भाषण गरिरहेका बेला कालो झण्डासहित नारा लाउनेलाई सुरक्षाकर्मीले केही नगरेपछि प्रम ओली रिसाउँदै दिए समात्न आदेश

बुटवल, ७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिवार बुटवलमा कालोझण्डा देखाइएको छ ।  जितगढी विजयी उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गरेका प्रधानमन्त्री ओलीलाई एक युवाले कार्यक्रम स्थल प्रवेश गरेर कालोझण्डा देखाएका हुन् । खचाखच भरिएको मञ्च भन्दा झण्डै ५० मिटर अगाडि एक्कासी प्रवेश गरी अर्घाखाँचीका रुद्र घिमिरे ‘उजिरसिंह जिन्दावाद, हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै कार्यक्रम स्थल […]

बालुवाटारको जग्गा किनेको पौडेलद्वारा स्वीकार, छानविनबाट हुने निर्णय स्वीकार गर्ने घोषणा

काठमाडौं, ६ वैशाख । बालुवाटारको सरकारी जग्गा गोप्य रुपमा व्यक्तिका नाममा गरी बेचिएको सन्दर्भमा जोडिएका सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासविच बिष्णु पौडेलले आफूले त्यो जग्गा खरिद गरेको स्वीकार गरेका छन् । उनले बालुवाटारको ८ आना जग्गा किनेर आफ्नो छोरा नविन पौडेलको नाममा राखेको पनि स्वीकार गरेका छन् । उनले खरिद गरेको […]

विप्लवका दुई केन्द्रीय सदस्य गिरफ्तार

काठमाडौं, ६ बैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई जना केन्द्रीय सदस्य गिरफ्तार भएका छन् । सो पार्टीका केन्द्रीय सदस्य चुडामणी ओली आदर्श र चन्द्रबहादुर खड्का असललाई प्रहरीले दाङबाट गिरफ्तार गरेको हो । रोल्पा घर भएका ओली सो पार्टीका न्याय विभाग प्रमुख समेत हुन । त्यस्तै सल्यान घर भएका खड्का पार्टीमा प्रभावशाली […]

भाषण गरिरहेका नेतामाथि मञ्चमै हानियो थप्पड

काठमाडौं । भारतीय लोकसभाको चुनावको क्रममा नेताहरुमाथि आक्रमण गर्ने क्रम बढेको छ । यसैक्रममा शुक्रबार गुजरातमा भारतीय कांग्रेसका युवा नेता हार्दिक पटेलमाथि मञ्चमै आक्रमण भएको छ । गुजारतको सुरेन्द्र नगरमा भएको चुनावी ¥यालीपछि आयोजित सभामा पटेलमाथि आक्रमण भएको हो । सभालाई सम्बोधन गरिरहेका पटेललाई एक व्यक्तिले मञ्चमै पुगेर गालामा झापड हानेका हुन् । पटेल त्यतिबेला […]

मर्दी हिमाल ट्रेकः एक अविस्मरणीय अनुभूती

मर्दी हिमाल ट्रेक हाम्रा लागि नौलो थिएन । किनकि दुई वर्ष पहिले मेरो कान्छो भाइ आफ्ना साथीहरुसँग मर्दी हिमालको यात्रामा गइसकेको थियो । त्यस्तै, अघिल्लो वर्ष मास्टर डिग्रीको थेसिसको क्रममा नर्वेबाट नेपाल आएको मौका छोपी मेरो दाइले पनि मर्दी हिमाल घुमेर भ्याइसक्नु भएको थियो । यसप्रकार दाइ र भाइ दुवै मर्दी हिमाल टे«कमा पहिल्यै गइसकेकाले […]

रसुवागढी र साञ्जेनमा सभामुख र उर्जामन्त्रीका परिवारले नै दिए हजारौ कित्ताको सेयर आवेदन

काठमाडौं, ६ बैशाख । सभामुख कृष्णबहादुर र उर्जामन्त्री वर्षमान पुनले आज शुक्रबार जारी भएको रसुवागढी र साञ्जेन हाइड्रोपावरमा साधारण सेयरका लागि आवेदन दिएका छन् । सभामुख र उर्जामन्त्रीले आफूसँगै आफ्ना परिवारका सदस्यका नाममा पनि आफू बराबर नै सेयर आवेदन दिएका छन् । सभामुख कृष्णबहादुर महराले रसुवागढी जलविद्युत कम्पनीको १ लाख बराबरको १ हजार कित्ता र […]

दैनिकजसो पानी र चट्याङ, पहिलेभन्दा यो वर्ष प्री मनसुन सक्रिय

काठमाडौं । यसपटक अपेक्षा गरिएभन्दा माैसम फरक देखिएपछि यसबारे अनेक विश्लेषण भएका छन् । केही दिनदेखि दिनहुँजसाे देशका विभिन्न भागमा पानी परिरहेकाे छ । अाज पनि देशका पहाडी भू–भागमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो वर्षको मनसुन अघिको अवस्था अर्थात् प्रिमनसुन सक्रिय देखिएको छ । पोहोर परारको तुलनामा यो वर्ष मनसुन अघिको […]

साइबर क्राइममा पक्राउ परेका पत्रकार गिरी रिहा, पाउलान त क्षतिपूर्ती

काठमाडौं । समाचार लेखेकै कारण साइबर क्राइमको मुद्दा खेपेका पोखराका पत्रकार अर्जुन गिरीलाई रिहा भएका छन् । अधिवक्ता स्वागत नेपाल लगायतको बहसपछि काठमाडौँ जिल्ला अदालतले आदेश आएको हो । यसअघि प्रेस काउन्सिलका कर्मचारीको लापरवाहीका कारण पत्रिका दर्ता नभएको पत्र कोही व्यक्ति विशेषलाई दिँदा त्यसलाई नै टेकेर विपिन बतासले पत्रकार गिरीविरुद्ध जाहेरी दिएका थिए । अदालतको […]

रथ तान्नका लागि भक्तपुरमा ठूलो झडप, घरमा ठोक्कियो रथ, ९ घाइते

काठमाडौं । भक्तपुरमा गएराति बिस्केट जात्राको रथ तान्ने क्रममा ढुंगा हानाहान हुँदा ९ जना घाइते भएका छन् । गहिटीबाट रथ अघि बढाउने क्रममा तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाबीच विवाद भएपछि ढुंगा हानाहान भएको हो । गःहिटीबाट तल्लो र माथिल्लो बासिन्दाले तान्न शुरु गरेको रथलाई माथिका बासिन्दाले वंशगोपाल पुर्याएर एउटा घरमा रथ ठोक्किएपछि तनावको स्थिति उत्पन्न […]

घरमा प्रहरी गिरफ्तार गर्न आएपछि पूर्वराष्ट्रपतिले आफैलाइ गोली हानेर गरे आत्महत्या

काठमाडौं, ५ वैशाख । भ्रष्टाचार आरोप लागेका पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाले गोली हानी आत्महत्या गरेका छन् । पक्राउ गर्न प्रहरीहरु निवासमा आएपछि उनले आफैंलाई गोली हानेर आत्महत्या गरेको बीबीसीले जनाएको छ । प्रहरी घरमा आएपछि उनी फोन गर्न भन्दै अर्को कोठामा गएका थिए । त्यसपछि उनले ढोका बन्द गरे । उनी रहेको कोठाभित्र गोली चलेको […]