मनाङ । हिमाली जिल्ला मनाङको सीमावर्ती नाकामा सुरक्षा चेकजाँचमा कडाइ गरिने भएको छ । नाका खुला भएसँगै आपराधिक गतिविधि वृद्धि हुनसक्ने भएकाले जाँच कडाइ गरिने भएको हो । छिमेकी जिल्ला लमजुङ र जिल्लाको सीमावर्ती नाकामार्फत हुनसक्ने आपराधिक क्रियाकलाप न्यूनीकरणका लागि सुरक्षा जाँचमा कडाइ गर्न लागिएको छ । मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा आयोजित अन्तरजिल्ला समन्वय बैठकले […]
मुख्य समाचार
एमाले त्यागेर एकीकृत समाजवादीतिर लाग्ने सांसदहरु (नामावली)
काठमाडौं । संसदको सबैभन्दा ठूलो दल नेकपा (एमाले) विभाजित हुँदा सांसदहरु दुई दलमा बाँडिएका छन् । वरिष्ठ नेता माधवकुमार नेपालको अगुवाइमा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) नामको नयाँ दलले वैधता पाउने प्रक्रियामा छ । बुधबार निर्वाचन आयोगमा प्रस्तावित एकीकृत समाजवादी दल दर्ताका लागि दिइएको निवेदनमा सनाखत गरिएको छ । आयोगमा बुधबार एमाले छाडेर एकीकृत […]
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पायो वैधता
काठमाडौं, ९ भदौ । माधव नेपालको नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजवादी पाटी निर्वाचन आयोगमा दर्ता भएको छ । एमालेका पूर्वमहासचिव एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीलाई बुधबार आयोगले दर्ता प्रमाणपत्र दिएको हो । सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि […]
नेप्सेमा ४८ अंकको गिरावट, कारोबार रकमसमेत घट्यो
काठमाडौँ । आज पनि शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४८.४४ अंकले घटेर तीन हजार ७६.४४ मा ओर्लेको हो। यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.६७ विन्दुले घटेर ५६७.९९ मा ओर्लेको छ । नेप्सेसँगै कारोबार रकमसमेत आज खुम्चिएको छ । कूल २२७ कम्पनीको […]
अस्पतालहरुमा भ्रम फैलाएर बिरामीलाई दुःख दिने १० विचौलिया पक्राउ
काठमाडौँ । प्रहरीले विराटनगर महानगरपालिका अन्तर्गतका विभिन्न अस्पतालहरूमा उपचारका लागि आउने बिरामीहरुलाई भ्रम फैलाई दुःख दिने १० विचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा श्रीराम चौधरी, सूर्य नारायण यादव, मो.जलिद, विश्वास मण्डल, रोशन गुप्ता, सुजित यादव, फिरोज रोय, समिर खान, सरोज खान र अमित यादव रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले उपचारका लागि […]
सचेत गराउने सिफारिस गरिएपछि पद छाड्ने अल्मुताइरीको घोषणा
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली टिम छाड्ने घोषणा गरेका छन् । उनले बुधबार साँझ सामाजिक सञ्जालमार्फत आफूले टिम छाड्ने घोषणा गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘म छाड्छु, राजनीति गर ।’ यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्षको नाम लिएर उनकै कारण आफूले प्रशिक्षको पद छाड्ने बताएपछि सो […]
एमाले सांसदलाई पदबाट राजिनामा दिएर नैतिकता देखाउन पूर्वमन्त्री पुनको सुझाव
नेकपा(माओवादी केन्द्र) का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन अनन्तले बिघटन गरेको संसदमा उभिएर उपदेश नदिन निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र भक्तपुरका संघीय सांसद महेश बस्नेत लगायतका सांसदलाई आग्रह गरेका छन् । ”हामीले ब्युत्याएको संसदमा ठुल्ठुला कुरा गरी हामीलाई नै उपदेश दिने कहाँको नैतिकता हो ?” भक्तपुर आएर उनले भक्तपुरको बालकोट निवासी निवर्तमान […]
सल्लाघारीमा बसपार्क बनाउने काठमाडौं महानगरपालिका कार्यदलको प्रस्तावप्रति भक्तपुरको बिरोध
भक्तपुर, २ भदौ। भक्तपुरको सल्लाघारीमा बसपार्क बनाउने सम्बन्धमा काठमाडौं महानगरपालिका कार्यदलको प्रस्तावप्रति भक्तपुर नगरपालिकाले आपत्ति प्रकट गरेको छ । ‘भक्तपुरको सल्लाघारीलाई बसपार्क बनाउनुपर्ने काठमाडौं महानगरको निस्कर्ष’ शीर्षकको समाचारमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै भक्तपुर नगरपालिकाले महानगरको कार्यदलको प्रस्ताव प्रति आपत्ति प्रकट गरेको हो । कार्यदलले प्रतिवेदनमा सार्वजनिक यात्रुबाहक सवारी साधनको व्यवस्थापन जडिबुटी पुल पूर्वको मनोहरा […]
तालिवानको सत्ता मुल्ला गनी बरादर वा हिब्तुल्हा अखुंदजादा मध्य कसले सम्हाल्दै छ ?
तालिवानले लगभग पुरै अफगानिस्थानमा कब्जा गरि सकेको छ। अफगानी राष्ट्रपति अशरफ गानी र उपराष्ट्र पति अमिरुल्लाहा सालेले देश छोडेर गइ सकेका छन्। यो अवस्थामा अफगानिस्थानको सत्ता कुन नेताले सम्हाल्ने छ आगामीदिनमा ? यो प्रश्न को जवाबमा दुइ प्रमुख नेताको नाम अहिले ज्यादै चर्चामा रहेको छ। मुल्ला अब्दुल गानी र हिब्तुल्लाह अखुदजादाको मध्य एकको नाम लगभग […]
२० युनिटसम्म बिजुली खपत गर्ने विपन्न ग्राहकहरुले निशुल्क विद्युत पाउने सरकारको निर्णय
काठमाडौं । मासिक २० युनिटसम्म बिजुली खपत गर्ने विपन्न ग्राहकहरुले निशुल्क विद्युत पाउने उपलब्ध गराउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सो निर्णय गरिएको जानकारी गराउनु भएको हो । मन्त्री भुसालले महसुलबारेको निर्णय विद्युत नियमन आयोगले गर्ने भएकाले आजनै नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले उक्त निर्णय […]











