काठमाडौ । नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा संलग्न नरहेको निष्कर्ष निकालेको छ। सोमबार पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकले गृहमन्त्री लेखक निर्दोष रहेको निष्कर्ष सार्वजनिक गरेको हो। बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकारहरूसँग कुरा गर्दै लेखकको संलग्नता नभएको विषयमा पार्टी विश्वस्त रहेको बताए। “उहाँ निर्दोष हुनुहुन्छ। भिजिट भिसा […]
Tag: नेपाली कांग्रेस
कुलमान हटाउने गठबन्धन सरकारप्रति डा कोइरालाको टिप्पणी, ‘बिनाशकाले विपरीत बुद्धि!’
काठमाडौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णयलाई नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले ‘सरकारको कुशासनको निरन्तरताको अर्को कडी’ भएको भनेका छन्। कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको कहिल्यै पुष्टि नहुने उनले प्रष्ट पारे । सरकारले र पार्टीले हटाउनुपर्ने कारणको पुस्ट्याई गर्न नसक्ने भन्दै नेता कोइरालाले भने, “नेपाली कांग्रेसले यसको स्वामित्व […]
पूर्व तरुणको प्रश्न- पहिले माओवादी अहिले एमाले, कांग्रेस मात्र हुने कहिले
भक्तपुर । नेपाली कांग्रेसको युवा दस्ता तरुण दलका पूर्व अध्यक्ष, पदाधिकारी एवं नेताहरुले भक्तपुरमा पुनर्मिलन कार्यक्रम गरी राजनीतिक परिस्थितिबारे छ्लफल गरेका छन् । नेपाली कांग्रेस कहिले माओवादी भएको र कहिले एमाले भएको भन्दै उनीहरूले कांग्रेस साच्चिकै कांग्रेस भने बन्न नसकेको बताए । पार्टी नेतृत्वलाई पूर्व तरुणको प्रश्न छ- “पहिले माओवादी अहिले एमाले, कांग्रेस मात्र हुने […]
कांग्रेसका प्रमुख सचेतक घिमिरेले मागे माफी
काठमाडौ । नेपाली कांग्रेसका प्रमुख सचेतक एवं सिन्धुली-१ का प्रतिनिधि सभा सदस्य श्याम कुमार घिमिरेले संसदमा माफी मागेका छन् । यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्ति आलोचित भएपछि उनले बुधबार संसदमा माफी मागेका हुन् । गत चैत ३ गते संसदमा विशेष समय लिएर बोल्दै उनले यौन व्यवसाय खुला गर्नुपर्ने माग गरेका थिए । पर्यटन […]
आजवाट कांग्रेस महासमिति बैठक, १२ सय बढी प्रतिनिधि सहभागी हुने
काठमाडौ । आजबाट नेपाली कांग्रेसको महासमिति बैठक सुरू हुदैँछ । गोदावरी सनराइज, ललितपुरमा आजबाट सुरू हुने महासमिति बैठकमा दिउँसो १ बजेबाट सुरू हुनेछ । सो महासमिति बैठकको उदघाटन सभापति शेरबहादुर देउवाले गर्नेछन । आजवाट सुरू हुने महासमिति बैठकमा १ सय ६५ केन्द्रीय पदाधिकारी तथा सदस्यसहित १ हजार ७ सय ८० महासमिति सदस्य, नेपाली जनसम्पर्क समितिका […]
नैतिकता नभए काङ्ग्रेस नहुने आचार्यको भनाइ, दाजुभाउजू र दिदीहरुले पार्टी बिगारेको जिकिर
झापा, १७ माघ २०८० । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं काभ्रेका बौद्धिक नेता मधु आचार्यले नैतिक पतन भएका व्यक्ति काङ्ग्रेस बन्न नसक्ने बताएका छन्। सहिद सप्ताहको अन्तिम दिन मंगलबार झापाका प्रथम सहिद विश्वनाथ घिमिरेको स्मृतिमा मेचीनगरको बाहुनडाँगीमा आयोजित कार्यक्रममा आचार्यले काङ्ग्रेसलाई सामाजिक मूल्य, मान्यता र नैतिकतामा उभिएको पार्टी बनाउनु पर्नेमा जोड दिए। “हत्या, हिंसा, बलात्कार, […]
सत्तारुढ नेकपाका कार्यकर्ताले गरे कांग्रेस नेता रिजालमाथि ढुंगामुढा, बाटोमा रुख ढालेर तीन घन्टा थुनियो
तनहुँ । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालमाथि ढुंगामुढा प्रहार भएको छ । तनहुँको एक स्थानीय निकायको कार्यालय भवन उदघाटनका लागि गएका कांग्रेस नेता रिजालमाथि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताहरुले ढुंगामुढा प्रहार गरेका हुन । कार्यक्रम स्थलमा जाँदै गर्दा उनीमाथि ढुंगामुढा प्रहार भए पनि उनलाई नलागेको बताइएको छ । यसैबीच नेपाली कांग्रेसका नेता रामचन्द्र […]
कांग्रेसमा गुटउपगुट सभापति बाहेक अरुले बनाउन मिल्ने गगन थापाको भनाई
काठमाडौँ, २७ फागुन । नेपाली काङ्ग्रेसका युवा नेता गगनकुमार थापाले पार्टीभित्र देखिएका गुटउपगुट अन्त्य गर्नुपर्ने बताएका छन् । संघीय प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले भने, “पार्टीको सभापति सबैको सभापति हो, उहाँ सभापति नहुँदा गुटउपगुट बनाउन मिल्छ, तर सभापति हुुँदा पनि गुठ बनाउनु विधान विपरित हुन्छ, त्यसैले त्यसको अन्त्य गरिनुपर्छ ।” देउवा सभापति नभएको भए […]
अझै दुर्इ महिना कांग्रेसले सरकार नछाड्ने, एमाले-माके गठबन्धन भत्काउने अनेकौ कसरत जारी
काठमाडौं, १६ पुस । नेपाली कांग्रेसले अझै दुर्इ महिना सरकार नछाड्ने भएकाे छ । नेकपा एमाले र माअाेवादी केन्द्रकाे गठबन्धनले दुर्इ तिहार्इ नजिककाे बहुमत ल्याए पनि कांग्रेसले भने यही सरकारलार्इ विभिन्न बाहना बनाउँदै लम्ब्याउने कसरत गरेकाे हाे । दुर्इ पार्टीकाे गठबन्धन ताेड्न सकिए सके सरकारकाे नेतृत्व नै लिने नसके माकेलार्इ एमालेबाट फुटाएर अाफ्नाे गठबन्धन सरकार […]
धोका दिएको भन्दै कांग्रेसले गर्यो आफ्ना पूर्वमन्त्रीसहित १२ जनालाई निलम्बन
पर्सा, ९ पुस । स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली काँग्रेस पर्सा क्षेत्र नं ४ ले पूर्वमन्त्री सुरेन्द्र चौधरीसहित १२ जनालाई कारबाहीको सिफारिश गरेको छ । क्षेत्र नं ४ का क्षेत्रीय सभापति मृत्युञ्जयकुमार श्रीवास्तवले शनिबार वीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टी पर्साका पूर्व जिल्ला सभापतिसमेत रहेका चौधरीसहित १२ जनालाई १५ वर्षका […]