मित्र राष्ट्रहरुको सहयोगमा सञ्चालित विकास योजना प्रति नकारत्मक टिप्पणी नगर्न गृहको आग्रह

काठमाडौँ। गृह मन्त्रालयले मित्र राष्ट्रहरुको सहयोगमा सञ्चालित विकास योजना प्रति कुनै किसिमको नकारत्मक टिका टिप्पणी नगर्न आग्रह गरेको छ।
मन्त्रालयले आज जारि गरेको बिज्ञप्तिमा मित्र राष्ट्रहरुको सहयोगमा सञ्चालित विकास आयोजना ,त्यहाँ कार्यरत कर्मचारी,विदेशी नागरिक र तिनको सम्पत्तिलाइ लक्षित गरि प्रतक्ष वा परोक्ष रुपमा सञ्चार मध्यम र सामाजिक सञ्जालमा नकारात्मक टिकाटिप्पणी गर्ने ,धम्कि पूर्ण अभिव्यक्ति दिने जस्ता गतिविधिहरु प्रति मन्त्रालयको गम्भीर ध्यान आकर्षण भएको भनेको छ।
यसै गरि मन्त्रालयले विकास आयोजनामा कार्यन्वयनमा असुरक्षा महशुस हुने तथा मित्रराष्ट्र हरु संगको सम्बन्धमा नै आच आउने गरि कुनै गतिविधि नगर्न नगराउन सबैमा अनुरोध गरेको छ।
त्यस्ता अभिव्यक्ति र गतिविधिहरुको सुस्म निगरानी राख्ने , विश्लेषण गर्ने र त्यस्ता गतिविधि गरे कानुन बमोजिम कडा कारवाही समेत हुने सो बिज्ञप्तिमा उल्लेख छ।

Loading...