महामारी फैलिरहेको बेला मानसिक स्वास्थ्यको रक्षा कसरी गर्ने?

काठमाडौँ, कोरोनाभाइरस सङ्क्रमणको महामारीले अहिले पूरै विश्वलाई आक्रान्त बनाएको छ। यससम्बन्धी समाचारको बाढीले हामीलाई चिन्तित बनाउन सक्छ । कोरोना भाइरसको प्रकोपका कारण दुनियाँभरका करोडौं मानिसहरुको जीवन नाटकीय रुपमा बदलिँदै गएको छ । समय समयमा यस्ता परिघटनाहरु हुँदै आएका छन् । जसमा धेरैको जीवनशैली र उनीहरुको सोच्ने क्षमता समेत धेरै बदलिएको पाइन्छ । यसले मानिसको मानसिक […]

उपत्यकासहित देशभर क्षणिक वर्षाको सम्भावना

काठमाडौं, १० चैत । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली भई अपराह्नबाट उपत्यकासहित देशको धेरैजसो स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रिमनसुनसँगै स्थानीय वायु सक्रिय भएकाले अपराह्नपछि बदली भई वर्षा भएको वरिष्ठ मौसमविद् निराजन सापकोटाले बताए । उनका अनुसार प्रिमनसुनको समय भएकाले पहाडी […]

कोरोना भाइरस संक्रमित युवती काठमाडौं उपत्यकाकी, सामान्य खोकी लागेपछि उनले आफैं अस्पतालमा फोन गरेकी थिइन्

काठमाडाैँ १० चैत । कोरोना भाइरसबाट संक्रमित १९ वर्षीया युवतीको दोस्रो पटक पनि परीक्षण गरिने भएको छ। संक्रमित युवती काठमाडौं उपत्यकाकी स्थायी बासिन्दा हुन्। टेकु अस्पतालका अनुसार उक्त युवतीको दोस्रो परीक्षण हुने भएको हो। संक्रमणको पूर्ण पुष्टि हुन दोस्रो पटक पनि परीक्षण गर्ने गरिन्छ। कहिलेकाहीँ पहिलो परीक्षणमा ‘पोजेटिभ’ देखिए पनि दोस्रोमा नेगेटिभ देखिने गर्छ। नेगेटिभ […]

हजारौँ यात्री, सयौँ सवारी साधन ओहोर दोहोर गर्ने सुनौली नाका बन्द ’ ढुवानीका गाडीहरु भने चलिरहने

बुटवल, १० चैत ।  छिमेकी मुलुकसँगका सीमा नाका बन्द गर्ने निर्णय गरेसँगै रुपन्देहीको सुनौली सुनसान भएको छ । दैनिक हजारौँ यात्री तथा सयौँ सवारी साधन ओहोर दोहोर गर्ने यो नाका सोमबार बिहान १० बजेपछि सुनसान बनेको हो । नेपाल सरकारले चीन र भारत दुवै देशका नाका बन्द गर्ने निर्णय गरेसँगै स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक […]

‘‘हामी तपाईंको सुरक्षार्थ बाहिर छौँ, तपाईं हाम्रो सुरक्षार्थभित्रै बस्नुहोस्,’’

काठमाडौँ, चैत १० गते । ‘‘हामी तपाईंको सुरक्षार्थ बाहिर छौँ, तपाईं हाम्रो सुरक्षार्थभित्रै बस्नुहोस्,’’ महानगरीय प्रहरी कार्यालयले आइतबारबाट यस्तो सन्देशमूलक नारासहित कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणविरुद्ध अभियान सञ्चालन थालेको छ । सर्वसाधारणको भीडभाड लाग्ने स्थानमा निगरानी राखेको छ । प्रत्येक सडकचोक, बस्ती तथा टोलमा ‘माइकिङ’ गरी सरसफाइ र कोरोनाको लक्षणका सम्बन्धमा समेचतना फैलाउन थालिएको छ […]

आठ महिनामा बीमा कम्पनीले आर्जन गरे ६० अर्ब २२ करोड बीमा शुल्क

काठमाडौं, १० चैत । चालु आर्थिक वर्षको ८ महिनामा १९ वटा जीवन बीमा कम्पनीले ६० अर्ब २२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार ८ महिनामा जीवन बीमा कम्पनीले ६० अर्ब २२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । समितिका अनुसार १९ वटा जीवन बीमा कम्पनीले फागुन महिनासम्ममा २० अर्ब ५६ […]

१९ वर्षे नेपालीमा कोरोना संक्रमण पोजेटिभ– ‘टेकुमा उपचार हुँदै’

काठमाडौं, १० चैत । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन गर्दै एक जना नेपाली कोरोना पोजेटिभ देखिएको र उनको उपचार टेकुमा भइरहेको जानकारी दिएका छन् ।सरकार कोभिड १९ विरुद्ध लड्न आवश्यक सावधानी अपनाएको र नागरिकले पनि राज्यले जारी गरेको सूचना तथा अनुरोध मान्न अनुरोध गर्दै फलोअपका बिरामीले डाक्टरको सुझाव मान्न अनुरोध गरेका छन् । उनले […]

कोभिड–१९ संक्रमणबारे यथार्थ जानकारी गराउन स्वास्थ्यमन्त्रीको आकस्मिक पत्रकार सम्मेलन

काठमाडौं, १० चैत, काठमाडौं । युरोपबाट फर्किएका व्यक्तिका सन्दर्भमा यथार्थ जानकारी गराउन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मध्यान्ह १२ बजे स्वास्थ्य मन्त्रालयमै आकस्मिक पत्रकार सम्मेलन डाकेका छन् । मन्त्री ढकालले नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था र आशंकित व्यक्तिका बारेमा जानकारी गराउन लागेका हुन् । सरकारले आजैदेखि अत्यावश्यक सेवा बाहेकका सबै कामहरु बन्द गरेर जनतालाई आ–आफ्ना घरभित्र बस्न […]

कोभिड–१९ संक्रमणबाट भारतमा थप एकजनाको मृत्यु

काठमाडौँ, १० चैत । भारतमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । कोरोनाको संक्रमणबाट महाराष्ट्रको कस्तुर्पा अस्पतालमा ६८ वर्षीय फिल्पिन्सका नागरिकको मृत्यु भएको हो । योसँगै भारतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । इण्डियन मेडिकल रिसर्च एसोसिएशनका अनुसार आज (सोमबार) बिहानसम्म ४ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको […]

ललितपुरबाट विप्लवका दाईसहित ६ जना पक्राउ

काठमाडौँ, १० चैत । ललितपुर प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ६ जना नेता कार्यकर्ता पक्राउ गरेको छ। पक्राउ परेकामध्ये जयन्द्र चन्द, विप्लवका आफ्नै दाई हुन्। विनोद चन्द पनि विप्लवको नातेदार भएको ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईले जानकारी दिए। प्रहरीले प्रेम केसी, कमल सुनार, अनिल मगर र कृष्ण मगरलाई पनि पक्राउ गरेको छ। उनिहरुलाई चन्दा […]