कोभिड–१९ संक्रमणबाट भारतमा थप एकजनाको मृत्यु

काठमाडौँ, १० चैत । भारतमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । कोरोनाको संक्रमणबाट महाराष्ट्रको कस्तुर्पा अस्पतालमा ६८ वर्षीय फिल्पिन्सका नागरिकको मृत्यु भएको हो । योसँगै भारतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

इण्डियन मेडिकल रिसर्च एसोसिएशनका अनुसार आज (सोमबार) बिहानसम्म ४ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा मात्रै २९ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । भारतमा सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा फेला परेका छन् ।

Loading...