मर्दी हिमाल ट्रेक हाम्रा लागि नौलो थिएन । किनकि दुई वर्ष पहिले मेरो कान्छो भाइ आफ्ना साथीहरुसँग मर्दी हिमालको यात्रामा गइसकेको थियो । त्यस्तै, अघिल्लो वर्ष मास्टर डिग्रीको थेसिसको क्रममा नर्वेबाट नेपाल आएको मौका छोपी मेरो दाइले पनि मर्दी हिमाल घुमेर भ्याइसक्नु भएको थियो । यसप्रकार दाइ र भाइ दुवै मर्दी हिमाल टे«कमा पहिल्यै गइसकेकाले बुवा र म मा पनि मर्दी हिमाल घुम्न जाने स्वभाविक इच्छा जाग्यो । बुवाको अलि अलि घुँडा दुख्ने समस्या भएकोले ममी भने बुवालाई किन घुम्न जानु प¥यो भन्दै हुनुहुन्थ्यो । उता दाइ र भाइ भने हामीलाई घुम्न जानको लागि उक्साइरहने । मलाई मेरा अरु साथीहरुले पनि मर्दी हिमाल ट्रेक जाउँ भन्दै थिए । यसो सोचे साथीभाइसँग घुम्न जाने मौका त बारम्वार आइरहन्छ तर बुवासँग ट्रेकिङ जाने अवसर त विरलै आउँछ । त्यसमाथि बुवाले मर्दी हिमाल ट्रेक जाने साह्रै रहर पनि गरिराख्नुभएको थियो । त्यसैले म बुवासँग नै मर्दी हिमाल ट्रेक जाने मनस्थिति बनाए ।
बुवा र म कार्तिकको १८ गते मर्दी हिमाल घुम्न निस्कियाैं । त्यसदिन विहान बुवा र दाइ नाइट बसमा काठमाण्डौंबाट पोखरा आउनु भएको थियो भने म पोखरा घरमै थिए । विहान ८ बजेतिर बुवा, आमा र दाजुभाइको सल्लाहपछि तिहार नजिकै आइसकेकाले त्यही दिन ट्रेकिङमा निस्कने कुरो फाइनल भयो । तर, ट्रेकिङको लागि चाहिने आवश्यक तयारी भने भएको थिएन । त्यसैले दाइ र म ट्रेकिङका लागि आवश्यक कपडा, जुत्ता र अन्य सामग्री किन्नका लागि विहान ९ बजेतिर लेकसाइड गयौँ । हतारहतारमा हामीले आवश्यक सपिङ ग¥यौं र घरबाट त्यस्तै २ः३० बजेतिर यात्राका लागि निस्कियौँ ।
पोखराबाट मर्दी हिमाल ट्रेक काँडे र सिदिङ गरी दुईवटा रुटबाट जान सकिन्थ्यो । हामीले सिदिङ हुँदै जाने निर्णय ग¥यौँ । त्यसैले पहिले हामी गाडी चढेर हरिचोक हुँदै हेम्जाको मिलनचोक पुग्यौं । हामी त्यहाँ पुग्दा सिदिङ जाने अन्तिम जीप छुट्नै लागेको रहेछ । हामी हतार हतार त्यही जीप चढ्यौँ । जीपको पछाडि सामानका बोराहरुसँग अटेसमटेस गर्दै हामी सैदीघट्ट भन्ने ठाउँसम्म पुग्यौँ । त्यसपछि अगाडिका सिटहरु खाली भएँ र अगाडिका सिटमा आरामले बस्दै ड्राइभर दाइसँग गफिदै अगाडि बढ्यौं ।
जीपका ड्राइभर ललितपुरको गोदावरीका मान्छे रहेछन् । उनले खोलैखोलाको बाटो गाडी कुदाए । खोलो बग्ने बाटो नै गाडी हिड्ने बाटो रहेछ । अनि त्यही खोलाको पानी चाहिँ पोखराबासीले पिउदा रहेछन् । कस्तो अचम्म ! त्यसपछि गाडी उकालो चढ्न थाल्यो । साह्रै साँघुरो, अप्ठेरो र ठाडो उकालो अनि कच्ची बाटो । तर ड्राइभर दाइले यति कुशलता र आत्मविश्वासका साथ गाडी चलाउनुभयो कि हामी त उहाँदेखि छक्कै प¥यौ । त्यस्तै, साँझको ६ बजे हामी सिदिङ पुग्यौँ र एक होटलमा रात बितायौँ ।
भोलिपल्ट बिहान ५ः३० बजेको अँध्यारोमै टर्चलाइटको सहायताले लो क्याम्पका लागि हिड्न सुरु ग¥याैं । बाटोेमा एक जना १२ कक्षामा पढ्ने विद्यार्थी भाइ भेटिए । उनी सागका मुठा डोकोमा बोकेर बेच्नको लागि सिदिङबाट हाईक्याम्प जादैँ रहेछन् । श्रम गर्दै पढ्दै गरेका उनीबाट हामी विश्वविद्यालय–क्याम्पसमा पढाउने बाउ–छोरा प्रभावित नहुने त कुरै भएन । हामीले उहाँको कामको खुलेरै प्रशंसा ग¥यौँ । एकातिर काम गर्दै पढ्नुपर्ने स्थितिका हाम्रा विद्यार्थीहरु अनि अर्कोतिर बर्षेनी महङ्गिदै गइरहेको नेपालको उच्च शिक्षा र विश्वविद्यालय शिक्षा । कताकता यी दुई कुराबीच सङ्गति नमिले जस्तो लाग्यो हामीलाई । हामीले केही समय उनकै रफ्तारमा हिड्ने कोसिस ग¥यौँ तर त्यो ठाडो उकालोमा हामीलाई पछि छाड्दै उनी एकैछिनमा हामीबाट धेरै अगाडि बढे । बुवा र म नेपालको शिक्षा प्रणाली, पर्यटन, विकास, राजनीति, अर्थव्यवस्था र यस्तै यस्तै विषयमा गफिदै घना जङ्गलको बाटो हुँदै उकालो चढिरह्यौँ । यसरी ३ घण्टाको एकोहोरो हिँडाइ पछि हामी १९०० मिटरको सिदिङबाट २९७० मिटर उचाइमा अवस्थित लो क्याम्प पुग्यौँ ।
हामी लो क्याम्प पुग्दा आकाश पूरै खुलेको थियो । सामुन्ने निकै मनमोहक रङ्गीचङ्गी जङ्गल र टलक्क टल्केको माछापुच्छ्रे हिमाल देखिन्थ्यो । तर, १–२ मिनेटमै कता कताबाट बादल आएर पूरै हिमाल र वरपरलाई ढाकिदियो । त्यो देख्दै अनौठो लाग्यो । लो क्याम्पमा बस्न र खानको लागि सुविधासम्पन्न होटेलहरु रहेछन् । हामीले खानाको अर्डर ग¥यौैैँ । होटेलका साहूजीका अनुसार दशै–तिहारको समयमा दिनमै सात आठ सय नेपाली तथा विदेशी पर्यटकहरु मर्दी हिमाल ट्रेकका लागि आउँदा रहेछन् । पछिल्ला वर्षहरुमा नेपालीहरु, खासगरी युवायुवतीहरुका माझ यो गन्तव्य निकै लोकप्रिय भएको रहेछ । त्यहाँ हामीले पोखराको एक कलेजका ब्याचलर इन पब्लिक हेल्थका अन्तिम वर्षका विद्यार्थीहरु, चितवनको एक कलेजका स्नातक तहका विद्यार्थीहरु र पोखराकै एक स्कूलका कक्षा १० का विद्यार्थीहरु गु्रपमै घुम्न आएको देख्यौँ । त्यस्तै भर्खर विहे गरेका नव दम्पति जोडीहरुलाई पनि हामीले त्यहाँ देख्याैं । यसलाई हामीले नेपाली नयाँ पुस्तामा घुमफिरको संस्कृति विकसित हुँदै गरेको सङ्केतका रुपमा अथ्र्यायौँ ।
लो क्याम्पमा सादा खाना खाइवरी हामी ११ बजेतिर मिडल क्याम्प अर्थात बादले डाँडाका लागि प्रस्थान ग¥यौं । बाटोमा थुप्र्रै विदेशी पर्यटकहरु भेटिए । त्यसरी भेटिने विदेशी पर्यटकहरुमा क्यानडा, दक्षिण कोरिया, न्यूजिल्याण्ड, जर्मनी, रसिया, थाइल्याण्ड, अष्ट्रेलिया त कोही पोर्चुगलका नागरिकहरु थिए । उनीहरु कोही एक्लै, कोही श्रीमान् श्रीमती, कोही बच्चाबच्चीसहित त कोही ठूलो गु्रपमा पदयात्रा गर्दै थिए । बाटोमा भेटेजति सबैले एक अर्कालाई नमस्ते भन्दै, अघिपछि हिंड्ने विदेशी पर्यटकसँग गफिदै हामी उकालो चढिरह्यौँ । सबै विदेशी पर्यटकले नेपाल, यहाँको पदयात्रा र नेपाली आतिथ्यको मुक्त कण्ठले प्रशंसा गरे । कसैमा केही गुनासो थिएन, मात्र प्रशंसा सबैबाट । यसरी हामी झण्डै दुई घण्टाको हिँडाइपछि बादले डाँडा पुग्यौं ।
बादले डाँडा पुग्दा वरपर जता हेरे पनि चारैतिर बादलले ढाकेको थियो । कुनै कुनै बेला यसो बादल हट्थ्यो र फेरि बादल लागिहाल्थ्यो । यात्रा साँच्चै रोमाञ्चक थियो । बादले डाँडामा केही समय विश्राम गरी हामी हाइ क्याम्पतर्फ उकालो लाग्यौँ । हामी जति उकालो लाग्दै गथ्र्यौ, त्यति जङ्गल पातलो हुँदै गइरहेको थियो । माथि माथि त जङ्गल सकिएर घाँसे मैदानको पहाड मात्र बाँकी रह्यो । बीचमा चौरीका बथान भेटिए । चौरी चरिरहेका तथा गधा खच्चडहरु सामान ओसारिरहेको पनि देखियो ।
यी सबै दृष्यहरु हाम्रो यात्रामा भेटिदै अनि छुटिदैं गइरहेका थिए । यसरी भण्डै अर्को २ घण्टाको हिँडाइ पछि हामी हाइक्याम्प पुग्यौँ । त्यहाँ हामीले भर्खरै सञ्चालनमा आएको नमस्ते होटेलमा बास बस्ने निधो ग¥यौँ । हाइ क्याम्पमा पनि होटलको राम्रो व्यवस्था रहेछ । हाइ क्याम्पसम्म पुग्दा शरीरमा कुनै थकान थिएन, मात्र उत्साह थियो । तर, चिसो भने महशुस भइरहेको थियो । चारैतिर बादल लागिरहेको थियो । अगाडि के छ अत्तोपत्तो थिएन । तर, एक्कासी केही छिनको लागि आकाश खुला हुँदा साँझमा पनि यति राम्रो माछापुच्छ्रे हिमाल देखियो, जसलाई वर्णन गर्ने कुनै शब्द नै थिएन ।
त्यसदिन साँझ ७ बजे खाना खाइयो । अर्को टोली भने खानाका साथसाथै स्थानीय रक्सी झान्नी पनि खाँदै थिए । खाना खाइवरी भोलि बिहान ४ बजे माथि बेस क्याम्प हिँड्ने भन्दै बुवा र म सुत्यौँ । बुवा त १–२ घण्टा निदाउनु भएछ तर मलाई त रातभरमा एक मिनेट पनि निद्रा लागेन । खै के ले हो बुझ्न सकिएन ।
त्यसैले भोलिपल्ट विहान ३ बजे नै रुमबाट बाहिर निस्की नित्यकर्मतिर लागियो । एउटा टोली त ३ बजे नै टर्चलाइट बाल्दै माथि उकालो चढ्न थालिसकेछ । टर्चलाइटको झिमिकझिमिक उज्यालो माथि उकालो चढिरहेको दृश्य आफैमा नौलो र मनमोहक थियोे । हामी पनि तातो पानी पिउँदै अरु टोलीहरुलाई उठाउनतिर लाग्यौँ । र, टर्चलाइटको साहाराले ठीक ४ बजे सुर्योदय हेर्नका लागि बेस क्याम्पतिर उकालो लाग्न सुरु ग¥र्यौ ।
बाटो कतै कतै ठाडै उकालो पनि थियो । छामछुम गर्दै लौरोको आडमा हामी उकालो चढिरह्याँै । उकालो चढ्दै जाँदा धेरै मान्छे अघिपछि भइरहन्थे । त्यसबेला पदयात्रा होइन कि कुनै मेला भर्न मान्छेको भीड अघि बढिरहेजस्तो लाग्थ्यो । यसरी पूरै अँध्यारोमा लगातार उकालो चढिरह्यौं । ६ बजेतिर अलि अलि उज्यालो हुन लाग्यो । त्यतिबेला हामी लोवर भ्यू प्वाइन्ट पुगेका थियौ । धेरैजसोले त्यहीबाट सुर्योदय हेर्ने भए । हामीले अपर भ्यू प्वाइन्टबाट सुर्योदय हेर्ने निधो ग¥र्यौ र हतार हतार अघि लम्क्याैं । अपर भ्यू प्वाइन्ट पुग्ने र सुर्योदय हुने सँगसँगै जस्तो भयो ।
त्यो दृश्य निकै मनमोहक थियो । माछापुच्छ्रे हिमचुली र अन्नपूर्ण साउथमा सूर्यको पहिलो लाली पर्दाका दृश्य अभूतपूर्व थिए । त्यहाँ फहराइरहेको नेपालको झण्डाले साँचो राष्ट्रियताको महशुस गराउँथ्यो । त्यहाँ एकैछिनमा एकदम चिसो हावा चल्ने अनि घामको न्यानो स्पर्शले पोल्ने पनि । साँच्चै त्यहाँ पुग्दा मनमा अपार आनन्दको अनुभूति भयो ।
त्यहाँबाट मर्दी हिमाल बेस क्याम्प झण्डै ३० मिनेट टाढा रहेछ । अपर भ्यू प्वाइन्ट ४३०० मिटर उचाइमा अवस्थित रहेछ भने बेस क्याम्प ४५०० मिटर उचाइमा । त्यसपछि हामी बेस क्याम्पका लागि प्रस्थान ग¥यौँ ।
बेसक्याम्पमा केही समय बसियो । निकै नजिकबाट हिमाल हेरियो । जति हेरे पनि हिमालको दृष्य धितै नमर्ने । केही फोटोहरु खिचिवरी हामी हाइक्याम्पतिरै फर्कियौ । ओर्लदै गर्दा पछाडि फर्केर हिमाल, पहाड र खोँच हेर्न मन लागिरहेको थियो । जति हेरे पनि धित नमर्ने । त्यो परिवेशको सौन्दर्यले आँखालाई झिमिक्कसम्म पनि गर्न दिएन । त्यहाँ मलाई साँच्चै नेपाल हिमालको देश नै रहेछ भन्ने अनुभूति भयो ।
हामी अँध्यारोमै उकालो चढेका थियौ । त्यसैले त्यसको जटीलता त्यति ख्याल भएको थिएन । ओरालो झर्दा भने यस्तो उकालो कसरी चढिएछ भन्ने अनुभूति भइरह्यो । हरेक नयाँ नयाँ ठाउँबाट माछापुच्छ्रे र अरु हिमालको दृष्य विशेष लागे । जहाँबाट पनि हिमालको फोटो खिच्न मन लागिरहने । जति फोटो खिचे पनि मन नअघाउने । साँच्चै विचित्रको अनुभूति !
पछि फर्केर हिमाललाई हेर्दै हेर्दै हामी तल ओर्लियौं । हिमाललाई नजिकैबाट नहेरिकन यदि कसैले नेपाल चिनेको छु भन्छ भने त्यो ठूलो भ्रम हो रहेछ भन्ने मलाई अनुभूति भयो । हिमाललाई बुझ्न यसलाई जतिसक्यो नजिकबाट हेर्नुपर्ने रहेछ । किताबका पानामा पढेर यसलाई कहिल्यै महशुस गर्न नसकिने रहेछ ।
यसप्रकार हिमाललाई पछि छोड्दै हामी १०ः१५ मा हाई क्याम्प आइपुग्यौँ । अघिल्लो दिन ८ः३० मै लुकेका हिमालहरु आज १०ः३० सम्म पनि खुला आकाश मुनि पूरै खुलेका थिए । त्यसपछि भोक र थकाइले लखतरान परेका हामी बाउ छोराले पारिलो घाममा सेकिदै रोटी सेट खाइयो– उही नमस्ते होटलमा । ठीक ११ः०० बजे कता कताबाट बादल आएर हिमाल फेरि ढाकियो । हामी हाइ क्याम्पबाट मिडलक्याम्प, लो क्याम्प, फरेस्ट क्याम्प, देउराली, पथना, अष्ट्रेलियन क्याम्प, काँडे हुँदै त्यही दिन पोखरा झर्ने निर्णयमा पुग्यौँ । अब प्रायः ओरालो मात्र । हामी १ः०० बजे सम्ममा लो क्याम्प आइपुग्यौँ । यतिसम्म सबै ठीक थियो ।
उकालो चढ्न जति सजिलो हुन्छ, ओरालो झर्न त्यति गाह्रो । विस्तारै बुवाको घुँडा दुख्न थाल्यो । मेरो पनि घुँडा दुख्न थाल्यो । दुबैले मुभ लगायौँ तर त्यसले छिस्स पनि काम गरेन । जति ओरालो झर्दै गयो, त्यति घुँडा दुख्दै जाने । त्यसका बावजुत फरेस्ट क्याम्पसम्म सहजै आइपुगियो । पूरै घना जङ्गलको बाटो । फरेस्ट क्याम्पको एउटा होटलमा खाजा खायौं । अनि त्यहाँबाट फेरि बाटो लाग्यौ । बाटोमा फरेस्ट क्याम्प हुँदै लो क्याम्प गइरहेका थुप्रै विदेशी टोली भेटिन्थे ।
बुवा त सामान्य तरिकाले नै हिँड्दै हुनुहुन्थ्यो तर मेरो पहिले दाहिने अनि पछि देब्रे दुबै घुँडा जोडले दुख्न थाल्यो । एक पाइला पनि तल सार्न नसकिने भयो । दुईवटा पेनकिलर खाँदा पनि कुनै असर गरेन । घुँडा दुखेको दुख्यै भयो । म त्यसअघि पनि धेरै पटक हाइकिङमा गएको थिए । तर, यसरी घुँडा दुख्ने कहिल्यै भएको थिएन । यसपटक भने एक पाइला पनि तल ओर्लन नसक्ने अवस्थामा म पुगेँ । बीचमा एउटा गोठ भेटियो । हामी त्यही गोठतिर गयौ । गोठमा एक–एक गिलास मन तातो दुध खायौं । बुवाले यतै गोठतिर बसौं भन्दै हुनुहुन्थ्यो । त्यसभन्दा तल देउराली, पथना र अष्ट्रेलियन क्याम्पमा पनि बसौँ भन्दै हुनुहुन्थ्यो । तर, किन किन मलाई जति गाह्रो भए पनि पोखरा घरमै फर्किउ भन्ने लाग्यो । त्यसपछि मत जति दुख्छ, उति जोडले हिँड्न थाले । सायद दुखाइको सीमा नै नाघेछ क्यारे । यसरी पूरै अँध्यारोमा दुईटा लौरीको साहरा लिँदै देउराली, पथना, अष्ट्रेलियन क्याम्प हुँदै ८ बजे राति काँडे झरियो, झण्डै १६ घण्टाको हिँडाइपछि । त्यहाँ खाजा खाइवरी मुस्ताङबाट आएको नाइट गाडीमा चढेर राति १०ः०० बजे बुवा र म पोखरा घर आइपुग्यौं । अनि आमाले पकाउनुभएको तातो भातमा घ्यू खाएर मर्दी हिमाल ट्रेकलाई भव्यताका साथ सम्पन्न गरियो ।
समग्रमा भन्दा सबै अनुभूतिले भरिपूर्ण हामी दुई बाउ छोराको मर्दी हिमाल पदयात्रा बेजोड र अविस्मरणीय रह्यो । सायद बुवासँग पदयात्रामा जान पाउनुले पनि होला, यो पदयात्रा अहिलेसम्मका सबै घुमफिरहरु भन्दा उत्कृष्ट रह्यो ।