संक्रमण रोकथाम र न्यूनीकरण गर्ने सरकारको काम तीव्र

 पुस २९, काठमाडौँ ।  नेपालमा पछिल्ला केही दिनमा कोरोना भाइरसको सङ्क्रमण दर वृद्धि भएपछि सरकारले रोकथाम र न्यूनीकरण कार्यलाई पनि तीव्र रूपमा अघि बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाका अनुसार मन्त्रालयले सबै संरचना परिचालन गरेर कोभिड सङ्क्रमण नियन्त्रण र रोकथामको काम सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सङ्गीता मिश्राका […]

बैतडीमा ओढारमा गाडेको अवस्थामा युवकको शव भेटियो

धनगढी, २९ पुस । बैतडीमा हत्या गरेर ओढारमा गाडेको अवस्था एक जनाको शव फेला परेको छ । जिल्लाको सुुर्नया गाउँपालिका–६ स्थित धुुलिधार जंगलको ओढारमा बुुधबार स्थानीय ३२ वर्षीय डम्बर अवस्थीको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले गत मंसिर १४ गतेदेखि बेपत्ता रहेका अवस्थीको शव ओढारमा गाडेको […]

अधिकांश स्थानमा बदली र वर्षा, दिउँसोबाट मौसम सुधार हुने

काठमाडौं, २९ पुस । पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश स्थानमा पानी परेको छ । कर्णाली प्रदेशदेखि एक नम्बर प्रदेशका अधिकांश स्थानमा पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिलेको यो प्रणाली कमजोर भइसकेकाले आज दिउँसोबाट क्रमिक रुपमा मौसम सुधार हुने पूर्वानुमान छ । […]

ललितानिवास जग्गा प्रकरणः आरोपी जोगाउन सरकारकै सहयोग

काठमाडौं, २९ पुस । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा ल्याउने राजनीतिक दलका नेता, सरकारी कर्मचारी र भूमाफियालाई जोगाउन सरकारले नै सहयोग गरेको छ। सरकारी वकिल कार्यालयको सहकार्यमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले गरेको अनुसन्धानलाई फितलो भन्दै मुद्दा नचलाई फाइल फिर्ता गरेसँगै सरकार नै आरोपी जोगाउन लागेको देखिएको हो। अघिल्लो सरकारको […]

कोरोना बढेपछि सिंहदरबार प्रवेशमा कडाइ, यसअघि जारी सबै पास खारेज

काठमाडौं, २८ पुस । कोरोनाभाइरसको संक्रमण बढेसँगै गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ। बुधबार एक सूचना जारी गर्दै कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टलाई मध्यनजरमा राख्दै सिंहदरबार प्रवेश गर्न कडाइ गरेको हो। सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालय लगायतबाट जारी सबै प्रकारका पास, अस्थायी परिचयपत्रहरू खारेज भएको गृह मन्त्रालयले जनाएको छ। नयाँ स्थायी, अस्थायी पास तथा परिचय […]

पाल्पामा मोटरसाइकल दुर्घटना : श्रीमानको मृत्यु, श्रीमती घाइते

पाल्पा, २८ पुस । पाल्पाको निस्दी गाउँपालिकाको सिन्धुरेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको पूर्वी भेग निस्दी–७ को भित्री सडक खण्डमा पसलदेखि घरतर्फ जाने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँका ४४ वर्षीय ओमबहादुर गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सिन्धुरेमा किराना पसलदेखि घर […]

अत्यावश्यक नपरेसम्म विदेश यात्रा नगरौं : अध्यागमन विभाग

काठमाडौं, २८ पुस । अध्यागमन विभागले अति आवश्यक अवस्थामा बाहेक कोरोना भाइरसको संक्रमणको जोखिम भएका मुलुकमा भ्रमण नगर्न सचेत गराएको छ । बुधबार ट्राभल एडभाइजरी जारी गर्दै विभागले भनेको छ, ‘नयाँ भेरियन्टको संक्रमणको जोखिम भएको मुलुकहरुमा नेपालबाट यात्रा गर्न योजना बनाएका व्यक्तिहरुले अति आवश्यक अवस्था बाहेक यात्रा नगर्न अनुरोध गरिन्छ ।’ गत सोमबारको गृहमन्त्रिस्तरीय निर्णय […]

बालुवाटारमा फैलियो कोरोना, देउवाको भोलि फेरि पीसीआर गरिने

काठमाडौं, २८ पुस । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कोरोना संक्रमण फैलिएको छ । सोमबार प्रधानमन्त्री देउवासहित प्रधानमन्त्रीको निवास बालुवाटारमा कार्यरत सचिवालयका कर्मचारी, सुरक्षा पदाधिकारीको पीसीआर परीक्षण गराएका थिए । देउवाको रिपोर्ट नेगेटिभ आएपनि प्रधानमन्त्री कार्यालयका भान्से तथा दैनिक सुरक्षामा खटिएका अधिकारीलाई कोरोना पोजिटिभ देखिएको थियो । दैनिक सम्पर्क भएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि देउवाले फेरि […]

३ हजार ७५ मा कोरोना पुष्टि

काठमाडौं, २८ पुस । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७५ मा कोरोना पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ हजार ७५ मा कोरोना पुष्टि भएको जनाएको छ । यो अवधिमा १३ हजार ३६ जनाको स्वाब परीक्षण गरिएको थियो । पीसीआरबाट २ हजार ४४८ र एन्टिजेन परीक्षणबाट ६२७ जनामा कोरोना संक्रमण पुष्टि […]

आमाको जीवन बचाउन ऐतिहासिक उपचार गर्ने किशोरी

काठमाडौं, २८ पुस । उन्नाइस वर्षकी हुँदा एलिएना डेभेजाले आफ्नी आमालाई बचाउन ऐतिहासिक शल्यक्रिया गर्ने व्यवस्था गरिन्। उनले अमेरिकामा पहिलो पटक अङ्ग साटासाट गरेर उपचार गर्न एक अस्पताललाई तयार गरिन्। ‘होसमा आएपछि मैले सोधेको पहिलो कुरा मेरी आमालाई कस्तो छ भन्ने थियो। के उनलाई ठिक छ?’ ‘म आफ्नो बारेमा चिन्तित थिइनँ। म आफ्नो दुखाइ सहन […]