उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पद्म ज्योतिलाई पक्राउ गर्न अदालतको वारेन्ट

काठामडौं, २५ कार्तिक । उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा उद्योगी पद्म ज्योतिलाई पक्राउ गर्न अदालतले आदेश दिएको छ । प्रहरीको माग अनुसार काठमाडौ जिल्ला अदालतले उनका नाममा पक्राउ पुर्जी जारी गरेको हो।

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले दिएको जानकारीअनुसार केही दिन अघि पक्राउ परेका व्यवसायी रूप ज्योतिका दाजु पद्म ज्योतिलाई सोमबार अदालतले पक्राउ पुर्जी जारी गरेको हो।

रूप ज्योति पक्राउ परेको ल्यान्डमार्क जग्गा लेनदेन प्रकरणमै पद्म ज्योतिलाई पनि पक्राउ पुर्जी जारी गरिएको हो। पद्म ज्योति नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन्। उनी ज्योति ग्रुपका अध्यक्ष हुन्।

रूप ज्योतिलाई प्रहरीले कात्तिक २१ गते त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो। उनलाई हिरासतमा अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट दुई पटक म्याद थपेको छ।

सोही मुद्दामा रूप ज्योतिकी छोरी सुरूची पनि पक्राउ परेकी छन्।