नेपाल नेतृत्वको नयाँ दललाई निर्वाचन आयोगले दियो मान्यता

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नयाँ दल नेकपा (एकीकृत समाजवादी) लाई निर्वाचन आयोगले मान्यता दिएको छ । नेकपा एमालेबाट छुट्टिएर गठन भएको नेकपा (एकीकृत समाजवादी)ले नयाँ दलको मान्यता पाएको हो ।

एकीकृत समाजवादीलाई बुधबार आयोगले दर्ता प्रमाणपत्र दिएसँगै उक्त दलले आधिकारिकता प्राप्त गरेको छ ।

सरकारले  केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याएपछि दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि एमालेका ५९ केन्द्रीय सदस्य र ३४ संघीय संसदका सांसदले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।

बुधवार निर्वाचन आयोगले एकीकृत समाजवादीलाई दर्ता गरेसंगै सत्ता गठबन्धनलाई सरकार विस्तारको बाटो खुलेको छ । माधव नेपाल पक्षलाई पर्खिएको सरकारले अध्यादेश ल्याएर पार्टी विभाजनलाई सहज गरिदिएको थियो ।

 
 
 
 

प्रतिकृया दिनुहोस्

Loading...