकमा पदाधिकारीहरुले धारणा राख्नेक्रम नसकिएकोले भोलि पुन: बस्ने गरी स्थगित भएको प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी गराए । “वर्तमान परिवेशमा भएको घटनाक्रमले खडा गरेको राजनीतिक चुनौती र पार्टीप्रतिको […]

सतर्कता र प्रतिकार्य तयारीका लागि नेपाली कांग्रेसको अपिल

ललितपुर । असोज १८ गते शनिबार साँझदेखि सक्रिय हुने प्रक्षेपण गरिएको भारी बर्षाको चुनौती सामना गर्न सम्पूर्ण सजगता र प्रतिकार्य तयारीका लागि सरकार, सम्बद्ध निकाय, दलहरू, स्वयंसेवीहरु एवं सम्पूर्ण नागरिकमा नेपाली कांग्रेसले हार्दिक अपील गरेको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज शुक्रबार सूचना जारी गर्दै गतवर्षको असोज १२ मा भएको जनधनको ठुलो क्षतिको पीडासँग […]