टुँडिखेलमा माघी महोत्सव

काठमाडौं । थारु समुदायको नयाँ आर्थिक वर्ष माघीको अवसरमा अाज बुधबारदेखि टुँडिखेलमा ‘माघी महोत्सव’ सुरु हुने भएको छ। दुई दिनसम्म चल्ने महोत्सवको अाज दिउसाे १ बजे पूर्वप्रधानमन्त्री एवं नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सव मूल आयोजक समितिका संयोजक कनुलाल चौधरीले बताए। उनका अनुसार विहान १०:३० बजे बसन्तपुरबाट झाँकी र्‍यालीको […]

सामूहिक बलात्कारका चार दोषीलाइ ७ दिनपछि झुण्ड्याइदै, मृत्युदण्डअघि परिवारलाइ भेटन दिइने

काठमाडौँ । भारतको तिहाड कारागारका अधिकारीहरुले निर्भया सामूहिक बलात्कार घटनाका चारजना दोषीहरुलाई मृत्युदण्डभन्दा पहिले अन्तिम पटक आफ्नो घरपरिवारका सदस्यसँग भेट्न चाहेकोबारे सोधपुछ गरेका छन् । टाइम्स अफ इण्डियाले कारागार श्रोतलाई जनाउँदै आफ्नो रिपोर्टमा लेखेको छ, ‘२० जनवरी अर्थात फासी हुने दुईदिन अघिसम्म दोषीहरुलाई परिवारका सदस्यसँग भेटघाटका लागि अनुमति दिइने छ ।’ कारागारका अधिकारीले भनेका छन् […]

भोट माग्न मात्र नेपालमण्डलको पहिचान देखाउन प्रदेश संसद उभिएः श्रेष्ठ

  काठमाडौँ , २९ पुस । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले ३ नम्बर प्रदेशको नामाङ्कनका सन्दर्भमा कतिपय दलका नेताहरु भाेट बैंकका लागि मात्र उभिएकाे अाराेप लगाएका छन । प्रदेश तीनकाे नामाकरण ‘नेवाः ताम्सालिङ’ वा ‘नेपाल मण्डल’ राख्नुपर्ने पक्षमा रहेका प्रदेशका सांसदहरु वास्तविक रुपमा भित्रैदेखि यसकाे पक्षमा लागेकाे नभइ आगामी निर्वाचनमा पुनः निर्वाचित हुनकै लागि देखा […]

दूरसञ्चार प्राधिकरणको अनुरोध, टावर हान्ने काम बन्द गर्नुस!

काठमाडौं, २९ पुस। सोमबार काठमाडौंका दुई स्थानमा रहेका एनसेलका टावरमा आगजनी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका छैमले र तारकेश्वर नगरपालिकामा रहेको टावरमा क्षति पुगेको प्रहरीले जनाएको छ । आगजनीको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन । एनसेलका अनुसार सन् २०१९ मा मात्रै ३० जिल्लाका ५० भन्दा बढी टावरहरुमा आगजनी भएको छ । “सन् २०१९ […]

अर्थमन्त्री खतिवडाद्वारा तीन आयोजनाको एकै दिन निरिक्षण,

काठमाडौं, २९ पुष । अर्थमन्त्री डा. युवराज खतिवडाले एकैदिन तीन ठुला आयोजनाको निरिक्षण गरेका छन । उनले विमानस्थल, रेलवे र द्रुतमार्ग निर्माणको लागि बजेट अभाव हुन नदिने घोषणा समेत गरेका छन । बारामा र धनुषामा निर्माणाधीन भौतिक पूर्वाधारको अवलोकन निरीक्षण गर्दै अर्थमन्त्री खतिवडाले सरकारको तर्फबाट कुनै पनि स्रोतको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे । […]

उपत्यकाका प्रहरी कार्यालयमा अधिकृत र जवानको एउटै मेस

काठमाडौं, २९ पुस । उपत्यकाका सबै प्रहरी कार्यालयमा अधिकृत र प्रहरी जवानको एकै मेस हुने भएको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले सबै एकाइ कार्यालय प्रमुखलाई जवानसँगै बसेर खाना खान निर्देशन दिएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरले भने त्यो व्यवस्था लागु गरिसकेको छ । यसअघि प्रहरी अधिकृत र तल्लो तहका प्रहरीका लागि छुट्टाछुट्टै […]

काठमाडौंमा एनसेलका दुई टावरमा आगजनी

काठमाडौं, २९ पुस । राजधानी काठमाडौंमा एनसेलका दुईवटा टावरमा आगजनी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका ८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा सोमबार राति आगजनी भएको हो । आगजनीका कारण टावरमा क्षति पुगेपछि वरपरको क्षेत्रमा सेवा अवरुद्ध भएको छ । आगजनीको अहिलेसम्म कसैले जिम्मा लिएको छैन । यद्यपि यसमा नेत्रविक्रम चन्द विप्लव […]

गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी मृत्यु

काठमाडौं, २९ पुस । गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । सोमबार राति भएको दुर्घटनामा गायक भट्टराईको मृत्यु भएको हो । दरबारमार्गस्थित एक रेस्टुरेन्टमा आफ्नो नियमित प्रस्तुती सकेर घर फर्कने क्रममा उनी दुर्घटनामा परेका थिए । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो । ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद […]

भीम रावललाई बालुवाटारबाट ज्यान मार्ने धम्की

काठमाडौं,२८ पुस । नेकपा स्थायी कमिटीका सदस्य तथा पूर्वगृहमन्त्री भीम रावलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट आफुलाई ज्यान मार्ने धम्कि आएको बताएका छन् । पछिल्लो समय सत्तारुढ दल नेकपाभित्र प्रतिपक्षको भूमिका खेलिरहेका रावल गलत कामको खुलेरै विरोध गर्ने गरेका छन् । एमसिसिदेखि मिडिया बिधेयकसम्म उनले विरोध गर्दै आएका छन् । एमसिसिदेखि भारतीयले मिचेको नेपाली सीमाका बारेमा […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पुराउन माघ १९ गतेदेखि २६ गतेसम्म महायज्ञ लगाइदै

चितवन, २८ पुस । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पु¥याउन आगामी माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ । पश्चिम चितवनको रामपुरमा रङ्गशाला निर्माणाधीन रहेको छ । महायज्ञ सम्पन्न गर्न प्रदेशसभा सदस्य लिवजय सुवेदीको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल समिति गठन गरिएको छ । महायज्ञबाट रु ५० करोड सङ्कलन गर्ने […]