विप्लवको बन्द : ठाउँठाउँमा बम, यातायात ठप्प, जनजीवन प्रभावित

काठमाडौं १० असार । सर्लाहीमा प्रहरी कारवाहीमा मारिएका आफ्ना जिल्ला नेता कुमार पौडेलको हत्याको विरोधमा विप्लव समूहले गरेको बन्दको असर शैक्षिक संस्थामा सबैभन्दा बढी परेको छ । शैक्षिक संस्था पूर्णरुपमा बन्द भएका छन् भने लामो दूरीका सवारीसाधन पनि ठप्प छन् । प्रहरीका अनुसार काठमाडौं उपत्यकामा बाहिरबाट आएका सवारी साधन प्रवेश गरेका छन् भने यहाँ पनि […]

विप्लवका सर्लाही इन्चार्जको मृत्युबारे गृहमन्त्रीले खोले मुख, संसदीय समितिमा बादलले दिए बयान

काठमाडौं । सांसदहरुले जवाफ माग गरेपछि गृहमन्त्री रामबहादुर थापा बादलले सर्लाहीमा प्रहरीको जवाफी कारवाहीमा विप्लवका सर्लाही इन्चार्ज मारिएका जिकिर गरेका छन् । नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले प्रहरीमाथि गोली प्रहार गरेपछि जवाफी कारवाहीमा पार्टीका जिल्ला इन्चार्ज कुमार पौडेलको ज्यान गएको उनले जिकिर गरे । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा आइतवार पुर्व […]

भिडन्तमा कुमारको ज्यान नगएको पूर्व गृहमन्त्रीको कडा टिप्पणी : सोमवार गृहमन्त्रीले जवाफ दिने

विप्लवका सर्लाही इन्चार्ज कुमार पौडेलबारे सत्तारुढ दल नेकपाका प्रभावशाली नेता एवं पूर्व गृह मन्त्री समेत रहेका सांसद जनार्दन शर्मा प्रभाकरले गृहमन्त्रीसंग जवाफ मागेका छन । प्रहरीसंगको भिडन्तमा पौडेलको ज्यान गएको कुरा पत्याउन नसकिने भन्दै उनले गृहमन्त्री रामबहादुर थापा बादलको जवाफ माग गरेका हुन् । आइतबार राज्य व्यवस्था तथा सुशासन समितिमा आफ्नो धारणा राख्दै पूर्वमन्त्री समेत […]

पौडेल हत्याको बदला लिने विप्लवको चेतावनी, असार १० नेपाल बन्दको घोषणा

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विहिवार प्रहरीद्वारा सर्लाहीमा भएको जिल्ला इञ्चार्ज कुमार पौडेलको हत्याको विरोधमा यही असार १० गते नेपाल बन्दको घोषणा गरेको छ । नेकपाका महासचिव विप्लवले शुक्रवार एक पे्रस विज्ञप्ति जारी गर्दै पार्टीका नेता र कार्यकर्तालाई सक्रिय रक्षामा रहन पनि निर्देशन दिएका छन् । विज्ञप्ति मार्फत नेकपाले सरकारले फासिवादी शैलीले देशभर […]

सर्लाही जिल्ला इन्चार्जको ज्यान गएपछि बदला लिने विप्लव नेकपाको चेतावनी : हेर्नुस विज्ञप्ति

सर्लाही । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेललाई सरकारले कायरतापूर्वक हत्या गरेको बताएको छ । विहीवार बेलुकी जनकपुर ब्युरो इन्चार्ज अरुणले बिज्ञप्ती जारी गर्दै पौडेललाई सरकारले कायरतापूर्वक हत्या गरेको बताएका हुन् । दिउँसो करिब सवा एक बजे सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १ […]

विप्लवका सर्लाही इन्चार्जको ज्यान गयो

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गत १,१० र ११नम्बर वडा सिमाना पलार हिरापुर जंगल सिमानामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएका छन् । बिहीवार दिउसो प्रहरीसँगको भिडन्तमा उनको ज्यान गएको प्रहरीको दावी छ । लालबन्दी नगरपालिका–१, जंगलबाट लखन्देही खोलातर्फ २ वटा मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेका ४ जनाले प्रहरीमाथी गोली चलाएको […]

विप्लवका कार्यकर्ताले गरे स्थानीय निकायको कार्यालयमा तोडफोड

जाजरकोट , २९ जेठ । जाजरकाेटकाे नलगाड नगरपालिकाकाे एक वडा कार्यालयमा ताेडफाेड भएकाे छ । जाजरकाेटकाे पूर्वी क्षेत्रमा रहेकाे नलगाड नगरपालिकाकाे वार्ड नं १० काे कार्यालयमा ताेडफाेड भएकाे हाे । उक्त ताेडफाेड नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले गरेकाे थाहा भएकाे छ । केही नचिनिएका मानिसहरु आएर ध्यारगाउँमा रहेकाे वडा कार्यालयकाे कुर्सी, दराज, कागजात […]

बैठकस्थल घेरा हालेर प्रहरीले गर्यो ठूलो संख्यामा विप्लवका नेता कार्यकर्ता पक्राउ

कास्की । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका १८ नेता तथा कार्यकर्तालाइ प्रहरीले एकैठाउँबाट पक्राउ गरेकाे छ । कास्कीकाे अन्नपूर्ण गाउँपालिकाबाट उनीहरुलाइृ शनिवार राति पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालयले उनीहरुलाइृ अन्नपूर्ण गाउँपालिका–११ उरी भन्ने ठाउँबाट पक्राउ गरेकाे जनाएकाे छ । पक्राउ पर्नेहरुमा नेकपा कास्कीका सेक्रेटरी विवेक भण्डारी ‘आक्रोश’, नेकपास्कीका जिल्ला […]

सोलुखुम्बु घटना रहस्यमय, सरकारले नक्कली भिडन्त गर्न खोजेको आशंका

काठमाडौं, २० जेठ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चौकी कब्जा गर्न लागेको भन्दै नेपाली सेनाको हेलिकोप्टरबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली सोलुखुम्बु पु¥याइएको छ । याे घटनालाइ रहस्यमय ठानिएकाे छ ।  सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्काममा रहेको प्रहरी चौकीमा गएराति नेकपाका केही कार्यकर्ताले आक्रमण गर्न लागेकाे खबर फैलाइएकाे थियाे । तर, त्यहाँ […]

विप्लवले चौकी कब्जा गर्न लागेको भन्दै सेनाको हेलिकोप्टरमा काठमाडौं र विराटनगरबाट सोलुमा लगियो ठूलो फौज

काठमाडौं, २० जेठ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चौकी कब्जा गर्न लागेको भन्दै नेपाली सेनाको हेलिकोप्टरबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली सोलुखुम्बु पु¥याइएको छ । विप्लव नेतृत्वको नेकपाले चौकीमा आक्रमण गर्न लागेपछि गएराति सोलुखुम्बुको महाकुलुङमा रहेको प्रहरी चौकीबाट प्रहरी भागेर ज्यान जोगाएको बताइन्छ । त्यो खबर आएपछि राजधानी काठमाडौं र १ […]