भीम रावललाई बालुवाटारबाट ज्यान मार्ने धम्की

काठमाडौं,२८ पुस । नेकपा स्थायी कमिटीका सदस्य तथा पूर्वगृहमन्त्री भीम रावलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट आफुलाई ज्यान मार्ने धम्कि आएको बताएका छन् । पछिल्लो समय सत्तारुढ दल नेकपाभित्र प्रतिपक्षको भूमिका खेलिरहेका रावल गलत कामको खुलेरै विरोध गर्ने गरेका छन् । एमसिसिदेखि मिडिया बिधेयकसम्म उनले विरोध गर्दै आएका छन् ।

एमसिसिदेखि भारतीयले मिचेको नेपाली सीमाका बारेमा रावलले चर्को आलोचना गर्दै आएका छन् । एमसिसि र राष्ट्र हितमा कुरा उठाउँदा आफुलाई ज्यान मार्ने धम्कि आएको उनले बताएका छन् । ‘राष्ट्र हित र एमसिसिको विरोध गरेपछि मलाई बालुवाटारबाट धम्कि आएको छ’ सगरमाथा टेलिभिजनको कार्यक्रम रावलले भने ‘बेलायती युवाराज्ञी लेडी डायनाको जस्तो हालत बनाइ दिने धम्की आएको छ ।’ तर कसले धम्कि दिएको हो त्यो भने उनले खुलाएनन् ।

उनले बालुवाटारमा बस्ने मान्छेबाट ज्यान मार्ने धम्कि आएको बताएपछि अहिले सामाजिक सञ्जाल तातिएको छ । नेकपा स्थायी कमिटी बैठकमा पनि रावलले एमसिसिको कडा विरोध गरेका थिए । उनको भनाईलाई अमेरिकी दूतावासले पनि पुष्टी गरेको थियो । ‘बालुवाटारमा बस्ने व्यक्तिबाट मलाई ज्यान मार्ने धम्की आएको छ ।

लेडी डायनाले जसरी ज्यान गुमाउनु पर्‍यो तिमीले पनि ज्यान गुमाउला भनेर बालुवाटारसँग सम्बद्ध व्यक्तिबाट मलाई धम्की दिइएको हो’ उनले टेलिभिजन सम्वाद कार्यक्रममा भने ‘पुष्पलालको मृत्यु भएर नेपालको कम्युनिष्ट आन्दोलन र देशभक्तिपूर्ण आवाजहरू हराएर गएन । मदन भण्डारीलाई गाडी दुर्घटनाको अनेक नाटक मञ्चन गरेर दासढुंगामा हत्या गरेर मदन भण्डारीका देशभक्त पूर्ण आवाज नेपाली धर्तीबाट मेटिएनन् । मलाई जीवनको धम्की दिनेहरूले राम्ररी स्मरण गर्नुपर्छ।’

तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले रावललाई कसैले पनि धम्कि नदिएको बताएका छन् । ‘उहाँ नेकपाको नेता हो, नेकपाकै सरकार छ, उहाँलाई धम्कि दियो भन्ने कुरा शतप्रतिशत झुट हो’ थापाले भने ‘सरकार बनेदेखि नै उहाँले सरकारको विरोध गरिरहनु भएको छ, मन्त्री पद नपाउँदाको छटपटी हुनसक्छ ।’

रावल विगतमा गृह र रक्षा जस्तो मन्त्री भइसकेको र उहाँका अगाडी पछाडी सुरक्षाकर्मी रहने गरेको थापाले बताए । ‘उहाँलाई बालुवाटारबाट सपनामा धम्कि आएको हुनसक्छ, विपनामा आफ्नो नेतालाई धम्कि कसैले दिएको छैन’ थापाले भने । सपनामा कसैले दिएको होला ,। सरकार बनेदेखि नै । मन्त्री हुन नपाउँदाका छटपटाहट हो । अगाडी पछाडी पछुवा लगाउने । आफ्नो नेतालाई कसले दियो धम्कि दियो ।

Loading...