बनियाँनी । झापाको पूर्वी नाका काँकरभिट्टाबाट हुँदै आएको वैदेशिक व्यापारमा बढोत्तरी भएको छ । आयात तथा निर्यात दुवै बढेको भए पनि निर्यातको अंश कम हुँदा व्यापार घाटा चुलिएको छ । गत आर्थिक वर्षमा रू ३५ अर्बभन्दा बढी व्यापार घाटा व्यहोर्नु परेको भन्सार कार्यालयले जनाएको छ । सो नाकाबाट गत आर्थिक वर्ष २०७७/०७८ मा रू ३५ […]
मुख्य समाचार
माधव नेपालमाथि आउने संकटबारे प्रचण्ड, देउवाले बालुवाटारमा कानुन व्यवसायीसँग गरे छलफल
काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले प्रतिनिधिसभाको अधिवेशन र बजेटसँगै नेकपा एकीकृत समाजवादीका सांसदहरुमाथि आउनसक्ने कानूनी संकटबारे कानून व्यवसायीहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतबार साँझ कानून व्यवसायीहरुसँग छलफल गरेका हुन् । प्रधानमन्त्रीको सरकारी […]
चीनको छेन्दुबाट आएको जहाज झण्डै २ घन्टा काठमाडौंको आकाशमा होल्ड
काठमाडौं । चीनको छेन्दुबाट काठमाडौं आएको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि ओभर सुट गरेको छ । विमानस्थलको भिजिबिलिटी कमजोर भएकाले पाइलटले जहाजलाई ओभरसुट गराएका हुन् । मौसम अनुकूल नभएपछि जहाजले एक घण्टाभन्दा बढी समय आकाशमा फन्को मारेको थियो । आज बिहान साढे ६ बजे अवतरणको समय रहे पनि सो जहाज बिहान […]
प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको निधन
काठमाडौं । वरिष्ठ प्रगतिवादी साहित्यकार एवं प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष आनन्ददेव भट्टको निधन भएको छ । अल्जाइमर रोगबाट पीडित भट्टको भट्टको ८५ वर्षको उमेरमा सोमबार बिहान करिब तीन बजेतिर निधन भएको हो । गत महिना अस्पतालमा उपचारपछि उनी कालिकास्थान निवासमा बस्दै आएका थिए । लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय भट्टका […]
नेताहरुका कथनी सार: ‘म जे सोच्छु/गर्छु, त्यही क्रान्ति, मुक्ति र न्याय हो’
नेपाल यहाँका भुसतिघ्रे राजनीतिक नेताहरुको अज्ञानी खेलको प्रयोगशाला भइरहेको छ । समयको यस कालखण्डमा देशको राजनीतिको केन्द्रमा रहन पुगेका सममकालीन नेता भनाउँदाहरु भद्दा मजाक गरिरहेका छन् । अझ त आफूलाई खाँटी क्रान्तिकारी कम्युनिस्ट भएको स्वघोषणा गर्नेहरुतिर हेर्दा अनौठो लाग्छ । उनीहरु यतिबेला नेपाली जनताको सहिष्णु चेतनाको फाइदा उठाउँदै गर्नसम्म मनपरी गरिरहेका छन् । यिनका गतिविधिले […]
नवलपरासीमा पहिरोमा परी तीन जना बेपत्ता, एक घाइते
बुटवल । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ माथिल्लो चारघरेमा पहिरो जाँदा एकै परिवारका तीन जना बेपत्ता भएका छन् । पहिरोमा परी एक जना गम्भीर घाइते भएका छन् । चारघरेका हस्तबहादुर पुलामीको घरमाथिबाट पहिरो खस्दा ५० वर्षीया धनमाया पुलामी र उनका दुई जना नातिनीहरू ७ वर्षीया भूमिसरा र ६ वर्षीया देउमाया बेपत्ता भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले […]
आफ्नै पार्टीका नेतालाई विस्थापित गरेर आचार्य बने प्रदेश १ का मुख्यमन्त्री
विराटनगर । नेकपा एमालेका सचिव भीम आचार्य प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । नवनियुक्त मुख्यमन्त्री आचार्यले आजै पदभार समेत ग्रहण गरेका छन् । आफ्नै पार्टीका मुख्यमन्त्री शेरधन राईलाई विस्थापित गर्दै आचार्य मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्री बन्न लामो समयदेखि लागेका आचार्यलाई निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमै संसदीय दलको नेता बनाइएको हो। आचार्य दलको […]
अलविदा- रहेनन् जनगायक जेबी टुहुरे
काठमाडौं । बिहीबार निधन भएका जनगायक जेबी टुहुरेलाई नेकपा माओवादी केन्द्रले श्रद्धाञ्जली व्यक्त गरेको छ । टुहुरेको पार्थिव शरीरलाई माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । टुहुरेको पार्थिव शरीरमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीको झण्डा ओढाए । त्यस क्रममा सयौं सर्वसाधारण र माओवादी नेता कार्यकर्ताले उनलाई श्रद्धाञ्जली व्यक्त गरेका थिए […]
नेपाल नेतृत्वको नयाँ दललाई निर्वाचन आयोगले दियो मान्यता
पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नयाँ दल नेकपा (एकीकृत समाजवादी) लाई निर्वाचन आयोगले मान्यता दिएको छ । नेकपा एमालेबाट छुट्टिएर गठन भएको नेकपा (एकीकृत समाजवादी)ले नयाँ दलको मान्यता पाएको हो । एकीकृत समाजवादीलाई बुधबार आयोगले दर्ता प्रमाणपत्र दिएसँगै उक्त दलले आधिकारिकता प्राप्त गरेको छ । सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएपछि […]
नेप्सेको सञ्चालक समितिबाट चन्द्र ढकालले दिए राजीनामा
काठमाडौँ । नेपाल स्टक एक्सचेन्च (नेप्से)को सञ्चालक समितिबाट उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले राजीनामा दिएका छन् । सर्वोत्तम सिमेन्टको शेयर प्रकरणमा विवादमा परेका ढकालले बुधबार सञ्चालकबाट राजीनामा दिएका हुन् । ढकाल नेप्सेको सञ्चालक रहेकौ समयमा उनका भाइले सर्वोत्तम सिमेन्टको शेयर किनेको पाइएपछि ढकाल विवादमा तानिएका थिए । सर्वोत्तम सिमेन्टको शेयर बुक बिल्डिंग विधिबाट […]











