नेपाल रेडक्रस सोसाइटीले ५९ स्थापना दिवस अभियानका रुपमा मनाए

काठमाडौँ। नेपाल रेडक्रस सोसाइटीले ५९ स्थापना दिवस अभियानका रुपमा मनाएको छ। नेपाल रेडक्रस सोसाइटी भोटेबहाल उप-शाखाले आज बसन्तपुरमा रक्तदान सिविरको आयोजना गरि यो दिवस मनाएको हो।
शाखाका अध्क्षय अमृत नाराएण मानन्धरले आम मानव जातिका लागि रक्त अभाव देखि बिभिन्न दैवी प्रकोपको संकटमा सहयोगी भूमिका खेल्दै आएको सस्थाको रुपमा बुझ्नु पर्ने बताए। उहाका अनुशार हरेक मानवले कुनैन कुनै क्षेत्रबात सोसाइतिले अंगालेको जिम्मेवारीमा साथ सहयोग गर्नु पर्ने आवस्यकता हुनु पर्छ।
प्रत्यक बर्ष मनाइने स्थापना दिवस सोसाइटी संग आवद्द स्वयम सेवकहरुको जन्म दिनका रुपमा मनाउने गरेको अध्क्षय मानन्धरको बुझाई रहेको छ।
बिभिन्न सामाजिक सस्था आवद्द , स्व्येम सेवक तथा आम सर्व साधारण गरि ४९ जनाले सो अवसरमा रक्तदान गरेका छन्। रक्त दानमा सहभागी हुनेलाइ विभिन्न प्रभुत्व व्यक्तित्व बात प्रमाण पत्र गरिएको थियो।

Loading...