कांग्रेसका प्रमुख सचेतक घिमिरेले मागे माफी

काठमाडौ । नेपाली कांग्रेसका प्रमुख सचेतक एवं सिन्धुली-१ का प्रतिनिधि सभा सदस्य श्याम कुमार घिमिरेले संसदमा माफी मागेका छन् । यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्ति आलोचित भएपछि उनले बुधबार संसदमा माफी मागेका हुन् ।

गत चैत ३ गते संसदमा विशेष समय लिएर बोल्दै उनले यौन व्यवसाय खुला गर्नुपर्ने माग गरेका थिए । पर्यटन प्रवर्द्धन गर्नुपर्ने र विशेषगरी खर्च गर्ने पर्यटक मनोरञ्जनमा हुने भन्दै उनले यसका लागि ठाँउ तोकेर यौन ब्यवसाय गर्न दिनुपर्ने तर्क गरेका थिए ।

उनको कुरालाई नेपाली समाजले पचाउन सकेन र संसद भित्र तथा बाहिर उनको ब्यापक आलोचना भयो । बिशेषगरी सामाजिक सन्जालमा उनी ट्रोल भए र मानिसहरू उनीमाथि खनिए ।