माधव नेपालले नयाँ पार्टी नेकपा एमाले (समाजवादी) खोल्ने , चुनाव चिन्ह सूर्य

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ पार्टी खोल्ने निश्चित भएको छ । एमाले अध्क्षय केपिओलि पक्ष संग मिल्ने वातावरण प्रया टुंगिएको निष्कर्ष किकल्दै वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने तय गरेको छ ।

नेपाल समूहले यस अघि पार्टीको बैकल्पिक नाममा नेकपा एमाले (समाजवादी), नेकपा एमाले (क्रान्तिकारी), नेकपा समाजवादी, नेकपा एमाले (जनवादी), नेकपा (एकीकृत) लगायतका राख्ने बारे छलफल भएको थियो ।

सबैको सहमतिमा पाएपछि अन्तत पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने करिब करिब टुंगोमा पुगेको सो पार्टीका नेताहरुले बताएका छन् ।

पार्टीको नाम नयाँ भएपनि चुनाव चिह्न सूर्य नछाड्ने निष्कर्ष नेताहरुको रहेको छ।