२० युनिटसम्म बिजुली खपत गर्ने विपन्न ग्राहकहरुले निशुल्क विद्युत पाउने सरकारको निर्णय

 

काठमाडौं ।  मासिक २० युनिटसम्म बिजुली खपत गर्ने विपन्न ग्राहकहरुले निशुल्क विद्युत पाउने उपलब्ध गराउने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सो निर्णय गरिएको जानकारी गराउनु भएको हो ।

मन्त्री भुसालले महसुलबारेको निर्णय विद्युत नियमन आयोगले गर्ने भएकाले आजनै नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले उक्त निर्णय पठाई सकिएको जानकारी दिनु भयो।
सरकारको निर्णयले विपन्न जनतालाई लक्षित गरि राहत दिनका लागि यस्तो निर्णय लिएको उहाले बताउनु भयो।
आज गरिएको निर्णय अनुसार महिनामा २० युनिट मात्रै खपत गर्नेले ३० रुपैयाँको डिमान्ड शुल्क मात्रै भुक्तानी गर्दा हुने भएको छ ।

विद्युतीय गाडीमा अन्त:शुल्क खारेजीदेखि भन्सार शुल्कमा छुट सम्म –

सरकारले २०३० सम्म पेट्रोल/डिजल गाडी बिस्थापित गर्ने लक्ष्य लिएको छ।
मन्त्री भुसालले विद्युतको उपभोग बढाउनका लागि सबै उपाय अपनाइने बताउँदै आयोजनाहरुमा बाहेक सबैतिर विद्युतीय गाडी खरीद गर्ने बताउनु भयो ।

त्यसै अनुशर चालु बर्षको बजेटमा विजुली गाडीमा अन्त:शुल्क खारेजीदेखि भन्सार शुल्कमा छुट पनि दिने भएको छ।

यस्ता सवारी साधन सहज संचला तथा प्रोत्साहन दिन यसै वर्ष ५० वटा चार्जिङ स्टेसन निर्माण गर्ने योजना अघि सार्नु भएको छ ।

Loading...