राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना: १४ वर्ष बित्दा पनि ६० प्रतिशत मात्र काम

राँझा, २६ कात्तिक । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको काम सुस्तगतिमा छ । निर्माण शुरु भएको १४ वर्षमा ६० प्रतिशतमात्रै काम सम्पन्न भएको छ । सरकारले आफ्नै स्रोतमा विसं २०६३ माघदेखि निर्माण शुरु गरेको यो नेपालकै सबैभन्दा ठूलो सिँचाइ आयोजना हो । रु २५ अर्बको लागतमा निर्माणाधीन आयोजनामा ६० प्रतिशत काम सम्पन्न भएको […]

उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पद्म ज्योतिलाई पक्राउ गर्न अदालतको वारेन्ट

काठामडौं, २५ कार्तिक । उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा उद्योगी पद्म ज्योतिलाई पक्राउ गर्न अदालतले आदेश दिएको छ । प्रहरीको माग अनुसार काठमाडौ जिल्ला अदालतले उनका नाममा पक्राउ पुर्जी जारी गरेको हो। काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले दिएको जानकारीअनुसार केही दिन अघि पक्राउ परेका व्यवसायी रूप ज्योतिका दाजु पद्म ज्योतिलाई सोमबार अदालतले पक्राउ […]

यूट्यूवमा भाइरल बनेका अघोर बाबाकी श्रीमती पक्राउ, पछि-पछि प्रहरी चौकी पुगे अघोर बाबा

काठमाडौं, २५ कार्तिक । युट्यूवमा अघोरीबाबा भनेर भाइरल भएका बाबाकी नव दुलही शारदा पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लामो समयदेखि बसोवास गर्दै आएका अघोरी मृत्युञ्जय बाबा भनेर चिनाउने बाबाले केही महिना अघि मात्र विवाह गरेको आफै सार्वजनिक गरेका थिए । अमेरिकाको बसाई त्यागेर नेपाल आई घरबार सबै त्यागेका बाबासँग विवाह गरेर […]

लिम्पियाधुरा–लिपुलेक–कालापानीसहितको नयाँ नक्सा तत्काल बनाएर सार्वजनिक गर्न र पाठ्यक्रममै राख्न सरकारलाई निर्देशन

काठमाडौं, २५ कार्तिक । संघीय संसदको राज्य व्यवस्था समितिले सरकारलाई लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न निर्देशन दिएको छ । त्यसैगरी समितिले नयाँ नक्सालाई पाठ्यक्रमहरुमा समेत सुधार गरेर राख्न पनि निर्देशन दिएको छ । आज सोमवार सिंहदरवारमा बसेको बैठकमा व्यापक छलफल गरी समितिले यस्तो निर्देशन दिएको हो । सो बैठकले […]

देशभर भारतीय हस्तक्षेपको विरोध भइरहँदा उल्टोधारमा प्रचण्डले भने, ‘लिपुलेक र कालापानीको विषय अन्तराष्ट्रिय करण नगरौ’

काठमाडौं, २५ कार्तिक । भारतले एकतर्फी रुपमा नक्सा सार्वजनिक गर्दै नेपालको पश्चिमी भागको लिपुलेक र कालापानीलाई भारततर्फ पारेपछि चौतर्फी ठूलो विरोध भइरहेको छ । धेरैले भारतले लामो समयदेखि ठूलो जमिन यसरी आफ्नो तर्फ पार्दै आइरहेकोले यसपटक यो हस्तक्षेपलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने बताइरहेका बेला सत्तारुढ दलका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो विषय अन्तराष्ट्रियकरण गर्न नहुने […]

सरकारले कलेजहरुले अवैध रुपमा लिएको शुल्क विद्यार्थीलाई फिर्ता गराउने, कलेजहरुमाथि ठगी मुद्दा चलाउने तयारी

काठमाडौं, २५ कार्तिक । शिक्षा मन्त्रालयले मेडिकल कलेजहरुले सरकारको मापदण्ड विपरित उठाएको पैसा फिर्ता गराउने जनाएको छ । मन्त्रालयले त्यसअघि मेडिकल कलेजहरुलाई त्यसरी अवैध तरिकाले उठाएको शुल्क आफै फिर्ता दिन आग्रह गरेको छ । मन्त्रालयले पत्रकार सम्मेलन नै आयोजना गरेर पहिलो पटक यस्तो आग्रह गरेको हो । मन्त्रालयको निर्णयलाई नमानेमा सरकारले तोकेभन्दा चर्को शुल्क उठाउने […]

सातै प्रदेशका शहरहरुमा द्रूत गतिकोे फोरजी

काठमाडौँ, २५ कात्तिक । नेपाल टेलिकमले सातै प्रदेशका विभिन्न शहरमा अत्यधिक गतिमा इन्टरनेट चल्ने फोरजी सेवा सञ्चालन गरेको छ । टेलिकमले पूर्वको विर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख शहरहरुमा सहुलियतमा फोरजी सिमकार्ड वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानका रूपमा सञ्चालन गरेको प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए । सो कार्यक्रमअन्तर्गत गत कात्तिक २० विर्तामोड […]

बूढीगण्डकी जलविद्युत् आयोजनाले बाँड्यो मुआब्जा

गोरखा, २५ कात्तिक । बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई रु २७ अर्ब ८० करोड मुआब्जा वितरण गरिसकेको छ । राष्ट्रिय गौरवको सो आयोजनाले डुबान क्षेत्र ९गोरखा र धादिङ जिल्लाका साबिकका २७ गाविसमध्ये अधिकांशमा मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको आयोजनाका पुनर्वास तथा पुनस्र्थापना एकाइ कार्यालयका प्रमुख कृष्ण कार्कीले जानकारी दिए । डुबान क्षेत्रमा […]

पूर्वीय दर्शनबारे जनकपुरमा गरमागरम बहस

जनकपुर । दुई नम्बर प्रदेशको राजधानी मिथिला नगरी जनकपुरधाममा आइतबार पूर्वीय दर्शनमाथि गम्भीर छलफल भएको छ । पूर्वीय दर्शनसहित अन्य विभिन्न विषयमा भएको विचार विमर्श नेपाल साहित्य उत्सव अर्न्तगत गंगासागर किनारमा आयोजना गरिएको थियो । महोत्सवको अन्तिम दिन जनकपुर केन्द्रित रहेर पूर्वीय दर्शनमाथि बहस गरिएको हो । पूर्वीय षड्दर्शन (६ दर्शन) मध्ये चार मिथिलाभूमि जनकपुरमै लेखिएको […]

सत्तारुढ नेकपाको बैठक बालुवाटारमा सुरु, को को फेरिएलान मन्त्रीपरिषदमा

काठमाडौं, २५ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुन लागेको आजको बैठकले केही मन्त्रीहरु हेरफेर गर्नेबारेमा पनि छलफल हुने बताइएको छ । यसअघि यसै विषयमा प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गोप्य छलफल समेत गरेकोले आजको पार्टीको बैठकमा यो विषयमा […]