काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नारायणहिटी दरबार संग्रहालय क्षेत्र आसपासमा धर्ना, जुलुस, सभा तथा विरोध कार्यक्रम निषेध गरेको छ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले एक जादेश जारी गर्दै शनिबार बाटै निषेध गरेका हुन् ।
” जेठ १७ गतेदेखि २४ गतेसम्मको लागि पाँच जनाभन्दा बढी भेला भई कुनै पनि किसिमको प्रदर्शन, नारा जुलुस, सभा तथा धर्ना गर्न पाइने छैन ।” आदेशमा भनिएको छ ।
निषेधित क्षेत्र नारायणहिटी दरबारको दक्षिण गेटदेखि जयनेपाल मोडसम्म र महेन्द्र शालिक हुँदै दरबार संग्राहलय दक्षिण गेटसम्म कायम गरिएको छ।
सो आदेश जिल्ला सुरक्षा समितिको सिफारिसमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेका हुन्।
हेर्नुस् आदेश