काठमाडौँ । काठमाडौँ महानगरपालिका–२४ असनको मखनटोलमा लागेको लागो नियन्त्रणमा आएको छ । आज बिहान ग्यास चुहिएर लागेको आगो निभाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको हो ।
आगो नियन्त्रणमा काठमाडौ र ललितपुर महानगरका बारुण यन्त्र प्रयोग भएका थिए भने तीनै सुरक्षा निकाय र स्थानीयको सक्रियता रहेको थियो ।
प्रहरीका अनुसार स्थानीय दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी हुँदा रुकेश श्रेष्ठको घर पनि आगलागी भएको छ ।
घटनास्थलबाट अन्दाजी ७० वर्षकी महिलाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौका एसपी अपिलराज बोहराले बताएका छन् । मृतकको अझै पहिचान खुलेको छैन ।