न्याय माग्दै खोला मापदण्ड पीडितको प्रदर्शन, नेकपाका नेताहरूको साथ र समर्थन

काठमाडौं । काठमाडौं उपत्यकाका नदी तथा खोला किनारमा थप २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतको फैसला र त्यसलाई कार्यान्वयन गर्ने काठमाडौं महानगरपालिकाको सूचनाविरुद्ध स्थानीय बासिन्दाले बिहीबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। गैरन्यायिक सडक तथा खोलानदी मापदण्ड पीडित संघर्ष समितिको आह्वानमा कुपोन्डोलदेखि काठमाडौंको माइतीघर मण्डलासम्म विरोध र्‍याली निकालिएको हो। प्रदर्शनकारीहरूले ‘फैसला होइन, न्याय देऊ’ लगायतका नारासहित सर्वोच्च […]

नेपाल एकायन कराते संघको उद्घोषण तालिम, खेल सामाग्री हस्तान्तरण र दन्त शिविर सम्पन्न

काठमाडौ । नेपाल एकायन कराते संघको आयोजनामा सञ्चालित १५ दिने उद्घोषण तालिम कार्यक्रमको समापन तथा प्रमाणपत्र वितरण समारोह, खेलकुद सामग्री वितरण कार्यक्रम र निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।  बहुउद्देश्यीय मार्शलआर्ट केन्द्र, खुशिबुँ, नयाँ बजारले आयोजना गरेको कार्यक्रम काठमाडौं महानगरपालिका वडा नं. १६ मा सम्पन्न भएको हो । कार्यक्रममा वडा नं. १६ की वडा […]

हेटौँडाको पक्षमा काठमाडौँमा प्रदर्शन

काठमाडौँ । ‘जनतालाई उठिबास गर्न बन्द गर’ भन्ने नारासहित भूमि अधिकार संरक्षण समितिले आज राजधानी काठमाडौँमा प्रदर्शन गरेकी छ । सडक विस्तारको नाममा भइरहेका बिस्थापनका गतिविधि विरुद्ध प्रदर्शन गरिएको हो । हेटौँडामा सर्वोच्च अदालतको आदेश अवहेलना गर्दै निरन्तर जारी सडक विस्तार तथा घर–टहरा भत्काइएका घटनाप्रति असन्तुष्टि व्यक्त गर्दै समितिले राजधानी काठमाडौँको केन्द्रमै प्लेकार्डसहित विरोध र्‍याली […]

अमेरिकी सहयोगमा येंगा हिटी पुनर्निर्माण सम्पन्न, ४० वर्षपछि पुनः बग्यो पानी

येंगा हिटी

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२१, येंगालस्थित १४औँ शताब्दीमा निर्माण भएको ऐतिहासिक येंगा हिटीको पुनर्निर्माण कार्य सम्पन्न भएको छ। अमेरिकी राजदूतावास अन्तर्गतको सांस्कृतिक संरक्षण कोष (AFCP) को अनुदान तथा येंगा क्लब, चिभा चैत्य अर्गनाइजेसन, पुरातत्त्व विभाग, स्थानीय तथा प्रदेश सरकारको सहकार्यमा यो जिर्णोद्धार सम्पन्न गरिएको हो। शनिबार आयोजित विशेष समारोहबीच अमेरिकी कार्यवाहक राजदूत जेसन मिक्स, काठमाडौँ महानगरपालिकाकी […]

लैनचौरस्थित स्काउटको जग्गामा बनाइएका संरचना महानगरले भत्कायो

  काठमाडौं । काठमाडौं महानगरपालिकाले लैनचौरस्थित नेपाल स्काउटको जग्गामा पूर्व ऊर्जा मन्त्री दीपक खड्काले निर्माण गरेका संरचनामा आज बिहान डोजर चलाएर भत्काएको छ। महानगरका अनुसार सो जग्गा नेपाल स्काउटको स्वामित्वमा रहेको र त्यहाँ बिना अनुमति स्थायी संरचना निर्माण गरिएको भन्दै आज बिहानै महानगर प्रहरीको टोली डोजरसहित पुगेको थियो। घटनास्थलमा प्रहरीको बाक्लो उपस्थिति रहेको र केही […]

श्रीराम मन्दिर परिसरमा महानगरको डोजर

काठमाडौं । थापाथलीस्थित श्रीराम मन्दिर बैरागी अखडा परिसरमा गुठी संस्थानले जबर्जस्ती राख्न दिएको मदिरा बेच्ने रेस्टुरेन्ट काठमाडौं महानगरपालिकाले हटाएर उक्त संरचना नै भत्काइदिएको छ। मन्दिर परिसरमा मदिरा बिक्री भइरहेको भन्दै स्थानीय बासिन्दा, भक्तजन र धार्मिक संघसंस्थाले पटक–पटक आपत्ति जनाए पनि गुठी संस्थानका जिम्मेवार कर्मचारीहरूले बेवास्ता गर्दै आएका थिए । अन्ततः धार्मिक स्थलको पवित्रता र जनभावनाको […]

बञ्चरेडाँडामा अवरोध,घरको फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीबासीलाई घरको फोहोर तत्काल बाहिर ननिकाल्न आग्रह गरेको छ। बञ्चरेडाँडा फोहोर व्यवस्थापन केन्द्रमा फोहोर बिसर्जनमा समस्या उत्पन्न भएपछि महानगरले सूचना जारी गर्दै अस्थायी रूपमा घरमै फोहोर सुरक्षित रूपमा राख्न अनुरोध गरेको हो। महानगरका अनुसार बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयवासीले फोहोर व्यवस्थापनका कार्यमा अवरोध गरेपछि पछिल्ला केही दिनदेखि फोहोर संकलन र ढुवानी कार्य […]

सम्पदा संरक्षणमा मिडिया र स्थानीय संघसंस्थाको भूमिका महत्वपूर्ण : सांसद केसी

काठमाडौ । प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले स्थानीय संस्कृति, कला, तथा सम्पदाको संरक्षणमा मिडिया र स्थानीय संघसंस्थाको भूमिकालाई महत्वपूर्ण बताएका छन्। शुक्रबार मिसन मिडिया क्लबले राजधानीमा आयोजना गरेको एक छलफल कार्यक्रममा उनले सोकुरा बताएका हुन् । नेपाली कांग्रेसका नेता समेत रहेका सांसद केसीले नेपालको मौलिक सम्पदा, विविध संस्कृति, र रीतिरिवाजले बहुआयामिक विशेषता बोकेको बताउँदै यसको […]

असन मखनटोलमा लागेको आगो नियन्त्रणमा, एक जनाको निधन

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२४ असनको मखनटोलमा लागेको लागो नियन्त्रणमा आएको छ । आज बिहान ग्यास चुहिएर लागेको आगो निभाइएको  जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको हो । आगो नियन्त्रणमा काठमाडौ र ललितपुर महानगरका बारुण यन्त्र प्रयोग भएका थिए भने तीनै सुरक्षा निकाय र स्थानीयको सक्रियता रहेको थियो । प्रहरीका अनुसार स्थानीय दयाराम श्रेष्ठको चारतले घरमा ग्यास […]

प्रधानमन्त्रीले पेलेपछि मेयरले प्रयोग गरे नगर प्रहरी, उपमेयर सुनितालाई सास्ती

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई सास्ती भएको छ । आफू नेकपा एमालेबाटै उपमेयर निर्वाचित भएकाले प्रधानमन्त्री केपी ओली र  सरकारको पक्षमा उभिनु उनको बाध्यता बनेको छ । मेयर बालेन शाहले प्रमुख प्रशसकीय अधिकृतलाई कार्वाही गर्ने भनिरहँदा उहीँ कार्यकारी सरकारले पठाइदिएपछि सरकार र बालेन आमने सामने भएका छन् । उनलाई रोक्न मेयरले नगर प्रहरी परिचालन गरेका […]