आफ्नो सरकार पालामा एमसीसी पारित गर्न मरिमेट्ने ओली अहिले त्यसैको विरोधमा – नेत्री झाँक्री

 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेत्री रामकुमारी झाँक्रीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफ्नो सरकारको पालोमा एमसीसी पारित गर्न मरिमेट्ने अहिले त्यसैको विरोधमा उभिएको भन्दै चर्को आलोचना गरेकी छन् ।

पार्टीको प्रथम नगर कमिटीको शनिबार सुनसरीको इनरुवामा भेला आयोजित कार्येक्रममा आयोजित बोल्दै उनले महाकाली सन्धिमा समेत राष्ट्रघात गरेका ओलीले राष्ट्रवादलाई आफूलाई पायक पर्ने गरी व्याख्या गर्ने गरेकाले पनि नयाँ पार्टी गठन गरेर अघि बढ्नुपरेको विचार ब्यक्त गरिन ।
“ करेड केपी ओली र भिम रावल आज एमसिसिको बिरुद्दमा जसरि बोल्दै छन मलाई सम्झना छ ,२०५३ सालमा सबैभन्दा ठुलो महाकाली राष्ट्र घाती सन्धि त्यो बेला उनको पोजिसन के थियो ? कमरेड खड्ग ओलीको के थियो महाकाली सन्धि गर्दा ? ओली परवृत्तीले आन्दोलनलाई सत्यानाश बनाइ सकेको छ। ओलीले मुलुकलाई नै विघटनको दिशामा लैजाने , फिजीकरण गर्ने गरि द्रुत गतिमा अगाडी बदेपछी खड्ग ओलीलाई विस्थापन गर्न अनिवार्य थियो। ओलीको मानो दशको कारणले आज कम्युनिष्ट सत्यनास भयो। सुखी नेपाली सम्रिद्द नेपालको आदर्श आकान्क्षाको गफ गरेर ओलीका भजन मण्डली र दुतका स्वार्थ पुरा गरि आफुलाई नयाँ महाराजाको रुपमा जुन प्रयास गरे जसका कारण आज मुलुकनै दुर्घटनामा पर्ने अवस्था सिर्जना भएको छ। हाम्रा केहि मित्रहरु एमाले पार्टी अझै कम्युनिष्ठ पार्टी हो भन्दै एकताको रटान गर्दै जानु हुन्छ। म शुभकामा दिन्छु , भोलिका दिनमा सच्चा कम्युनिष्ट पार्टी बनाउनु सक्नु भयो भने अहिलेको यो पार्टी बिघटन गरौला। तर म चुनौती दिन्छु ,खड्ग ओलीले कम्युनिष्ट पार्तित के सामान्य सद्भावना पार्टी जस्तो बिर्जुवा पार्टी सम्म पनि बनाउने छैन। ” उनको भनाइ थियो।

Loading...