१९ वर्षे नेपालीमा कोरोना संक्रमण पोजेटिभ– ‘टेकुमा उपचार हुँदै’

काठमाडौं, १० चैत । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन गर्दै एक जना नेपाली कोरोना पोजेटिभ देखिएको र उनको उपचार टेकुमा भइरहेको जानकारी दिएका छन् ।सरकार कोभिड १९ विरुद्ध लड्न आवश्यक सावधानी अपनाएको र नागरिकले पनि राज्यले जारी गरेको सूचना तथा अनुरोध मान्न अनुरोध गर्दै फलोअपका बिरामीले डाक्टरको सुझाव मान्न अनुरोध गरेका छन् ।

उनले सम्मेलनको अन्तिममा हालसम्म शंकास्पद ६ सय नमुना परिक्षण गरिएकोमा चैत्र ४ गते नेपाल आएका एक जना नेपाली नागरिकमा कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिए । उनका अनुसार यो रिपोर्ट हिजो आएको हो । उनी विद्यार्थी हुन् ।

महिला हुन् र उनको उमेर १९ वर्षको छ । उनले थपे, ‘उनको परिवारलाई समेत क्वारेन्टाईनमा राखिएको छ ।’उनी नेपाली नागरिक हुन् । संक्रमित महिलाको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा उपचार हुँदैछ ।

Loading...