महानगरले ३७ लाख ७० हजार लागतमा पार्क र १ करोड ३८ लाख रुपैयाँ लागतमा कोरिडोर निर्माण गर्दै

काठमाडौँ । काठमाडौँ महानगरकाले ७ लाख ७० हजार लागतमा इच्छुमती पार्क निर्माण भएको छ। महानगर पालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज वडा २८ मा इच्छुमती पार्क उद्घाटन गर्नुभएको छ । उद्घाटनपछि बोल्दै काठमाडौँ महानगरपालिका प्रमुख शाक्यले, एउटा वडामा कम्तीमा एउटा पार्क बनाउने नीतिअनुरुप सार्वजनिक जग्गा संरक्षण गरेर त्यहाँ पार्क बनाइरहेको उल्लेख गर्नुभयो । ‘बजेटको समस्या छैन । स्थानीयमा विवाद भएन भने जुनसुकै काम पनि सजिलै गर्न सकिन्छ । हामी टुकुचा नदीको दायाँवायाँ दुवैतिर हिँड्न मिल्ने बनाउँछौँ ।’ शाक्यले विकास निर्माण र निर्माणमा विरोध गर्ने प्रवृत्तिमा कुरा गर्दै काम गर्न नदिने तर काम भएपछि जस लिन हानाथाप गर्ने चरित्र हावी हुँदै गएको उल्लेख गर्नुभयो ।

यसै गरि प्रदेश सभा सदस्य केशव स्थापितले शंकरदेव क्याम्पसबाट प्रदर्शनी मार्ग जोड्ने टुकुचा कोरिडोर शुभारम्भ गर्नुभएको छ । करीब १ करोड ३८ लाख रुपैयाँको लागतमा निर्माण हुने कोरिडोर १ सय ४० मिटर लम्बाईको छ ।
त्यस क्रममा प्रदेश सभा सदस्य स्थापितले, नदी किनारामा कोरिडोर बनाउन कसैसँग समन्वय गरिरहनु नपर्ने बताउनुभयो । टुकुचामा कोरिडोर निर्माण गर्दा समाज कल्याण परिषदले स्वामित्व माग गरेको सन्दर्भ उठाउँदै उहाँले भन्नुभयो, ‘महानगरको विकासका अवरोध गर्ने परिषदसँग समन्वय गर्ने होइन, सम्पत्ति महानगरले लिएर विघटनको कुरा उठाउनुपर्छ ।’ टुकुचामाथि घर बनाउनेहरुको घर भत्काउनु पर्छ । टुकुचा जहाँ जहाँ बगेको छ । त्यहाँ त्यहाँ कोरिडोर बनाउनुपर्छ । दरबारभित्र पनि कोरिडोर बनाउनुपर्छ ।’
धेरै जनतालाई सुविधा हुने काम गर्दा कसले के भन्ला भनेर बाटो कुर्नु नहुने स्थापितको भनाइ थियो । काम सुरु गरिहाल्ने हो । विरोध आयो भने पछि जवापफ् दिँदै जानुपर्छ ।
पार्क निर्माण गर्ने त्रफ्ममा सार्वजनिक जग्गा पहिचान गरेर वडाले १० लाख रुपैयाँ खर्च गरेर पर्खाल लगाएको थियो । वडा २८ का अध्यक्ष भाइराम खड्गीले, भौतिक पूर्वाधार विकास विभागको डिजाइन र उपभोक्ता समितिहरुको सत्रिफ्यताबाट पार्क निर्माण भएको उल्लेख गर्नुभयो ।
पहिले टुकुचाको बाढी आउँदा यो ठाउँका घर भत्काउला जस्तो हुन्थ्यो । कार्यत्रफ्ममा वडा सदस्य देवेन्द्र खड्गीले वडाका कामका बारेमा चर्चा गर्दै तार व्यवस्थापनमा काम गर्न बाँकी रहेको उल्लेख गर्नुभयो ।
सरकारले बागमती, विष्णमतीसहित उपत्यकाका नदी सपफइ तथा व्यवस्थापनमा काम गरेको छ । कार्यत्रफ्ममा भफ्गीु ईच्छुमती खल उपभोत्तफ समितिका अध्यक्ष मदन तण्डुकारले, ठूला नदी आमा र ईच्छुमती नदी छोरी भएको उल्लेख गर्दै यसको बचावट र सुन्दरतामा काम गर्नुपर्ने बताउनुभयो ।
यी कामका लागि भफ्गीु ईच्छुमती खल उपभोत्तफ समिति, ईच्छुमती खोला व्यवस्थापन उपभोत्तफ समिति र ईच्छुमती खोला संरक्षण मुल उपभोत्तफ समितिले काम गरेका छन् ।

Loading...