बूढीगण्डकी जलविद्युत् आयोजनाले बाँड्यो मुआब्जा

गोरखा, २५ कात्तिक । बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई रु २७ अर्ब ८० करोड मुआब्जा वितरण गरिसकेको छ । राष्ट्रिय गौरवको सो आयोजनाले डुबान क्षेत्र ९गोरखा र धादिङ जिल्लाका साबिकका २७ गाविसमध्ये अधिकांशमा मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको आयोजनाका पुनर्वास तथा पुनस्र्थापना एकाइ कार्यालयका प्रमुख कृष्ण कार्कीले जानकारी दिए । डुबान क्षेत्रमा […]

पूर्वीय दर्शनबारे जनकपुरमा गरमागरम बहस

जनकपुर । दुई नम्बर प्रदेशको राजधानी मिथिला नगरी जनकपुरधाममा आइतबार पूर्वीय दर्शनमाथि गम्भीर छलफल भएको छ । पूर्वीय दर्शनसहित अन्य विभिन्न विषयमा भएको विचार विमर्श नेपाल साहित्य उत्सव अर्न्तगत गंगासागर किनारमा आयोजना गरिएको थियो । महोत्सवको अन्तिम दिन जनकपुर केन्द्रित रहेर पूर्वीय दर्शनमाथि बहस गरिएको हो । पूर्वीय षड्दर्शन (६ दर्शन) मध्ये चार मिथिलाभूमि जनकपुरमै लेखिएको […]

सत्तारुढ नेकपाको बैठक बालुवाटारमा सुरु, को को फेरिएलान मन्त्रीपरिषदमा

काठमाडौं, २५ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुन लागेको आजको बैठकले केही मन्त्रीहरु हेरफेर गर्नेबारेमा पनि छलफल हुने बताइएको छ । यसअघि यसै विषयमा प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गोप्य छलफल समेत गरेकोले आजको पार्टीको बैठकमा यो विषयमा […]

गुप्तचरको गुप्तचरी अनुगमन गर्न अर्को गुप्तचर तैनाथ गर्ने तयारीमा सरकार

काठमाडौँ, २५ कात्तिक । कुनै पनि विदेशी व्यक्ति, समूह वा सङ्घसंस्थाले नेपाल राज्यविरुद्ध तथा राष्ट्रिय सुरक्षाबारे जासुसी गरे/गराएको निगरानी राखिने भएको छ । प्रधानमन्त्री कार्यालय मातहतमा रहने राष्ट्रिय अनुसन्धान विभागमा यससम्बन्धी प्रतिगुप्तचरी एकाइ नै रहने गरी सरकारले विशेष व्यवस्था गर्न लागेको खबर आजको गोराखापत्रमा नारायण काफ्लेले लेखेका छन् । नेपाल विशेष सेवा गठनसम्बन्धी नयाँ विधेयक […]

अमेरिकी रिपोर्टप्रति विप्लवले दिए कडा प्रतिक्रिया, अमेरिकाले नेपालमा राजनैतिक अपराध गरेको दावी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकाले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको बताएका छन् । विश्वभर चलिरहेका अशान्ति, युद्ध, विध्वंश, आतंक र नरसंहारको संरक्षक मात्र नभई त्यसको सञ्चालक र स्रोत समेत अमेरिका भएको दावी पनि विप्लवले गरेका छन् । उनले वास्तविक शान्ति, मानवता, स्वतन्त्रता, स्वाधीनता एवं परिवर्तनका वाहक शक्ति, श्रमिक जनता, कम्युनिस्ट […]

उपचार गर्ने वाहनामा कारागारबाट पाँच तारे होटेल र घरघरमा कैदी पुर्याएर मोज गराएको खुलासा, पहरो गर्जदै

काठमाडौं, २४ कार्तिक । जेल सजाय भोगिरहेका एक व्यक्तिलाई अस्पताल लाने वाहनामा पाँच तारे होटलमा लगेर मस्ती गराउने गरेको खुलेपछि नेपाल प्रहरीका एक अधिकृत निलम्बनमा परेका छन् । राजधानीको डिल्लीबजारस्थित सदरखोर जेलमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रकाश ढाँट निलम्बनमा परेका हुन् । उनले चर्चित सुडान घोटला प्रकरणमा दोषी ठहर भई सजाय भोगिरहेका ठेकेदार शम्भु भारतीलाई […]

लामो समयपछि काठमाडौंमा प्रदर्शनमा उत्रेका विप्लवका कार्यकर्ताहरुलाई प्रहरीले ग¥यो गिरफ्तार

काठमाडौं । भारतले नेपालीभूमी हडपेर नक्सा तयार गरेको भन्दै विरोध प्रदर्शनमा उत्रिएको अनेरास्ववियु (क्रान्तिकारी)माथि प्रहरीले हस्तक्षेप गरेको छ । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीको आह्‍वानमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले विरोध प्रदर्शनको लागि आएका विद्यार्थीहरुलाई ठाउँठाउँमा रोकेको छ भनेने माइतीघरमा पुगेका विद्यार्थीहरुमाथि हस्तक्षेप गरेको छ । प्रहरीले अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य […]

एसएसबीको अवरोध: सीमास्तम्भ बेपत्ता

सप्तरी, २४ कात्तिक । छिन्नमस्ता गाउँपालिका – ४ लालापट्टीका बासिन्दाले सीमा क्षेत्रको नेपाली भूमिमा बनाउन खोजेको श्मशानघाट गृह भारतीय सीमा सुरक्षा बल एसएसबी को अवरोधका कारण रोकिएको छ । साविकमा बग्ने त्रियुगा खोला किनारमा पुस्तौंँपुस्तादेखि शव जलाउँदै आएका छिन्नमस्ता गाउँपालिका– ४ लालापट्टीवासीले बनाउन शुरु गरेको श्मशानघाटको आधा काम सकिएपछि एसएसबीले अवरोध गरी काम रोक्न लगाएको […]

सामाजिक सञ्जाललाई मर्यादित र सशक्त बनाउन प्रदेशसभा सदस्यलाई तालीम

विराटनगर, २४ कात्तिक । प्रदेशसभा सदस्यहलाई सञ्चारको प्रयोग र सञ्चारसँग जोडिएका सामाजिक सञ्जाल एवं ट्विटर प्रयोग गर्दा ध्यान दिनका लागि तालीम आयोजना गरिएको छ । इनोभेटिभ भिजनद्वारा आयोजित तथा संसद् सहयोग परियोजनाको सहयोगमा सञ्चालित दुईदिने सो तालीममा १८ प्रदेशसभाका सदस्यहरुको सहभागिता छ । प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले सञ्चार र सामाजिक सञ्जाल व्यक्तित्व […]

प्याराग्लाइडिङको परीक्षण उडान

बागलुङ, २४ कात्तिक । बागलुङ नगरपालिका–६ स्थित पर्यटकीय गन्तव्य पञ्चकोटबाट शनिबार प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । पोखराका अनुभवी चालक कृष्णबहादुर सुनुवारले गरेको परीक्षण उडान सफल भएको हो । आगामी पुसमा सञ्चालन हुने बागलुङ महोत्सवमा प्याराग्लाइडिङ सञ्चालनका लागि परीक्षण उडान गरिएको महोत्सव आयोजक बागलुङ उद्योग वाणिज्य सङ्घले जनाएको छ । धावनमार्ग र अवतरणस्थल पहिचानका लागि […]