जन–समाजवादी मञ्च, नेपालको केन्द्रीय समितिको राजनीतिक अवधारणापत्र सार्वजनिक

काठमाडौं।  जन–समाजवादी मञ्च, नेपालको केन्द्रीय समितिले राजनीतिक अवधारणापत्र सार्वजनिक गरेको छ ।
मञ्चका संयोजक कृष्णप्रसाद धमला (गम्भीर) ले नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्वले विगतमा लेनदेनमा मात्र सिमित रहेकाले पूर्ण रुपमा क्रान्ति सम्पन्न नभएको आज आयोजित पत्रकार सम्मेलन गरी धारणा ब्यक्त गर्नु भयो ।
उहाँले नेपालमा रहेका सम्पूर्ण कम्युनिष्ट पार्टी र शक्तिहरु एउटै छानामुनी आउन आवश्यक रहेको बताउँदै मञ्चले त्यो अभिभारा पूरा गर्ने स्पष्ट पार्नुभयो ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी परित्याग गरेका नेता कार्यकर्ताको रुपमा वैशाख १ गते सो मञ्च स्थापना भएको हो ।
मञ्चले सार्वजनिक गरेको अवधारणापत्रमा कालापानी, लिपुलेक र लिम्पियाधुराको भूगोललाई कुटनीतिक वार्तामार्फत् यथाशिघ्र फिर्ता गर्नुपर्ने माग राखेको छ ।
यस्तै, १९५० लगायत असमान सन्धिसम्झौताहरु खारेजी, इण्डो प्यासिफिक स्ट्राटेजी (एमसिसी) फिर्ता गर्नुपर्ने, जयसिंह धामीको घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कार्वाही र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत २३ वटा माग राखिएको छ ।
सो मञ्चमा विप्लव माओवादी परित्याग गरेका एक पोलिट्ब्युरो र नौ केन्द्रीय सदस्यहरुसहित ५१ सदस्यी केन्द्रीय समिति गठन गरिएको मञ्चका नेता धनबहादुर महर्जनले जानकारी दिनुभयो ।

Loading...