रसुवागढी र साञ्जेनमा सभामुख र उर्जामन्त्रीका परिवारले नै दिए हजारौ कित्ताको सेयर आवेदन

काठमाडौं, ६ बैशाख । सभामुख कृष्णबहादुर र उर्जामन्त्री वर्षमान पुनले आज शुक्रबार जारी भएको रसुवागढी र साञ्जेन हाइड्रोपावरमा साधारण सेयरका लागि आवेदन दिएका छन् । सभामुख र उर्जामन्त्रीले आफूसँगै आफ्ना परिवारका सदस्यका नाममा पनि आफू बराबर नै सेयर आवेदन दिएका छन् ।

सभामुख कृष्णबहादुर महराले रसुवागढी जलविद्युत कम्पनीको १ लाख बराबरको १ हजार कित्ता र साञ्जेन जलविद्युत् कम्पनीको ५० हजार बराबरको ५०० कित्ता बराबरको आवेदन दिएका छन् । साथै उनकी धर्मपत्नी सीता महराको नाममा पनि रसुवागढीमा १ लाखबराबरको १ हजार कित्ता र साञ्जेनको ५० हजार बराबरको ५ सय कित्ता बराबरको सेयरमा आवेदन दिएइएको छ ।

त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले पनि रसुवागढीमा १ लाख बराबरको १ हजार कित्ता र साञ्जेनमा ५० हजारबराबरको ५ सय सय कित्ता साधारण सेयरमा आवेदन दिएका छन्। उनकी धर्मपत्नी तथा पूर्वसभामुख ओनसरी घर्ती मगरले पनि रसुवागढीमा १ एक लाख बराबरको १ हजार कित्ता र साञ्जेनमा ५० हजारको ५०० कित्ता साधरण सेयरमा आवेदन दिएकी छन् ।

पछिल्लो समय हाइड्रोको प्राथमिक सेयर अपेक्षित रुपमा बिक्री हुन सकेको छैन । यस्तो अवस्थामा त्रिसुलीमा प्रधानमन्त्री र अहिले सभामुख र उर्जामन्त्रीबाटै ठूलो मात्रामा साधारण सेयर आवेदन गर्न लगाउनुलाई सेयर बिकाउने सरकारी रणनीतिका रुपमा लिइएको छ ।

रुसुवागढी र साञ्चेन हाइड्रोपावर कम्पनीमा आजै प्राथमिक सेयर आवेदन खुलेको हो । साञ्जेनको ४९ लाख ८२ हजार २ सय ५० कित्ता साधारण सेयर खुलेको छ । त्यसैगरी रसुवागढी हाइड्रो पावरमा ९३ लाख ३९ हजार ४ सय ६७ कित्ता साधारण सेयरको आवेदन खुलेको छ । यी दुबै कम्पनीमा गरी शुक्रबार कूल १ करोड ४३ लाख २१ हजार ७ सय १७ कित्ता साधारण सेयरको आवेदन खुल्ला भएको हो।

सरकारले जनताको जलविद्युत् कार्यक्रममा यी दुई आयोजनालाई भर्खरै मात्र समावेश गरेको थियो। साञ्जेनले रसुवा जिल्लामा रहेको १४.८ मेगावाटको साञ्जेन माथिल्लो र ४२.५ मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाको निर्माण भइरहेको छ । दुवै गरी ७० प्रतिशत निर्माण समेत समपन्न भइसकेको छ। रसुवागढीले १११ मेगावाट क्षमताको रसुवागढी क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। यसको निर्माण कार्य पनि ७० प्रतिशतभन्दा माथिको छ।

यस कार्यक्रममा न्यूनतम १० कित्ता पनि आवेदन दिन मिल्छ अर्थात् सर्वसाधारणले १ हजार रुपैयाँभन्दा माथिको लगानी गर्न सक्नेछन्। आवेदकहरुले बढीमा ५ हजार कित्तासम्म सेयर खरिदको आवेदन दिन पाउने छन् ।

Loading...