नेपाल यहाँका भुसतिघ्रे राजनीतिक नेताहरुको अज्ञानी खेलको प्रयोगशाला भइरहेको छ । समयको यस कालखण्डमा देशको राजनीतिको केन्द्रमा रहन पुगेका सममकालीन नेता भनाउँदाहरु भद्दा मजाक गरिरहेका छन् । अझ त आफूलाई खाँटी क्रान्तिकारी कम्युनिस्ट भएको स्वघोषणा गर्नेहरुतिर हेर्दा अनौठो लाग्छ । उनीहरु यतिबेला नेपाली जनताको सहिष्णु चेतनाको फाइदा उठाउँदै गर्नसम्म मनपरी गरिरहेका छन् । यिनका गतिविधिले नागरिक पजल हुने वाहेक केही स्थिति छैन । आदरणीय पाठकगण एकचोटी गहिरिएर यो टिप्पणी अध्ययन गरौं र गम्भीर भएर सोचौं । हामी माथि यतिबिघ्न मजाक कसरी भइरहेको छ ।
यहाँ कुरा गरौ आफूलाई खुबै अग्रगामी, परिवर्तनकारी हुँ भन्ने कम्युनिस्टका । नेपाली राजनीतिको कम्युनिस्ट आन्दोलनको पाटोमा जोडिएका अधिकांश नेताहरु जे गर्छन– उनीहरु सोच्छन कि त्यो क्रान्ति हो । त्यो अग्रगमन हुन्छ र जनवाद हुन्छ । उनीहरुका प्रवचन सुन्दा लाग्छ कि यिनले ‘हगे’ पनि क्रान्ति, ‘छेरे’ पनि क्रान्ति, ‘मुते’ पनि क्रान्ति ‘पादे’ पनि क्रान्ति । कस्तो अचम्म । कति उदेकलाग्दो ।
यिनले जे गर्छन, त्यो सबै सर्वहारा वर्गको मुक्ति र न्यायको लागि (कठै विचरा सर्वहाराहरु) । यस्तै नै बकवास छाँट्दै, बाँच्दै आएका छन– आजका दिनसम्म । चाहे क्यान्टोनमेन्टको घोटाला होस् वा ओम्नीलाई दिएको ठेक्का होस् । यात यतिलाई दिएको एकाधिकार होस् । यिनले रटान लगाइरहेका हुन्छन– यी सबै गरिब निमुखा जनताको मुक्तिको लागि गरिएका हुन । यिनले चढ्ने करोडौं रुपैयाँको कार होस् वा आलिशान बंगला होस् । सुरासुन्दरी सहितको विदेश सयर होस् वा तारे होटलको धुवाँदार ककटेल पार्टी होस् । उनीहरु रटान लगाउन छाड्दैनन्– यी जेजस्ता काम गरिएका हुन्छन ती सबै गरिब निमुखा जनतालाई न्याय दिलाउनको लागि गरिएको उच्चकोटीको जनवादी आन्दोलनका अंग हुन ।
पानी ट्यांकीमा पैसा लुकाएको पनि जनवादी सत्ता स्थापनाको लागि हो । वाइडबडी चपाएको पनि मदन भन्डारिको सपना पूरा गर्नको लागि हो । बालुवाटारको जग्गा चर्याप्प पारेको त झन भुमिहीन नागरिकलाई न्याय दिलाउनको लागि हो । तिमीहरूले बिद्यालय होइन, शिक्षा पसल खोल, अनि हस्पिटल होइन, कसाहीखाना जस्तो नर्सिङ होममा लगानी गर । तिमीहरुले आखिर ती सबै सुकर्म जनताको भलो र सुखको निम्ति भनेर ब्याख्या नै गर्ने हो। मदर मुनको पिसाब पिउन वा विदेशी प्रभुको दिसापान गरून्, ती सब क्रान्ति र परिवर्तनलाई नयाँ उचाईँमा पुर्याउनको लागि हो । यिनले गर्ने विभाजन र रडाको पनि देश र जनताको लागि हो । क्रान्ति र परिवर्तनको लागि हो । यिनले गर्ने एकता पनि देश र जनताको भलाईको लागि हो । कम्युनिस्ट आन्दोलनलाई सार्थक तुल्याउनको लागि हो ।
यिनीहरु नाङ्गै नाचुन् वा कुनै नारीलाई झम्टिन जाउन् । त्यो सब क्रान्ति कै लागि हो । अग्रगामी छलाङ्ग कै लागि हो । अनौठो त यो छ कि यिनीहरु जे जे कुरा जसरी जसरी फलाक्छन त्यसलाई बिश्वास गर्ने भक्तजनका झुण्डहरु पनि तयार छन । ती अन्धभक्तहरु नेताहरुमाथि प्रश्न गर्नेहरूमाथि जाइलाग्छन । क्रिटिकल सोच भएका नागरिकमाथि झम्टिन्छन भक्तहरु । उनीहरु प्रश्नकर्ताहरुमाथि सांघातिक आक्रमण गर्न पनि बेर लगाउँदैनन् । सत्ताको दुरुपयोग गर्दै उनीहरु अनेक हर्कत गर्छन र तिनका अपराधिक हर्कतहरुको संरक्षण गर्छन तिनै नेताहरु । उनीहरु कित त त्यस्ता घृणित कार्यहरु संविधान कानुनबाट संरक्षण गरिदिन्छन या त ती सबै काम आखिर क्रान्तिका लागि भएका हुन्, राजनीतिक कुरा हुन भनेर सामान्यीकरण गरिदिन्छन । क्या गजप छ ।
कथा यतिसम्म रमाइलो छ कि जब अरब र मलेसियामा पसिना बगाउने मजदुरहरुको लेबी आउँछ, तब नेतृत्वहरुमा अन्तरबिरोध सृजना हुन्छ । आफ्नो पोल खुल्ने डरले वा कुनै एक समूहको लहलहैमा लागेर नेताहरु बुरुक्क उफ्रिन्छन र अर्को समूहलाई कथित कारवाहीको डण्डा वर्षाउँछन । अनि भन्छन कि उनीहरुले चन्दा लिएर भात खाएको पनि क्रान्तिका लागि हो, लेवी स्वरुप पठाइएको टिभी कोठामा लुकाएको पनि नेपाल र नेपाली जनताको मुक्ति उन्नति प्रगतिका लागि हो । उनका दृष्टिमा उनीहरु जे गर्छन त्यो सब क्रान्ति हो । त्यो बैज्ञानिक समाजवादतर्फको पाईला हो। ठेकेदार र कमिसनखोरहरुले उपहार दिएको महलमा बसेर सायद उनीहरु सर्वहारा वर्गको मुक्तिको योजना बनाउँदै होलान् । त्यो कार्ययोजनाबाट सायद गरिव निमुखाको मुक्ति र न्यायको ग्यारेन्टी हुँदै होला । छैन त गजव ।
यिनका यस्ता गतिविधि कसैले मन पराएन भने वा कसैले चित्त नबुझाएर सानो केही टिप्पणी ग¥यो भने उनका लागि त्यो भयंकर प्रतिक्रान्तिकारी हुन्छ । विरोधको कुरा त धेरै पर छ अलिकति कसैले असहमति मात्रै राख्छ भने त्यो सब प्रतिक्रान्ति हुन्छ । वाहा क्या गज्जप ।
तपाई त्यसो गर्नुस र महशुस गर्नुस् । तपाई असहमतिमा केही कुरा कतै बोल्नुस वा सजिलो पहुँच सामाजिक सञ्जाल वा कुनै मिडियामा लेख्नुस् । हामी लेख्ने बोल्ने जति सबै प्रतिक्रान्तिकारी र लुटेरा हुन बेर छैन। ती क्रान्तिकारीहरुका नजरमाम तपाईले लेख्ने बोल्ने वा असहमति राख्ने काम उनको लोकतन्त्र माथिको गम्भीर षडयन्त्र हो, उनको जनवादी क्रान्तिका विरुद्धको कार्य हो । देशी विदेशी प्रतिक्रियावादीहरुको चलखेल हो ।किनकि यिनले क्रान्ति वाहेक अरु गर्नै जान्दैनन । धेरै खाएर भुँडी फुटेर मरुन वा यिनले धेरै खाएकोले अरु कोही भोकमरिले मरुन्, अनि यिनले छोरी, बुहारी, साला–साली सबैलाई मेयर, मन्त्री बनाउन्, त्यो सब जनवादी सत्ताको लागि हो । त्यो उनीहरुको जनवादको उच्चतम प्रयोग हो वा समाजवाद तर्फको यात्रा हो । यिनीहरु आपसमा लडुन् वा अंकमाल गरून् वा मारपिट गरून्, बार्दलीमा कुदेर भुकुन् र सरकारमा जान अनेकौं गठबन्धन गरून् ती सब कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दिनको लागि हो ।
फटाहाहरु, चोरहरु, बेइमानहरु !
अब खुल्ला चौरमा उभिएर हस्तमैथुन गर्दै घोषणा गर, ‘यो सब कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउनको लागि हो ।’ त्यही सर्कुलर जताततै पठाउ । तिम्रो त्यो घोषणालाई विश्वास नगर्ने वा तिम्रो त्यो हर्कतका विरुद्ध प्रश्न उठाउनेहरुलाई तिम्रो हुतीले भ्याउने कारबाही ठोक। यदि कसैले तिमीले खुला चौरमा गरेको त्यो हस्तमैथुनलाई तिमीले भनेझै क्रान्ति ठान्दैन भने वा तिमीले ठानेजस्तै त्यो देश, जनता वा कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइ दिने एक खुड्किला ठान्दैन भने र विरोध गर्छ भने त्यसको स्वर्गको टिकट काट्न पनि तिमीहरु सक्छौ । त्यो तिम्रा नजरमा क्रान्तिकै काम हुन्छ ।
एकदिन यी फटाहाहरु हेलिकप्टरमा चढेर भाग्नेछन् र भन्नेछन– ‘महान सहिदहरुको बलिदानबाट प्राप्त २१ औं शताब्दीकै उत्कृष्ट लोकतन्त्रको रक्षा गर्न, समस्त नागरिकको उन्नतिको ग्यारेन्टी गर्न, श्रमजीवी सर्वहारा जनताको मुक्तिको लागि, राष्ट्रियताको रक्षा गर्न, महान जनवादी सत्ता मार्फत समाजवाद स्थापना गरी देशको आमूल रुपान्तरण गर्ने महान उद्देश्यको साथ हामी देश छोडेर भाग्दैछौं ।’ त्यतिबेला पनि यिनका झोलेहरुले उत्साहपूर्वक गडगडाहट ताली बजाउनेछन । अनि तिनले कुटिल मुस्कान छर्दै हात हल्लाउनेछन् ।
खाँटी कुरो !
हिजो एउटा कर्म गर्दा सही, आज त्यसको ठिक विपरित अर्को कर्म गर्दा पनि सही । भोलि यिनले जे गर्नेछन्, त्यो पनि सही नै हुने होला। यसो भनौ हिजो, आज र भोलि सधैभरी त्यो उनका नजरमा सही हुनेछ । ओरालोका विरुद्ध उकालो चढ्ने घोषणा पनि सही, उकालोका विरुद्ध ओरालो झर्ने कुरा पनि सही । तिम्रा नजरमा दिउसो छ भने त्यो रात लाग्न सक्छ । तिमीले यदि दिउसोको उज्यालोलाई रातिको अन्धकार भन्छौ भने त्यसलाई महासत्य ठानी ताली बजाउने, वाहावाही गर्ने र त्यसको महिमागान गर्ने एकहूल कहिले पनि खाली हुँदैन । त्यही झुण्डले तिम्रो मनोभाव बुझेर तिमीले जे कुरा राम्रो मान्छौ, त्यही कुरा बखान लगाउँदै गर्छ, तिमीलाई जो जो मान्छे मन पर्दैन, त्यो थाहा पाएर तिमीले मन नपराउनेहरुका विरुद्ध अनेक रंग दलेर बहुरंगी नानाथरी चुक्ली लगाउँन थाल्छ । तिम्रो द्वन्द्ववाद त उहिल्यै तिम्रो अहंकारले खाइसकेको छ । तिमी तिम्रा हुक्के, चम्चे, बैठकेहरुले लगाएको चुक्लीलाई आफ्नो द्वन्द्ववादी दृष्टिले क्रसचेक गर्ने आवश्यकता ठान्दै ठान्दैनौ । बरु, तिमी त तिनै चम्चेहरुका चुक्लीलाई नै गज्जपका तुरुप ठान्छौ । वाहा नेताहरु वाहा । क्या गज्जप छैन त । क्रान्तिका नाममा, पार्टी आन्दोलनका नाममा, अभियानका नाममा उठाएको चन्दा, कार्यकर्ताहरुको गास कटाएर उठाएको लेवी, तिम्रै कटु वचनको आश र त्रासले तिमीलाई दिएको सहयोग आखिर कहाँ जान्छ । आखिर त्यसरी जम्मा भएको स्रोतबाट तिमीले खुसुक्क जोडेको सम्पति, तिमीले बनाएको महल, तिमी चढेको घोडा होस् वा गाडी तिम्रा नजरमा त्यो सबै क्रान्तिकै लागि न हो । त्यसप्रति राखिने असहमति वा तिमीलाई त्यसो नगर्न र तिम्रै सैद्धान्तिक मान्यतामा उभिन दिइने सल्लाह प्रतिक्रान्तिकारी सोच हो । प्रतिक्रान्तिकारी षड्यन्त्र हो । हैन र । वाह नेताहरु वाह ।
यसरी सधैभरी आफुलाई सही, ठिक भनेर दावी गर्ने र जहिल्यै पनि अरुलाई गाली मात्र गर्ने जन्तु अरु कोही होइनन, नेपाली राजनीतिका माथिल्लो तहमा राज गर्ने कुपात्रहरु हुन् । उनीहरु आजसम्म कम्युनिस्टको नाम र सैद्धान्तिक आवरणमा ठगी खान्थे, अब समाजवादको नाममा ठगी खाने मेसो निकाल्दैछन ।