अर्थमन्त्री खतिवडाद्वारा तीन आयोजनाको एकै दिन निरिक्षण,

काठमाडौं, २९ पुष । अर्थमन्त्री डा. युवराज खतिवडाले एकैदिन तीन ठुला आयोजनाको निरिक्षण गरेका छन । उनले विमानस्थल, रेलवे र द्रुतमार्ग निर्माणको लागि बजेट अभाव हुन नदिने घोषणा समेत गरेका छन ।

बारामा र धनुषामा निर्माणाधीन भौतिक पूर्वाधारको अवलोकन निरीक्षण गर्दै अर्थमन्त्री खतिवडाले सरकारको तर्फबाट कुनै पनि स्रोतको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे । बारामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तथा काठमाडौं–निजगढ द्रुतमार्ग तथा धनुषामा रेलमार्ग निर्माणाधीन छ ।

सो अवसरमा उनले आयोजना सञ्चालन र निर्माणका लागि सबै निकायले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका छन । परियोजनाको स्थलगत अनुगमनमा पुगेका मन्त्री डा। खतिवडाले प्राविधिक काम सम्पन्न गर्न निर्देशन दिँदै स्रोतको व्यवस्थापन सरकारले गर्ने बताए ।

 निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाका पदाधिकारीलाई निर्देशन दिँदै उनले आयोजनापूर्वको तयारी सक्न र आयोजना सुरु भएपछि स्रोतको जिम्मा अर्थ मन्त्रालयले लिने प्रतिवद्धता दोहो¥याए

Loading...