आठ महिनामा बीमा कम्पनीले आर्जन गरे ६० अर्ब २२ करोड बीमा शुल्क

काठमाडौं, १० चैत । चालु आर्थिक वर्षको ८ महिनामा १९ वटा जीवन बीमा कम्पनीले ६० अर्ब २२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार ८ महिनामा जीवन बीमा कम्पनीले ६० अर्ब २२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । समितिका अनुसार १९ वटा जीवन बीमा कम्पनीले फागुन महिनासम्ममा २० अर्ब ५६ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् भने ३९ अर्ब ३६ करोड रुपैयाँ नविकरण बीमा शुल्क र १ अर्ब ६० करोड रुपैयाँ वैदेशिक रोजगार बीमा शुल्क आर्जन गरेका छन् ।

समितिका अनुसार यो अवधिमा ७२ लाख ७ हजार ६९८ वटा बीमालेख जारी भएकोमा ६३ लाख ४९ हजार ९ सय वटा जीवन बीमालेख र ८ लाख ५७ हजार ७९८ वटा वैदेशिक रोजगार बीमालेख जारी भएको छ । समितिका अनुसार फागुन महिनासम्ममा नेपाल लाइफ इन्स्योरेन्सले १८ अर्ब ५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन रहेको छ । कर्पोरेशनले ९ अर्ब ६८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

समितिका अनुसार राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ३९ करोड, नेशनल लाइफले ५ अर्ब ४६ करोड, मेट लाइफले १ अर्ब ९४ करोड, एशियन लाइफले २ अर्ब ९९ करोड, सूर्या लाइफ २ अर्ब १० करोड, गुराँस लाइफले १ अर्ब २९ करोड, प्राइम लाइफ २ अर्ब १० करोड, आईएमई लाइफ ८४ करोड, यूनियन लाइफ ३ अर्ब १० करोड, ज्योति लाइफ १ अर्ब ४ करोड , सन नेपाल लाइफले ८३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यस्तै रिलायन्स लाइफ ७१ करोड, रिलायबल लाइफ १ अर्ब २० करोड, सिटिजन लाइफ १ अर्ब २३ करोड, सानिमा लाइफ ४१ करोड, प्रभु लाइफ ४९ करोड र महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ ।

Loading...