सम्पदा संरक्षणमा मिडिया र स्थानीय संघसंस्थाको भूमिका महत्वपूर्ण : सांसद केसी

काठमाडौ । प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले स्थानीय संस्कृति, कला, तथा सम्पदाको संरक्षणमा मिडिया र स्थानीय संघसंस्थाको भूमिकालाई महत्वपूर्ण बताएका छन्।

शुक्रबार मिसन मिडिया क्लबले राजधानीमा आयोजना गरेको एक छलफल कार्यक्रममा उनले सोकुरा बताएका हुन् ।

नेपाली कांग्रेसका नेता समेत रहेका सांसद केसीले नेपालको मौलिक सम्पदा, विविध संस्कृति, र रीतिरिवाजले बहुआयामिक विशेषता बोकेको बताउँदै यसको संरक्षण र  पुस्तान्तरण गरिनु पर्ने प्रष्ट पारे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले सम्पदा संरक्षणमा मिडियाको अग्रसरता ‘मिसनकै रूपमा अघि बढ्नुपर्ने’ आवश्यकता औंल्याए।

त्यस्तै, लोकतान्त्रिक छापामाध्यम सञ्जालका अध्यक्ष दामोदर दवाडीले सञ्चार क्षेत्रको सक्रियताले पर्यटन प्रवर्द्धनमा मद्दत मिल्ने विश्वास व्यक्त गरे।

क्लवका अध्यक्ष एवं  नेपाल पत्रकार महासंघ उपत्यकाका पूर्व अध्यक्ष श्रीजन झाले सम्पदा नै मानिसको मौलिक पहिचान भएको भन्दै मिडियाले यसको संरक्षणमा हरसम्भव प्रयास जारी राख्ने प्रतिवद्धता प्रकट गरे ।

कार्यक्रममा काँग्रेस महासमिति सदस्य तेवेन्द्र शाक्य, प्राडा अमिता प्रधान, वरिष्ठ कलाकार शिवहरी नेपाल, उद्घोषण प्रशिक्षक नरेश मल्ल, तालिम प्रशिक्षार्थी बाल मुकुन्द मूल्मी, काठमाडौं महानगर वडा १९ की सदस्य रञ्जिता परियारलगायतको उपस्थिति थियो।

सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धनमा मिडिया र संघसंस्थाको भूमिका’ विषयक छलफल कार्यक्रम मिसन मिडिया क्लवको आयोजनामा सम्पन्न भएको हो।

यसमा हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यलय, काठमाडौं महानगरपालिका वडा नं. १९, र विपद् पत्रकारिता सञ्जालको समेत सहकार्य रहेको अध्यक्ष झाले जानकारी दिए ।

mission media club
mission media club

कार्यक्रममा एकहप्ते उद्घोषण तालिम सम्पन्न गरेका दुई दर्जन प्रशिक्षार्थीलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।