सल्लाघारीमा बसपार्क बनाउने काठमाडौं महानगरपालिका कार्यदलको प्रस्तावप्रति भक्तपुरको बिरोध

भक्तपुर, २ भदौ। भक्तपुरको सल्लाघारीमा बसपार्क बनाउने सम्बन्धमा काठमाडौं महानगरपालिका कार्यदलको प्रस्तावप्रति भक्तपुर नगरपालिकाले आपत्ति प्रकट गरेको छ ।

‘भक्तपुरको सल्लाघारीलाई बसपार्क बनाउनुपर्ने काठमाडौं महानगरको निस्कर्ष’ शीर्षकको समाचारमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै भक्तपुर नगरपालिकाले महानगरको कार्यदलको प्रस्ताव प्रति आपत्ति प्रकट गरेको हो । कार्यदलले प्रतिवेदनमा सार्वजनिक यात्रुबाहक सवारी साधनको व्यवस्थापन जडिबुटी पुल पूर्वको मनोहरा खोला करिडोर मर्मत–संभार गरी वा सल्लाघारी तीनकुने सडक किनाराबाट तत्कालका लागि धुलिखेल पूर्वतर्फका सार्वजनिक सवारी सञ्चालन गर्न सकिने उल्लेख गरेपछि भक्तपुर नगरपालिकाले बिरोध जनाएको छ ।

भक्तपुरको सल्लाघारीस्थित सडक किनारालाई बसपार्क बनाउने प्रतिवेदनमा भनिएपनि घुमाउरोगरी उक्त क्षेत्रको १०८ रोपनी खुला जग्गालाई बसपार्कका लागि सुझाइएको हो । नेपाल ट्रस्टको नाममा रहेको उक्त जग्गा भक्तपुर नगरपालिकाले पर्खाल लगाई भोगचलन गरिरहेको छ । भक्तपुर नगरपालिकाले उक्त क्षेत्रमा ख्वप: विश्वविद्यालय बनाउने योजना अघि सार्दै आएको छ । आफ्नो योजना प्रतिकुल महानगरको कार्यदलले प्रतिवेदन पेसगरेपछि भक्तपुर नगरपालिका स्तब्ध भएको बताइएको छ ।

उक्त कार्यदलको प्रस्ताव प्रति टिप्पणी गर्दै भक्तपुर नगरपालिकाले यसलाई भक्तपुर नगरपालिकाको भौगोलिक र प्रशासनिक अधिकार क्षेत्रको विषयमा अनधिकृत रुपले काठमाडौं महानगरपालिकाले हस्तक्षेप गर्न खोजेको जिकिर गरेको छ । काठमाडौं महानगरद्वारा गठित अध्ययन कार्यदलले अनधिकृतरुपले भक्तपुरको क्षेत्रबारे प्रतिवेदन पेश गर्नु खेदजनक हुनुको साथै ख्वप विश्वविद्यालय स्थापना गर्न नदिने जालसाजी भएको भक्तपुर नगरपालिकाले ठहर गरेको छ । भक्तपुर नगरपालिकाले यसलाई निकै नै गैरजिम्मेवार र भक्तपुर नगरपालिकाको अधिकारमाथि हस्तक्षेपको रुपमा लिएको छ ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा गठित ५ सदस्यीय कार्यदलले केहि दिन अघि प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गरेको अध्ययन प्रतिवेदनमा उपत्यकाबाट पूर्व जाने सार्वजनिक सवारीलाई जडिबुटीनजिक मनोहरा खोला करिडोर वा भक्तपुरको सल्लाघारीस्थित तीनकुने सडक किनाराबाट संचालन गर्नुपर्ने प्रसताव प्रस्तुत गरिएको छ । लामो दूरीका सार्वजनिक सवारी साधन व्यवस्थापन सम्वन्धि अध्ययन प्रतिवेदन २०७८’ हस्तान्तरण गर्दै कार्यदलले सो सुझाव पेश गरेको हो । अध्ययन कार्यदल सदस्यहरुमा वडा–२६ का अध्यक्ष ख्याम तिवारी, वडा–३२ का अध्यक्ष नवराज पराजुली, वडा–२७ का अध्यक्ष चिनियामान बज्राचार्य, वडा–२२ का अध्यक्ष चिनिकाजी महर्जन रहेका थिए । त्यसैगरी समन्वय तथा सहजीकरणमा काठमाडौँ महानगरपालिकाका सहरी सुव्यवस्था विभागका प्रमुख ध्रुव काफ्ले, नगर प्रहरी उपरीक्षक धनपति सापकोटा, ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरीक्षक सुनिल जंग शाह र ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक दामोदर सिलवाल रहेका थिए । समितिलाई सुझाव दिन ७ दिनको समय दिइएको थियो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गत श्रावण २२ गते शुक्रबारका दिन काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीको नेतृत्वमा एक प्रतिनिधि मण्डल भेटको लागि आएको बताउदै सोक्रममा आफूले उपप्रमुख खड्गीलगायत कार्यदलका सबै सदस्यहरुलाई भक्तपुर सल्लाघारीस्थित १०८ रोपनी जग्गामा बसपार्क बनाउन नहुने प्रष्ट पारेको खुलासा गरे । भक्तपुर नगरपालिकाले २०६० सालदेखि नै ख्वप विश्वविद्यालय स्थापना गरी सो अन्तर्गत चिकित्सा शास्त्र अध्ययनका लागि सदुपयोग गर्ने योजना रहेको आफूले विस्तृत जानकारी दिएको स्मरण गर्दै नगर प्रमुख प्रजापतिले त्यसका बाबजुद कार्यदलले बसपार्क बनाउने प्रस्ताव गर्नु खेदजनक भएको बताए । भक्तपुर नगरपालिकाको भौगोलिक र प्रशासनिक कार्यक्षेत्रको सल्लाघारी क्षेत्रमा बसपार्क संचालन गर्ने काठमाडौं महानगरपालिकाको कार्यदलले प्रस्ताव गर्नु संघीयताको मर्म, विकेन्द्रीकरणको भावना र स्थानीय स्वायत्तताको सिद्धान्त विपरीतसमेत रहेको भक्तपुर नगरपालिकाले प्रष्ट पारेको छ ।

छलफलको क्रममा बसपार्कजस्ता अत्यन्त व्यस्त हुने संवेदनशील विषयमा सबैसंग गहन छलफल गरी वातावरणीय र सास्कृतिक प्रदुषण, आर्थिक र सामाजिक प्रभावलगायतका विषयमा गम्भीरताका साथ अध्ययन गरी अन्य उपयुक्त ठाउँमा टुंगो लगाउनुपर्ने र १०८ रोपनीमा ख्वप विश्वविद्यालय अन्तर्गत चिकित्सा शास्त्र अध्ययनका लागि सदुपयोग गर्ने भक्तपुर नगरपालिकाले अडान पेश गरेको थियो । यसरी भेटघाट र छलफलसमेत भएको विषय र भक्तपुर नगरपालिकाको भौगोलिक र प्रशासनिक अधिकार क्षेत्रको विषयमा अनधिकृत रुपले काठमाडौं महानगरपालिकाले गठन गरेको अध्ययन कार्यदलले प्रतिवेदन पेश गर्नु खेदजनक विषय भएको र ख्वप विश्वविद्यालय स्थापना गर्न नदिने जालसाजी भएको भक्तपुर नगरपालिकाको भनाइ रहेको छ ।

भक्तपुर नगरपालिकाले भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने लक्ष्य लिएर आफैले विद्यालय र कलेजहरु स्थापना र संचालन गर्दै आएको छ । यी शैक्षिक संस्थाहरुबाट देशकै लागि आवश्यक प्राविधिक र प्रशासनिक दक्ष जनशक्ति उत्पादन समेत भइरहेको छन र हुँदैछन् । ख्वप विश्वविद्यालयको विधेयक तयारी गरी वि.सं. २०६४ सालमा उक्त विधेयक शिक्षा मन्त्रालयमा दर्ता भयो तर राजनैतिक पूर्वाग्रह र पक्षपातका कारण उक्त विधेयक धेरै ढिला संसदमा पुगेको नगरपालिकाको गुनासो छ । अन्य धेरै विश्वविद्यालयका विधेयकहरु संसदमा पेश भए । २०६८ सालसम्ममा ख्वप विश्वविद्यालयको विधेयकबारे शिक्षा मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबीच लुकामारी नै चल्यो । सो क्रममा भक्तपुर नगरपालिकाले शिक्षा मन्त्रालयमा ताकेता गरिरह्यो र सम्भाव्यता अध्ययनको लागि संसदीय टोली गठन पनि भयो । उक्त टोलीले ख्वप विश्वविद्यालयको पूर्वाधार अध्ययन गरेर सरोकारवालाहरुसंग छलफल गर्यो र ख्वप विश्वविद्यालयसंग पर्याप्त पूर्वाधार भएको निष्कर्ष निकाल्यो । विधेयक सांसदहरुको हात हातमा पुग्यो तर संसदमा औपचारिक रुपमा अझै पेश भएको छैन । राज्यको पुर्नसंरचनासंगै संघीयता अभ्यास गर्ने क्रममा भक्तपुर नगरपालिका ख्वप विश्वविद्यालय स्थापना र संचालन गरी देशको निम्ति महत्वपूर्ण योगदान दिने काममा निरन्तर प्रयासरत रहेको देखिन्छ ।

नेपाल ट्रष्टको नाममा रहेको सल्लाघारीको १०८ रोपनी जग्गा लाई भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालयका लागि प्रयोगमा ल्याउने योजना अघि सार्दै आएको छ । नेपाल ट्रष्टसंग समन्वय गरी आफ्नै लगानीमा चारैतिर पर्खाल लगाई गेटहरुकोसमेत व्यवस्था गरी नगरपालिकाले यसको संरक्षण समेत आफैले गर्दै अएको छ । यसर्थ काठमाडौ महानगरपालिकाको यातायात संचालन सम्बन्धी अध्ययन कार्यदलद्वारा आफ्नो सहमतिविना यातायात संचालनसम्बन्धी पेश गरेको प्रतिवेदनलाई भनपाले गैरजिम्मेवार र स्थानीय तहको अधिकारमाथि हस्तक्षेपको रुपमा बुझेको छ ।

नेपाल ट्रष्ट नियमावली २०६५ मा ट्रष्टको सम्पत्तिलाई विद्यालय, महाविद्यालय वा विश्वविद्यालय जस्ता शैक्षिक संस्था र स्वास्थ्य संस्था खडा गरी संचालन गर्ने गराउनेलगायतका शैक्षिक क्ष्ँेत्रमा सदुपयोग गर्न उपलब्ध गराउने उल्लेख भएकोले पनि यो जग्गालाई विश्वविद्यालय प्रयोजनका लागि प्रयोग गर्न सकिने नगरपालिकाको बुझाइ रहेको छ । यसरी ट्रष्टको नियमले समेत शैक्षिक क्षेत्रको लागि नै सदुपयोग गर्ने नियममा व्यवस्था भएको उक्त जग्गामा बसपार्क संचालनको प्रस्ताव नियमसंम्मत नभएको भक्तपुर नगरपालिकाको निष्कर्ष छ । साथै, भक्तपुर नगरपालिकाको भौगोलिक र प्रशासनिक कार्यक्षेत्रको सल्लाघारी क्षेत्रमा बसपार्क संचालन गर्ने काठमाडौं महानगरपालिकाको कार्यदलले प्रस्ताव गर्नु संघीयताको मर्म विकेन्द्रीकरणको भावना र स्थानीय स्वायत्तताको सिद्धान्त विपरीतसमेत रहेको भक्तपुर नगरपालिकाले प्रष्ट पारेको छ ।

काठमाडौं महागरपालिकाले आफ्नो भौगोलिक क्षेत्रमा रहेको बसपार्कलाई भ्यू टावर र अन्य व्यवसायिक प्रयोजनको लागि प्रयोग गरी पैसा कमाउने उद्देश्यले बसपार्कहरु विस्थापित गर्ने र अन्य स्थानीय तहमा बसपार्क स्थानान्तरण गर्ने नियत राम्रो नभएको भक्तपुर नगरपालिकाको भनाइ छ । काठमाडौं उपत्यकाको यातायात व्यवस्थापन काठमाडौं उपत्यकाका स्थानीय तहहरुको मात्र नभई नेपाल सरकारकै समस्या भएको भक्तपुर नगरपालिकाले यसको समाधानको लागि सरोकारवाला सबै पक्षहरुसंग गम्भीर छलफलको आवश्यकता औल्याएको छ ।

तसर्थ, कुनैपनि स्थानीय तहले अर्को स्थानीय तहको क्षेत्राधिकार भित्रको विषयमा सम्बन्धित स्थानीय तहको सहमतीविना बोल्न र कुनै कार्य गर्न नमिल्ने भक्तपुर नगरपालिकाको तर्क छ । भक्तपुर नगरपालिकाले काठमाडौं महानगरपालिकाको सम्बन्धित कार्यदल, कार्यदलका पदाधिकारीहरु र काठमाडौं महानगरपालिकालाई समेत सो सम्बन्धमा ध्यानाकर्षण गराएको छ ।

यो पनि   – 

सार्वजनिक सवारी मनोहरा खोला करिडोर वा सल्लाघारीबाट सञ्चालनमा ल्याउन सुझाव, अध्यययन प्रतिवेदन हस्तान्तरण

 

हेर्नुस् भक्तपुर नगरपालिकाको लिखित प्रतिक्रिया 
‘भक्तपुर पोष्ट डटकम’को मिति २०७८ श्रावण ३० गते प्रकाशित ‘भक्तपुरको सल्लाघारीलाई बसपार्क बनाउनुपर्ने काठमाडौं महानगरको निस्कर्ष’ शीर्षकको समाचारमा यस नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । समाचारमा काठमाडौं महानगरपालिकाले गठन गरेको यातायात संचालनसम्बन्धी अध्ययन कार्यदलले काठमाडौं उपत्यकाबाट पूर्व जाने सार्वजनिक सवारी साधनलाई जडिबुटि नजिक मनोहरा खोला कोरिडोर वा भक्तपुरको सल्लाघारीस्थित तीनकुने सडक किनाराबाट संचालन गर्नुपर्ने व्यहोरा सहितको प्रतिवेदन तयार गरेको उल्लेख छ । काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले भक्तपुर सल्लाघारी तीनकुने सडक किनारबाट तत्कालको लागि धुलिखेल पूर्वतर्फका सार्वजनिक सवारी सञ्चालन गर्न सकिने उल्लेख गरिएको छ । काठमाडौ महानगरपालिका क्षेत्रभित्र गन्तव्य बनाई आउने देशका विभिन्न भागका सवारी साधनहरुलाई व्यवस्थित गर्ने उद्देश्यले आफ्नो क्ष्ँेत्राधिकार बाहिर गएर भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी खुल्ला जग्गामा पार्किङ व्यवस्थाको लागि प्रतिवेदन तयार गर्नु आपत्तिजनक छ । काठमाडौं महानगरलाई आफ्नो क्षेत्राधिकार बुझ्न र स्थानीय सरकारको स्वायत्तताबारे अध्ययन गर्न पनि भक्तपुर नगरपालिका सचेत पार्न चाहन्छ ।

मिति २०७८ श्रावण २२ गते शुक्रबारका दिन काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीको नेतृत्वमा एक प्रतिनिधि मण्डल भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिस“ग भेटको लागि आउनु भएको थियो । भेटको क्रममा विभिन्न विषयमा छलफल हुनुका साथै समाचारमा उल्लेखित यातायात संचालन सम्बन्धी अध्ययन कार्यदलको विषयमा पनि सामान्य छलफल भएको थियो । सो क्रममा प्रमुख प्रजापतिले उपप्रमुख खड्गीलगायत कार्यदलका सबै सदस्यहरुलाई भक्तपुर सल्लाघारीस्थित १०८ रोपनी जग्गामा भक्तपुर नगरपालिकाले २०६० सालदेखि नै ख्वप विश्वविद्यालय स्थापना गरी सो अन्तर्गत चिकित्सा शास्त्र अध्ययनका लागि सदुपयोग गर्ने योजना रहेको विस्तृत जानकारी दिनुभएको थियो । छलफलको क्रममा बसपार्कजस्ता अत्यन्त व्यस्त हुने संवेदनशील विषयमा सबैसंग गहन छलफल गरी उपयुक्त ठाउ“मा टुंगो लगाउनुपर्ने पनि सुझाव दिनुभएको थियो । बसपार्क क्षेत्रमा हुने वातावरणीय र सा“स्कृतिक प्रदुषण, आर्थिक र सामाजिक प्रभावलगायतका विषयमा गम्भीरताका साथ अध्ययन हुनुपर्ने पनि सुझाव दिनुभएको थियो । यसरी भेटघाट र छलफलसमेत भएको विषय र भक्तपुर नगरपालिकाको भौगोलिक र प्रशासनिक अधिकार क्ष्ँेत्रको विषयमा अनधिकृत रुपले काठमाडौं महानगरपालिकाले गठन गरेको अध्ययन कार्यदलले प्रतिवेदन पेश गर्नु खेदजनक विषय हो ख्वप विश्वविद्यालय स्थापना गर्न नदिने जालसाजी हो ।

भक्तपुर नगरपालिकामा २०५४ सालमा नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिहरु निर्वाचित भएर पदबहाली भएपछि निर्वाचन घोषणा पत्रको प्रतिवद्धता अनुसार २०५६ सालमा ख्वप उच्च मा.वि, २०५८ सालमा ख्वप कलेज र ख्वप ईन्जिनियरिड्ड कलेज, २०६० सालमा ख्वप वहुप्राविधिक अध्ययन संस्थान, २०६५ सालमा ख्वप कलेज अफ ईन्जिनियरिड्ड र पछि शारदा मा.वि र शारदा कलेज संचालन गरी भक्तपुर नगरपालिकाले कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । सर्वसाधारण जनताका छोराछोरीलाई उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएका यी कलेजहरुमा नेपालका मनाङबाहेक ७६ जिल्लाका हजारौं विद्यार्थीहरुले अध्ययन गरिसकेका छन् र हाल ६५ जिल्लाको ६ हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।

भक्तपुर नगरपालिकाले भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने लक्ष्य लिएर विद्यालय र कलेजहरु स्थापना गरेको हो । यी शैक्षिक संस्थाहरुबाट देशकै लागि आवश्यक प्राविधिक र प्रशासनिक दक्ष जनशक्ति उत्पादन भइरहेको छ । ख्वप विश्वविद्यालयको विधेयक तयारी गरी वि.सं. २०६४ सालमा उक्त विधेयक शिक्षा मन्त्रालयमा दर्ता भयो तर राजनैतिक पूर्वाग्रह र पक्षपातका कारण उक्त विधेयक धेरै ढिला संसदमा पुग्यो । अन्य धेरै विश्वविद्यालयका विधेयकहरु संसदमा पेश भए । २०६८ सालसम्ममा ख्वप विश्वविद्यालयको विधेयकबारे शिक्षा मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबीच लुकामारी नै चल्यो । सो क्रममा भक्तपुर नगरपालिकाले शिक्षा मन्त्रालयमा ताकेता गरिरह्यो र सम्भाव्यता अध्ययनको लागि संसदीय टोली गठन पनि भयो । उक्त टोलीले ख्वप विश्वविद्यालयको पूर्वाधार अध्ययन गरेर सरोकारवालाहरुस“ग छलफल ग¥यो र ख्वप विश्वविद्यालयस“ग पर्याप्त पूर्वाधार भएको निष्कर्ष निकाल्यो । विधेयक सांसदहरुको हात हातमा पुग्यो तर संसदमा औपचारिक रुपमा अझै पेश भएको छैन । राज्यको पुर्नसंरचनासंगै संघीयता अभ्यास गर्ने क्रममा भक्तपुर नगरपालिका ख्वप विश्वविद्यालय स्थापना र संचालन गरी देशको निम्ति महत्वपूर्ण योगदान दिने काममा निरन्तर प्रयासरत छ ।
नेपाल ट्रष्टको नाममा रहेको उक्त जग्गा भक्तपुर नगरपालिकाले नेपाल ट्रष्टस“ग समन्वय गरी आफ्नै लगानीमा चारैतिर पर्खाल लगाई गेटहरुकोसमेत व्यवस्था गरी संरक्षण गर्दै अएको हो । यसर्थ काठमाडौ महानगरपालिकाको यातायात संचालन सम्बन्धी अध्ययन कार्यदलद्वारा भ.न.पा.को सहमतिविना यातायात संचालनसम्बन्धी पेश गरेको प्रतिवेदनलाई भ.न.पा.ले गैरजिम्मेवार र स्थानीय तहको अधिकारमाथि हस्तक्षेपको रुपमा लिएको छ । नेपाल ट्रष्ट नियमावली २०६५ मा ट्रष्टको सम्पत्तिलाई विद्यालय, महाविद्यालय वा विश्वविद्यालय जस्ता शैक्षिक संस्था र स्वास्थ्य संस्था खडा गरी संचालन गर्ने गराउनेलगायतका शैक्षिक क्ष्ँेत्रमा सदुपयोग गर्न उपलब्ध गराउने उल्लेख छ । यसरी ट्रष्टको नियमले समेत शैक्षिक क्षेत्रको लागि नै सदुपयोग गर्ने नियममा व्यवस्था भएको उक्त जग्गामा बसपार्क संचालनको प्रस्ताव नियमसंम्मत छैन । साथै भक्तपुर नगरपालिकाको भौगोलिक र प्रशासनिक कार्यक्षेत्रको सल्लाघारी क्षेत्रमा बसपार्क संचालन गर्ने काठमाडौं महानगरपालिकाको कार्यदलले प्रस्ताव गर्नु संघीयताको मर्म विकेन्द्रीकरणको भावना र स्थानीय स्वायत्तताको सिद्धान्त विपरीतसमेत रहेको प्रष्ट पार्न चाहन्छ ।

काठमाडौं महागरपालिकाले आफ्नो भौगोलिक क्षेत्रमा रहेको बसपार्कलाई भ्यू टावर र अन्य व्यवसायिक प्रयोजनको लागि प्रयोग गरी पैसा कमाउने उद्देश्यले बसपार्कहरु विस्थापित गर्ने र अन्य स्थानीय तहमा बसपार्क स्थानान्तरण गर्ने नियत राम्रो होइन । आफ्नो क्ष्ँेत्रको यातायात व्यवस्था गर्ने काम स्थानीय तहको आफ्नो काम हो । काठमाडौं उपत्यकाको यातायात व्यवस्थापन काठमाडौं उपत्यकाका स्थानीय तहहरुको मात्र नभई नेपाल सरकारकै समस्या हो । यसको समाधानको लागि सरोकारवाला सबै पक्षहरुसंग गम्भीर छलफलको आवश्यकता छ । अनियन्त्रित रुपमा जनसंख्या बृद्धि र अनियन्त्रित रुपमा यातायातको साधन आयात गर्नाले काठमाडौं उपत्यकाको यातायात सम्बन्धी समस्या विकराल बन्दै गएको हो । राजनैतिक दलहरुको निहीत स्वार्थका कारण काठमाडौं उपत्यका झन्झन् अव्यवस्थित हुदै गएको छ । भक्तपुर नगरपालिका काठमाडौं उपत्यकालाई सांस्कृतिक राजधानीको रुपमा स्थापित गरी शिक्षा, स्वास्थ्य, प्रशासनिक र आर्थिकलगायतका गतिविधिहरुलाई देशका विभिन्न ठाउ“हरुमा विकेन्द्रित गर्दै लानुपर्ने पक्षमा छ । देशको सन्तुलित विकासको अवधारणा अनुसार संघीयतालाई अझ बलियो बनाउन समेत देशका सबै भौगोलिक र प्रशासनिक क्षेत्र विकेन्द्रित बनाइनु पर्छ । तसर्थ, कुनैपनि स्थानीय तहले अर्को स्थानीय तहको क्षेत्राधिकार भित्रको विषयमा सम्बन्धित स्थानीय तहको सहमतीविना बोल्न र कुनै कार्य गर्न मिल्दैन । भक्तपुर नगरपालिका उक्त समाचारसंग सम्बन्धित कार्यदल, कार्यदलका पदाधिकारीहरु र काठमाडौं महानगरपालिकालाई समेत सो सम्बन्धमा ध्यानाकर्षण गर्न चाहन्छ ।

भक्तपुर नगरपालिकाको अधिकार क्षेत्रमा काठमाडौँ महानगर पालिकाले कुनै किसिमको हस्तक्षेप गर्ने तफ सोच हुन नसक्ने – काठमाडौँ महानगर उप- प्रमुख खड्गी 

काठमाडौँ महानगर पालिका उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले भक्तपुर सल्लाघारीमा बसपार्क बनाउने बारे बैकल्पिक अध्ययन मात्र भएको बताएकी छन् । काठमाडौँ उपत्यकाका सबै नगरलाई ब्यबस्थित नगरपालिकाको रुपमा बिकास गर्न सबैसंग सहकार्य गर्दै जाने उनले प्रतिवद्धता समेत प्रकट गरेकी छन् ।

भक्तपुर नगरपालिकाले मंगलबार सल्लाघारीमा बसापर्क बनाउने कार्यदलको प्रस्तावप्रति आपत्ति प्रकट गरेको सम्बन्धमा प्रतिक्रिया दिंदै उपप्रमुख खड्गीले उपत्यकाको ट्राफिक ब्यबस्थापन र नगवासीलाई सहजता प्रदान गर्न हामी भक्तपुर लगायत सबै नगरपालिका संग साथ र सहयोग गर्दै जाने प्रतिवद्धता प्रकट गरेकी हुन् ।

उपत्यकाको बातावरणमा सन्तुल कायम राख्न बढ्दो सवारी चापलाई नियन्त्रण गर्न आफ्नो नेतृत्वमा रहेको कार्यदलले विकल्पको रुपमा मात्र सल्लाघारीलाई सम्भावित बसपार्कको रुपमा लिएको र दिगो रुपमा यो समस्यालाइ समाधान गर्न अन्य स्थानहरुको खोजि भैरहेको उनको भनाइ छ।

उपत्यका प्रवेश गर्ने लामा दुरीका सवारीसाधन पूर्वका गाडी पुर्वमा नै र थानकोट बाट प्रवेश गर्ने गाडी चन्द्रागिरी नगरपालिका भित्रै त्यसैगरी दक्षिणकाली भएर प्रवेश गर्ने किर्तिपुर नगरपालिका भित्रै व्यवस्थित बसपार्क बनाउने हो भने सबैलाई सहज हुने उनको तर्क छ । यद्यपी हस्तक्षेपको आफूहरुको मनसाय नरहेको उनले प्रष्ट पारेकी छन् ।

भक्तपुर नगरपालिकाको अधिकार क्षेत्रमा काठमाडौँ महानगर पालिकाले कुनै किसिमको हस्तक्षेप गर्ने तर्फ आफूले सोच्न समेत नसक्ने उनले बताइन । भक्तपुर आफ्नो जन्मभूमी समेत भएको भन्दै काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभाले भक्तपुरकोइच्छा बिपरित कुनै कार्य नहुने बताइन ।

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति आफ्नो स्कूल पढ्दाको कक्षाको साथी समेत भएको भन्दै उनले आफ्नो कार्यदलका कारण भक्तपुर नगरपालिकाको चित्त दुखेकोमा दुख व्यक्त गरिन् । आफ्नो राजनीतिक जीवन मात्र नभई पारिवारिक जीवन भन्दा पनि माथि आफूले भक्तपुरलाई राखेर हेर्ने गरेको दावी गर्दै उनले भक्तपुरको इच्छाबिपरित सल्लाघारीमा एउटा इट्टा पनि नहालिने प्रतिक्रिया दिएकी छन् ।

Loading...