काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको आन्तरिक सर्कुलर गर्दै एमाले विभाजन गर्नुको औचित्य पुष्टि गर्ने प्रयास गरेका छन् । पार्टीको पहिलो अन्तर पार्टी निर्देशनमा एमाले अध्यक्ष केपी शर्मा ओली नमिलेपछि आफूहरुले बाध्यता भएर जायज विद्रोह गरेको अध्यक्ष नेपालले बताएका छन् । ओलीले एमालेको नवौं महाधिवेशनले तय गरेका कार्यदेश उल्लंघन गरेको, कम्युनिष्ट […]
मुख्य समाचार
संसद अधिवेशन सरकार र सभामुखलाई फलामको चिउरा हुने संकेत
काठमाडौँ । यही भदौ २३ गते बुधबार संघीय संसदको अधिवेशन शुरू हुँदैछ । मुख्य विपक्षी दल नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘संसद चलाएर देखाउन’ सभामुख अग्निप्रसाद सापकोटालाई हाँक दिएका छन् । नेकपा एमालेले निष्काशन गरेका भनिएका १४ जना सांसद बर्खास्त भएको भन्ने सूचना नटाँसेकोमा ओलीले करिब तीन साताअघि नै त्यस्तो हाँक दिएका […]
मित्र राष्ट्रहरुको सहयोगमा सञ्चालित विकास योजना प्रति नकारत्मक टिप्पणी नगर्न गृहको आग्रह
काठमाडौँ। गृह मन्त्रालयले मित्र राष्ट्रहरुको सहयोगमा सञ्चालित विकास योजना प्रति कुनै किसिमको नकारत्मक टिका टिप्पणी नगर्न आग्रह गरेको छ। मन्त्रालयले आज जारि गरेको बिज्ञप्तिमा मित्र राष्ट्रहरुको सहयोगमा सञ्चालित विकास आयोजना ,त्यहाँ कार्यरत कर्मचारी,विदेशी नागरिक र तिनको सम्पत्तिलाइ लक्षित गरि प्रतक्ष वा परोक्ष रुपमा सञ्चार मध्यम र सामाजिक सञ्जालमा नकारात्मक टिकाटिप्पणी गर्ने ,धम्कि पूर्ण अभिव्यक्ति दिने […]
एमाले उपाध्यक्ष वामदेव गौतमले दिए पार्टीबाट राजीनामा
काठमाडौँ । एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । उनले शुक्रबार कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएका हुन् । एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बनेपछि नयाँ दलमा सहभागी हुने गरी पार्टी छोडेका हुन् । उनी एमालेभित्र केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट थिए । राजीनामा पत्रमा एमाले अध्यक्ष केपीको कार्यशैलीको आलोचना गरिएको छ […]
एमसीसी लागु नगरे देश बन्दैन भन्ने बुद्धिजीवीहरुका नाममा
नेपालमा वैदेशिक सहयोग, अनुदान स्वीकार गर्नेबारे स्पष्ट ब्यबहारिक नीति देखिदैन । स्पष्ट नीतिको अभावमा दाताका स्वार्थको चपेटामा पर्नुपरिरहेको छ । दातापिच्छे फरक फरक सम्झौता, सहमति वा शर्तहरु स्वीकार गर्नु परिरहेको छ । प्राय सबैजसो सहयोग र अनुदानमा जे जस्ता शर्तहरू राखिन्छन, त्यसले नेपालको अस्मितामा सधै चोट पुग्ने गरेको छ। नेपालको नीति निर्माण प्रक्रियामा दाताहरु हावी […]
घरमा आगलागी हुँदा जलेर श्रीमान्-श्रीमती दुवैको मृत्यु
लमजुङ १५ भदौ । सेग्ले लमजुङ मर्स्याङ्दी गाउँपालिका–९ को घरमा आगलागी हुँदा एक दम्पत्तिको मृत्यु भएको छ। आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी श्रीमती ४५ वर्षीय पशुपति भण्डारीको गए राति जलेर मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले बताए। ‘आगलागीको कारण यही हो भन्न नसकिए पनि उनीहरू दुवै जना बढी मादक पदार्थ […]
इजरायल जानेको परीक्षा भदौ अन्तिम साता
काठमाडौं । ‘केयरगिभर’का लागि इजरायल जानेहरूको भाषा परीक्षा भदौ अन्तिम साता हुने भएको छ। रोजगारीका लागि आवेदन दिई वैदेशिक रोजगार विभागबाट स्वीकृत भएकाहरूको भदौ २८ गते अंग्रेजी भाषाको लिखित परीक्षा हुने वैदेशिक रोजगार विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बताए। ‘परीक्षा काठमाडौंका विभिन्न केन्द्रमा दिउँसो १ बजेदेखि भौतिक उपस्थितिमा हुनेछ,’ उनले भने। केन्द्रका सम्बन्धमा परीक्षार्थीहरूको प्रवेश-पत्र तथा […]
२० वर्षपछि अमिलो मन पादैै अफगानिस्तानबाट पूर्ण रुपमा फर्कियो अमेरिकी सेना
काठमाडौँ । सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा अलकायदाले आक्रमण गरेपछि अफगानिस्तानमा उत्रिएको अमेरिकी फौज करिव २० वर्षपछि पूर्णरूपमा स्वदेश फर्किएको छ । अमेरिकी सेनाका सेन्ट्रल कमाण्डका प्रमुख जनरल मकेन्जीका अनुसार काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभेन्टिन विमान उडेको छ । योसँगै अफगानिस्तानमा अमेरिकाले जारी राखेको २० वर्षको सैन्य कारबाही औपचारिकरूपमा समाप्त भएको […]
आजदेखि एकाध ठाउँमा मात्रै वर्षा हुने मौसम विभागको अनुमान
काठमाडौँ । मनसुनी वायुको प्रभाव कम हुँदै गएपछि लगातारको झरी कम भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि एकाध ठाउँमा मात्रै वर्षाको सम्भावना छ । महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रही प्रदेश एक, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा […]
काँकरभिट्टा भन्सारको ब्यापार घाटा ३५ अर्ब
बनियाँनी । झापाको पूर्वी नाका काँकरभिट्टाबाट हुँदै आएको वैदेशिक व्यापारमा बढोत्तरी भएको छ । आयात तथा निर्यात दुवै बढेको भए पनि निर्यातको अंश कम हुँदा व्यापार घाटा चुलिएको छ । गत आर्थिक वर्षमा रू ३५ अर्बभन्दा बढी व्यापार घाटा व्यहोर्नु परेको भन्सार कार्यालयले जनाएको छ । सो नाकाबाट गत आर्थिक वर्ष २०७७/०७८ मा रू ३५ […]











