जन आदर्शमा पहिलो क्याम्पस सभा, जोशीको अध्यक्षतामा ब्यवस्थापन समिति

दीपक श्रेष्ठ, भक्तपुर । भक्तपुरको मध्यपुर थिमि-४ मा जनस्तरबाट स्थापित जन आदर्श क्याम्पसको पहिलो क्याम्पस सभाबाट ९ सदस्यीय नयाँ व्यवस्थापन समिति गठन गरिएको छ । समितिको अध्यक्षतामा तारामान जोशी चयन भएका छन् । जोशीको अध्यक्षतामा ९ सदस्यीय ब्यवस्थापन समिति सर्वसम्मत चयन भएको हो । समिति सदस्यहरूमा बुद्धि कुमार घो श्रेष्ठ, रमेश प्रजापति, रत्नकृष्ण श्रेष्ठ र […]

भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ

भक्तपुर । भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ परेका छन् । प्रहरीले गए राति उनलाई पक्राउ गरेको हो । पक्राउ परेका ब्यक्ति भोजपुर स्थायी घर भएका २३ वर्षीय सुजन गिरी रहेका प्रहरीले जनाएको छ । उनलाई मध्यपुर थिमि नगरपालिका-२ दिव्यस्वरी नेवा भुटु रेष्टुरेन्ट अगाडिबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। प्रहरीका अनुसार उनले आफ्नो मोबाइलको […]

पालिकाले प्रहरीलाई दियो दुर्घटनामा तत्काल उपचार गर्न मिल्ने १० थान किट्स

भक्तपुर । सडक दुर्घटनामा हुने मानवीय क्षति न्यूनिकरण तथा घाइतेहरूको तत्काल उपचारमा सहायता पुर्‍याउने उद्देश्यले मध्यपुर थिमि नगरपालिकाले प्रहरी वृत्त थिमिलाई १० थान प्राथमिक उपचार किट्स बक्स हस्तान्तरण गरेको छ । नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले ती किट्सहरु प्रहरी वृत्त थिमिका प्रमुख रहेका डिएसपी नवराज ढुङ्गानालाई हस्तान्तरण गरेका छन् । नगर प्रमुख श्रेष्ठले सडक दुर्घटनापछि प्रारम्भिक […]

उपमेयर बिजयको अध्यक्षतामा माओवादी केन्द्रको ५५ सदस्यीय मध्यपुर थिमि नगरसमिति निर्वाचित

भक्तपुर । नेकपा (माओवादी केन्द्र) मध्यपुर थिमिको दोश्रो नगर सम्मेलनबाट बिजय कृष्ण श्रेष्ठको अध्यक्षतामा ५५ सदस्यीय नगर समिति निर्वाचित भएको छ । अध्यक्ष निर्वाचित बिजय मध्यपुर थिमि नगरपालिकाको उपमेयर पनि हुन् । पार्टीको नगर अध्यक्षमा उनको यो दोश्रो कार्यकाल हो । बिहीबार बिहान थिमि बैंक्वेटमा सम्पन्न दोश्रो सम्मेलनको बन्द सत्रबाट बिजयकृष्णको नेतृत्वमा सिङ्गो कार्यसमिति नै […]

मध्यपुर थिमिका सूचना अधिकारी सिलवाल लगायत सम्मानित

भक्तपुर । सूचनाको हक प्रभावकारी कार्यान्वयन गरेको भन्दै मध्यपुर थिमि नगरपालिकाका सूचना अधिकारी केशव सिलवाललाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गरेका छन्। राष्ट्रिय सूचना आयोगको १८औँ वार्षिकोत्सवको अवसरमा शीतल निवासमा आयोजित कार्यक्रममा सिलवाललाई नगद ३० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो। आयोगले सूचनाको हकलाई सर्वसाधारणसम्म पुर्‍याउने कार्यमा उल्लेखनीय योगदान दिएको आधारमा सिलवाललाई ‘उत्कृष्ट सूचना अधिकारी’ को […]

प्रहरी बृत्त थिमिका प्रमुख भन्छन् – पत्रकार भनेका ऐना हुन्

भक्तपुर । पाँच दिन अघि जिल्ला प्रहरी बृत्त थिमिको प्रमुखमा पदबहाली गरेका डिएसपी नवराज ढुङ्गानाले पत्रकारसंग भेटघाट गरेका छन् । सोमबार पत्रकार संग कुराकानी गर्दै डिएसपी ढुङ्गानाले शान्ति सुरक्षालगायतका विषयमा पत्रकारिता जगतको उल्लेखनीय भूमिका रहने बताएका छन् । उनले पत्रकारलाई ऐनाको रुपमा आफूले बुझ्ने बताए । पत्रकार समाजको ऐना भएका भन्दै उनले पत्रकारिता मार्फत बृत्तको […]

चराको गुँड बनाउन सहयोग गर्दै मध्यपुर थिमि नगरपालिका

भक्तपुर । आधुनिक भवन निर्माणसंगै चराचुरुङ्गीको बासस्थान घट्दै गएकोप्रति मध्यपुर थिमि नगरपालिकाको ध्यानाकर्षण भएको छ । नगरपालिकाले चरा संरक्षणका लागि चरामैत्री बासस्थान अर्थात् उनीहरूका लागि गुँड बनाइदिन शुरु गरेको हो । चरा संरक्षण अभियानका अभियन्ता बाबुकाजी श्रेष्ठ लगायतको पहलमा नगरपालिकाले चराको लागि बासस्थान बनाउन सहयोग गरेको नगर प्रमुखका स्वकीय सचिव पवन सिबन्जा श्रेष्ठले बताएका हुन् […]

उपप्रमुख श्रेष्ठको शल्यक्रिया सफल

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख बिजयकृष्ण श्रेष्ठको पित्तथैलीकाे शल्यक्रिया गरिएको छ । शुक्रबार शल्यक्रिया सम्पन्न भएको हो । उनको शल्यक्रिया सफल भएको र अहिले पोस्ट वार्डमा रही उनी स्वास्थ्य लाभ गरिरहेका उनका स्वकीय सचिव सचिन बज्राचार्यले बताए । माओवादी केन्द्रका नगर अध्यक्ष समेत रहेका नगरपालिकाको उपप्रमुख श्रेष्ठ तीन महिनादेखि पित्तथैलीमा पत्थरीको समस्याले ग्रसित […]

मध्यपुर थिमिसहित ६ नगरपालिका बिभिन्न बिधामा उत्कृष्ट, प्रम ओलीले गरे सम्मान

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वातावरण, संस्कृति र पर्यटनतर्फ देशकै उत्कृष्ट नगरपालिका घोषित भएको छ । नेपाल नगरपालिका संघको ३२ औं स्थापना दिवसको अवसरमा सो घोषणा गरिएको हो । सो अवसरमा बिहीबार राजधानीमा आयोजित बिशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नगर प्रमुख सुरेन्द्र श्रेष्ठलाई सम्मान पत्र प्रदान गरे । मध्यपुर थिमि नगरपालिकालाई नगरपालिका संघले आर्थिक वर्ष […]

मध्यपुर थिमिमा दुनोट फ्याक्ट्रीबाट सल्केको आगोले आधा दर्जन ब्यवसायमा लाखौंको क्षति

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि- ४ स्थित एक दुनोट फ्याक्ट्रीबाट सल्केको आगोले ११ लाख रुपैयाँ बढी धनमालको क्षति पुर्याएको छ । आइतबार पौने १ बजे २३ वर्षिय सञ्चालक सनिस श्रेष्ठको दुनोट फ्याक्ट्रीमा आगलागी हुँदा आधा दर्जन ब्यवसायीले क्षति ब्यहोर्नु परेको हो । करेन्ट सर्ट भई दुनोट फ्याक्ट्रीमा आगलागी भएको र आसपासमा रहेका पसल तथा व्यवसायहरुमा समेत […]