नेप्सेको सञ्चालक समितिबाट चन्द्र ढकालले दिए राजीनामा

काठमाडौँ । नेपाल स्टक एक्सचेन्च (नेप्से)को सञ्चालक समितिबाट उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले राजीनामा दिएका छन् । सर्वोत्तम सिमेन्टको शेयर प्रकरणमा विवादमा परेका ढकालले बुधबार सञ्चालकबाट राजीनामा दिएका हुन् ।

ढकाल नेप्सेको सञ्चालक रहेकौ समयमा उनका भाइले सर्वोत्तम सिमेन्टको शेयर किनेको पाइएपछि ढकाल विवादमा तानिएका थिए ।

सर्वोत्तम सिमेन्टको शेयर बुक बिल्डिंग विधिबाट जारी हुनु अगावै शेयर किनबेच भएको थियो । यहीह प्रकरणमा मुछिएका नेप्सेका सीईओ चन्द्रसिंह साउदले मंगलबार पदबाट राजीनामा दिएका थिए । यो प्रकरणमा नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष भिष्म ढुंगाना पनि मुछिएका छन् ।

ढकाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिको हैसियतमा नेप्सेको सञ्चालक बनेका थिए । अब महासंघबाट अर्को प्रतिनिधि सञ्चालकमा पठाइने महासंघले जनाएको छ ।

Loading...