युरोपमा राम्रो जागिर लगाई दिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ

 

काठमाडौँ। युरोपका विभिन्न देशमा राम्रो जागिर लगाई दिछु भनि विश्वास दिलाई प्रलोभनमा पारी रकम ठगी गर्ने ब्यक्ति पक्राउ परेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले रामेछाप गोकुलगंगा गा.पा. वडा नं. ३ स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ३२ कोटेश्वर बस्ने वर्ष ३३ को पोश बहादुर सुनुवारलाइ आज पक्राउ गरेको हो।
निजले प्रेम कुमार लामा दोङ समेत ६ जनालाई वर्किङ भिषामा युरोपियन देश लिथुनिया जान प्रतिव्यक्ती रु. ७,००,००० ।- (अक्षरुपी सात लाख रुपैयाँ) लाग्छ लिथुनिया पुगे पछी प्रतिष्ठित होटलमा काम लगाइदिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारी अन्य ६ जनाबाट प्रतिव्यक्ति रु. १,००,०००।- (अक्षरुपी १ लाख रुपैयाँ) का दरले जम्मा रु. ६,००,०००/-(अक्षेरुपी छ लाख रुपैयाँ) रकम असुल गरि फरार रहेको भनि परेको बैदेशिक रोजगारी बिभागमा परेको उजुरीका आधारमा कोटेश्वरबाट पक्राउ गरी थप अनुसन्धानको लागि विभागको कार्यालय बुद्धनगर, काठमाडौँमा पठाईएको महाशाखाले जनाएको छ ।

Loading...