विप्लव-सरकारबीचको वार्ता: हल्ला र यथार्थ

सरकार र विद्रोही नेपाल कम्युनिस्ट पार्टीका बीच वार्ताको कुरा यतिबेला चर्चामा छ । वार्ताको कुरा कहाँ के कति पुगेको हो भन्ने कुरा जति खोजिमा छ, त्यो भन्दा बढी खोजि यतिबेला यो हल्ला कसले चलाएको हो भन्ने कुराको छ । हल्ला यतिसम्म चलाइएको छ कि सरकारी वार्ता टोलीको नेतृत्व सत्तारुढ दल नेकपाका महासचिव बिष्णु पौडेलले गरेका […]

एकातिर वार्ताको हल्ला अर्कोतिर धमाधम कार्यकर्ता पक्राउ

काठमाडौं, ३१ असार । सरकारले वार्ताकाे हल्ला गरिरहँदा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतूत्वको नेपाल कम्युनिस्ट पार्टीका चार कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार उनीहरुलाइ पक्राउ गरेको हाे । पक्राउ पर्नेमा उक्त नेकपाका कास्की जिल्ला सेक्रेटरी जङ्गबहादुर भण्डारी, कास्की जिल्ला घर भएका अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, रुकुम घर भएका अखिल […]

सर्लाही घटनामा संसदीय समिति नबनाउँदासम्म संसद अबरुद्ध पार्ने काँग्रेसको अडान

काठमाडौं । नेपाली कांग्रेसले सर्लाही घटनाको सत्यतथ्य वाहिर ल्याउन संसदीय समिति बनाउनुपर्ने अडान कायम राख्दै संसदीय समिति नबनाउँदासम्म संसद अबरुद्ध पार्ने जनाएको छ। कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले शुक्रबार राजधानीमा पत्रकारहरुसँगको अन्तक्रियामा नेपाली कांग्रेसको अडान स्पष्ट पारेका हुन् । सर्लाही घटनाको छानविनका लागि संसदीय समिति गठन नगरेसम्म संसद अबरुद्ध गरिराख्ने भन्दै उनले यसमा आफूहरुलाई राजपा […]

कांग्रेस रातारात विप्लव बनेको सञ्चारमन्त्रीको आरोप

काठमाडौं, २६ असार । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकूल बास्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमाथि गम्भीर आरोप लगाएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले कांग्रेस आफ्नो विचारबाट चिप्लिएर ‘विप्लव’ बनेको आरोप लगाए । बिहीबार सिंहदरवारमा नियमित पत्रकार सम्मेलनमा बोल्दै बाँस्कोटाले कांग्रेस दिउसो बिपी जस्तो देखिने तर रातभर ‘विप्लव’ बन्ने गरेको आरोप लगाए […]

प्रहरीको गोली लागी विप्लवका भोजपुर इन्चार्ज पनि मारिए

काठमाडौं, २५ असार । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी भोजपुरका इन्चार्ज प्रहरीको गोली लागि मारिएका छन् । बुधवार बिहान साढे ८ बजेको समयमा भोजपुरको सदरमुकाममै नेकपाका भोजपुर इन्चार्ज निरकुमार राई मारिएका हुन् । प्रहरीले दोहोरो भिडन्तमा उनको मृत्यु भएको बताएको छ । भोजपुर सदरमुकामको हटिया लाइनमा बिहान साढे ८ बजेपछि गोली चलेको स्थानीयले […]

भोजपुर सदरमुकाममै नेकपा र प्रहरीबीच गोली हानाहान, एक प्रहरी र एक विप्लवका कार्यकर्ताको मृत्यु

काठमाडौं, २५ असार । भोजपुर सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच गोली हानाहान भएको खबर आएको छ । गोली हानाहानमा एक जना प्रहरी र एक जना विप्लवका कार्यकर्ताको मृत्यु भएको बताइएको छ । भोजपुर सदरमुकामको हटिया लाइनमा उक्त गोली हानाहान भएको बताइएको छ । भिडन्त बुधबार बिहान ८ बजे भएको […]

गृहमन्त्रीको गम्भीर खुलासा: भन्छन्, स्थानीय जनप्रतिनिधिकै ‘सुराकी’मा कुमार पौडेल मारिएका हुन्

काठमाडौँ, २४ असार । सर्लाहीमा प्रहरीको गोली लागेर हत्या गरिएका विद्रोही नेकपाका नेता कुमार पौडेल स्थानीय जनप्रतिनिधिकै आग्रहमा मारिएको गृहमन्त्री रामबहादुर थापाले खुलासा गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा संसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेल कसरी मारिए भन्ने बताए । सो क्रममा उनले […]

एकताको १४ महिनापछि नेकपामा कार्यदिशाको बिबाद सल्टियो, ‘जनताको जनवाद’ मै सहमति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)मा राजनीतिक प्रतिवेदनमा देखिएको विवाद अन्त्य भएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेको १४ महिनापछि कार्यदिशाको बिबाद सल्टिएको हो । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार प्रतिवेदनलाई अन्तिम रूप दिएसँगै राजनीतिक प्रतिवदेन सम्बन्धि समस्या समाधान भएको हो […]

सरकारले खोल्यो विप्लव वार्तामा नआउनुको रहस्य

 काठमाडौं, १९ असार । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बास्कोटाले विप्लव नेतृत्वको नेकपा वार्तामा नआउनुको पछाडी उनीहरुको कुनै एजेन्डा नभएको बताएका छन् । बिहीबार नियमित पत्रकार भेटघाटमा उनले उक्त जिकिर गरेका हुन् । बिहीबार आयोजित नियमित पत्रकार भेटघाटमा उनले भने, ”विप्लव समूह वार्ताबाट भागिरहेछ किनभने वार्तामा आएर माग्ने उनीहरुसंग केहि कुरा नै छैन ।” […]

संखुवासभामा प्रहरी र ‘विप्लव’ समूहका कार्यकर्ताबीच गोली हानाहान

संखुवासभा, १६ असार । सुदुर उत्तरी सिलिचोङ गाउँपालिकामा नेपाल प्रहरी र प्रतिबन्धित नेत्रविक्रम चन्द  विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच जम्काभेट भएको छ । सो क्रममा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । सोमबार बिहान ९ बजेको समयमा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान भएको प्रहरीले जनाएको हो । फायरिङका क्रममा कुनै पनि पक्षको क्षति […]