मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ स्थित हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने प्रस्तावले विवाद उत्पन्न भएको छ। यस प्रस्तावको विरुद्धमा ‘हेटौंडा अस्पताल बचाउ संघर्ष समिति’ नै गठन गरी बिरोध प्रदर्शनहरु भएका छन् ।
प्रहरीले विरोध अभियानमा संलग्न ६ जना युवाहरूलाई वार्तामा बोलाई हिरासतमा लिएको आरोप लागेको छ । यस विषयमा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीलाई दबाब दिएको प्रदर्शनकारीको दावी छ ।
जसले गर्दा सिडिओ श्रेष्ठको भूमिका विवादास्पद बनेको छ । प्रदर्शनकारीहरूले ‘एमाले सिडिओ फिर्ता जाउ’ भन्ने सम्मका नाराबाजी गरेका छन् । अस्पताल गाभ्न पाइदैन, एमाले सिडिओ फिर्ता जाउ ! भन्दै सडकमा दैनिक प्रदर्शन भैरहेका छन् ।
मकवानपुर माइती घर भएकी सिडिओ श्रेष्ठमाथि उनको कमकार्वाहीको विषयलाई लिएर यो तजको राजनीतिक आरोप लाग्नु पक्कै पनि राम्रो होइन, यस अघि यसरी सडकमै कुनै पनि सिडिओ माथि राजनीतिक आरोप लागेको थिएन ।
सिडिओ श्रेष्ठलाई एमालेसँग निकटता राखेको र पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको दबाबमा काम गरिरहेको आरोप लागेको छ । हेटौंडा अस्पताल बचाउ अभियानका अभियन्ताहरु सिडिओले एमाले नेताहरूको निर्देशनमा मात्रै काम गरेको भन्दै आलोचना गरिरहेका छन्।
महिला बिकास अधिकृतबाट निजामती सेवमा प्रवेश गरेकी श्रेष्ठ सहसाचिव भएक ४ वर्ष भएको छ । भर्खरै हेटौंडा आएकी उनी यस अघि नवलपरासी पश्चिममा पहिलोपटक सिडिओ भएर गएकी थिइन् ।